सत्तारुढ गठबन्धनमा सुरु भयो जुहारी, बाबुराममाथि खनिए रामचन्द्र पौडेल

 न्यूज विराट
सत्तारुढ गठबन्धनमा सुरु भयो जुहारी, बाबुराममाथि खनिए रामचन्द्र पौडेल

काठमाडौं, साउन ७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले हिन्दू विरोधी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

हिन्दू विरोधी अभिव्यक्ति राखेको भन्दै उहाँले नेता भट्टराईलाई ‘उरन्ठेउलो’ को संज्ञा दिँदै यस्तो बुद्धिले कहीँ नपुगिने टिप्पणी गर्नुभएको हो । उहाँले लेख्नुभको छ , ‘हजारौं वर्षदेखि हामीले जुन सामाजिक मान्यता, आस्था बोकेर श्रेष्ठ र पवित्र जीवन बिताउँदै आएका छौँ, त्यही सामाजिक मान्यता र आस्थामाथि गम्भीर आघात पुर्‍याउने डा. बाबुराम भट्टराईको उरन्ठेउलो बुद्धिले नेपाली समाजलाई कहीँ पुर्‍याउँदैन।’

पूर्व प्रधानमन्त्री समेत रहेका जसपा नेता भट्टराईले विश्वास खतरनाक हुन्छ भन्दै भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नदीमा दूध चढाएको तस्वीर शेयर गर्नुभएको थियो । भारतमा रहेका आफ्ना सहपाठीले पठाएको भन्दै उहाँले दूध चढाइरहेको तस्वीरमाथि ‘विश्वास खतरनाक चिज हो, यसले दुध फाल्ने र पिसाब पिउने बनाउँछ’ भन्दै उक्त तस्वीर शेयर गर्नुएको थियो ।

भट्टराईको सो अभिव्यक्तिप्रति अहिले सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ। भट्टराईको अभिव्यक्ति हिन्दु धर्मावलम्बीको आस्थाविरुद्ध भएको उहाँहरूको टिप्पणी छ।

सम्बन्धित समाचार

अस्पतालको चक्कर काट्दाकाट्दै रक्तचापका बिरामीको मृत्यु

अस्पतालले उपचार गर्न नमानेपछि विराटनगरमा एक महिलाको मृत्यु भएको छ । विराटनगरका निजी स्वास्थ्य संस्थाले उच्च ज्वरो देखिएका बिरामीको उपचार गर्न अस्वीकार गरपछि धनकुटाको महालक्ष्मी नगरपालिका-५ लेगुवाबाट उपचारका लागि ल्याइएकी ५२ वर्षीया नरदेवी गुरुङको मंगलबार...

कांग्रेसको निष्कर्षः बजेटले कोरोनाबाट प्रभावित जनताको रक्षा गर्न सक्दैन

काठमाडौं, १६ जेठ-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटले कोरोनाबाट प्रभावित जनताको जीवन रक्षा गर्न नसक्ने बताएको छ । शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले बजेट प्रचारमुखि मात्रै भएकाले यसले जनताको...

आज विराटनगरमा ४ जना कोरोना संक्रमित थपिए

विराटनगर, ५ फागुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९६ जनामा कोरोना संक्रमण भएको छ । ३२४ जनाको पीसीआर परीक्षण गर्दा ३४ र ४८७ जनाको एन्टिजेन परीक्षण गर्दा ६२ जनामा संक्रमण देखिएको सामाजिक विकास...

अमेरिकी सभामुख ताइवान पुगेपछि सैन्य कारबाही गर्ने चीनको घोषणा

अमेरिकी सभामुख न्यासी पेलोसी मंगलबार राति ताइवान पुगेपछि चीनले सैन्य कारबाहीको घोषणा गरेको छ । चिनियाँ रक्षा मन्त्रालयले सैन्य कारबाहीको एक शृंखला सुरु गर्ने घोषणा गरेको ग्लोबल टाइम्सले जनाएको छ । समाचारमा भनिएको छ, ‘पीएलएले...

माइक्रोसफ्टले पूर्ण रूपमा बन्द गर्दै इन्टरनेट एक्सप्लोरर

एजेन्सी, ७ जेठ । कुनैबेला इन्टरनेट ब्राउजरको क्षेत्रमा एकछत्र राज गरेको माइक्रोसफ्टको इन्टरनेट एक्सप्लोरर अन्ततः बन्द हुने भएको छ । सन् २०२२ को जुन १५ देखि इन्टरनेट एक्सप्लोररको सपोर्ट बन्द गर्ने घोषणा माइक्रोसफ्टले गरेको छ...

दिल्लीमा फोहोरको थुप्रोमा कोरानाबाट मृत्यु भएकाको शव

एजेन्सी, जेठ ३०-भारतको सर्वोच्च अदालतले कोरोना भाइरसका विरामीको उपचार र शब व्यवस्थापनमा भइरहेको व्यवहारलाई लिएर कडा आदेश जारी गरेको छ । अदालतले दिल्ली सरकारमाथि प्रश्न उठाउँदै भनेको छ, ‘यदि मानिसका शब फोहोरको थुप्रोमा भेटिन थालेका...

प्रदेश सरकारले स्थापना गरेको ‘जन सुरक्षा’ कोषमा सिभिल बैंकको ५ लाख

विराटनगर, चैत २३-विश्भर माहामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश १ सरकारले स्थापना गरेको ‘कोरोना जनसुरक्षा कोष’ मा सिभिल बैंकले लिमिटेडले ५ लाख रुपैयाँ योगदान गरेको छ । सिभिल बैंक प्रदेश...

ईदु–उल–फित्रका दिन घरमै बसेर नमाज पढन मुस्लिम आयोगको आग्रह

काठमाडाैं, ४ जेठ-राष्ट्रिय मुस्लिम आयोगले ईदु–उल–फित्रका दिन घरमै बसेर नमाज पढन आग्रह गरेको छ । मुस्लिम आयोगको आइतबार बसेको बैठकपछि आयोगका अध्यक्ष समिम मिया अन्सारीले ईदु–उल–फित्रका दिन पनि घरमै बसेर नमाज पढ्न मुस्लिम समदुायलाई आग्रह गरेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्