भारतको गतिविधि विस्तारबादी चरित्रः सांसद मण्डल

 न्यूज विराट
भारतको गतिविधि विस्तारबादी चरित्रः सांसद मण्डल

विराटनगर, बैशाख २७–पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले भारतले विस्तारबादी चरित्र प्रदर्शन गरेको आरोप लगाएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्यसमेत रहेका सांसद मण्डलले विश्वव्यापी माहामारीका रुपमा फैएिको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमका कारण विश्वनै लक डाउनमा रहेकाबेला नेपाली भूमिमा भारतले सडक बनाएर विस्तारबादी चरित्र देखाएको आरोप लगाएका हुन् ।

‘कारोना महामारीका कारण विश्व लकडाउनमा रहेको मौका छोपी नेपालको लिपुलेक, कालापानी क्षेत्रमाथि भारतीय साम्राज्यवादद्वारा नेपालको राष्ट्रिय स्वाधिनतामाथिको हस्तक्षेप अरु बढाएको छ । गत कार्तिकमा भारतद्वारा लिपुलेकको ३७२ वर्ग किलोमिटर सीमा अतिक्रमण गरेपछि नेपालका सबै देशभक्त तथा राष्ट्रवादीहरू आन्दोलित भइरहेको बेला फेरि भारतीय शासक वर्गले मानसरोबर जोड्ने सडक निर्माण गरी उद्घाटन गरेर विस्तारबादी चरित्र देखाएको छ ।’ उनले भने,‘भारतका रक्षामन्त्रीलेनै शुक्रबार भिडियो कन्फ्रेन्समार्फत् उद्घाटन गरेर नेपालको राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता र सार्बभौम सत्तामाथिको नांगो हस्तक्षेप हो । यसका विरुद्धमा सवै देशभक्त नेपाली एक जुट हुनुपर्छ ।’

उनले नेपालको सीमा मिचिएको कुनै पनि नेपालीलाई सह्य नहुँने बताउँदै दुइ देश बिच कुटनितिक माध्यमबाट समाधान गरिनुपर्ने बताए । ‘सीमा मिचिएको कुरा कुनै हालतमा सहने कुरा हुँदैन । यस्ता गतिविधिले विस्तारबादी चरित्र प्रदर्शन गरेको स्पष्ट हुन्छ ।’ उनले भने,‘भारतले तत्काल उक्त कदम सच्याउनुपर्छ ।’ भारतका रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार एकतर्फीरूपमा लिम्पियाधुरा, लिपुलेक र कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक उद्घाटन गरेका थिए ।

सम्बन्धित समाचार

चुनावको पक्षमा उभियो कांग्रेस

काठमाडौं, माघ ४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस चुनावकै पक्षमा दृढतापुर्वक उभिएको छ । निर्वाचन आयोगसँगको छलफलमा औपचारिक रुपमा चुनावको पक्षमा उभिएको हो । कांग्रेसको यो निर्णयसँगै चुनावबिरुद्ध कांग्रेससँग सहकार्य गर्ने पुष्पकमल दाहाल, प्रचण्ड...

जनकपुर एयरपोर्टबाट ३ लाख रुपैयाँसहित १ भारतीय नागरिक पक्राउ

३ लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई जनकपुरधाम एयरपोर्टबाट प्रहरीले पक्राउ गरेको छ । श्री एयरलाइन्सबाट काठमाडौं जान लागेको यात्रुलाई चेक जाँच गर्ने क्रममा भारतको मुजफ्फपुर थाना काँटी ग्राम पञ्चायत काँटी वडा नं. ९ बस्ने २०...

ओली-प्रचण्ड छलफल, भोलि फेरि भेट्ने ‘महत्त्वपूर्ण सहमति’

काठमाडौं, १९ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच 'भोलि फेरि भेट गर्ने सहमति' जुटेको छ । पार्टीभित्रको गतिरोध अन्त्य गर्न बालुवाटारमा छलफलका लागि जुटेका अध्यक्षद्वय आ–आफ्नो अडानमा कायम रहेपछि २...

सत्तारुढ गठबन्धनमा सुरु भयो जुहारी, बाबुराममाथि खनिए रामचन्द्र पौडेल

काठमाडौं, साउन ७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले हिन्दू विरोधी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभएको छ । हिन्दू विरोधी अभिव्यक्ति राखेको भन्दै उहाँले नेता...

प्रतिनिधि मनोनितमा विवाद, नाराबाजीले एमाले मोरङको बन्दसत्र रोकियो

विराटनगर । नेकपा एमालेको दशौ अधिवेशनको बन्दसत्र रोकिएको छ । आज दिउँसोबाट सुरू भएको बन्द शत्रमा जिल्ला अधिवेशन प्रतिनिधि मनोनित गरेको विषयमा विवाद भएपछि बन्दसत्र रोकिएको हो । जिल्ला कमिटीले मनोनित गरेको ४६ जना प्रतिनिधिको...

स्थानीय तहसँग समन्वय गर्न ७ प्रदेशमा सम्पर्क व्यक्ति

काठमाडौं, चैत ५–स्थानीय तहसँग समन्वय र सहजीकरण गर्न सम्पर्क व्यक्ति (फोकल पर्सन) तोेकेको छ । मन्त्रालयका स्थानीय तथा समन्वय शाखाका प्रमुख बाबुराम अधिकारीले कोरोना भाइरस (कोभिड–१९)को सजगता, रोकथाम र नियन्त्रण गर्न तथा स्थानीय तहका समस्या...

प्रदेश १ मा १९७ संक्रमित थपिए, १६६ डिस्चार्ज

विराटनगर, १६ असोज-प्रदेश- १ मा पछिल्लो २४ घण्टामा १९७ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो । मोरङमा १४६, सुनसरीमा २३, झापामा २१, तेह्रथुममा २ र प्रदेश १ बाहिर...

‘मेनिन्जाइटिस’ रोगबाट पीडित बालकको आर्या न्यूरोमा सफल उपचार

विराटनगर । विराटनगर – ३ कञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा ‘मेनिन्जाइटिस’ रोगबाट पीडित भएका एक जना बालकको सफल उपचार भएको छ । मस्तिष्कमा ‘मेनिन्जाइटिस’ रोगबाट पीडित भारत घर भएका ६ वर्षीय लोकेस कुमारको आर्या न्यूरो हस्पिटलमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्