सांसद थापालाई कडा कानुनी कारवाही गर्न जातीभेद विरुद्ध विश्व मञ्चको माग

 न्यूज विराट
सांसद थापालाई कडा कानुनी कारवाही गर्न जातीभेद विरुद्ध विश्व मञ्चको माग

विराटनगर, बैशाख २७–गण्डकी प्रदेशका सांसद तथा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले कानुनको बर्खिलाप गर्दै दलित समुदायमाथि अपमान गरेकाले कडा भन्दा कडा कारबाही गर्न माग गरिएको छ ।

जातीभेद विरुद्ध विश्व मञ्चका अध्यक्ष तिर्थ विश्वकर्माले शुक्रबार एक विज्ञप्ती प्रकाशित गर्दै सांसद थापालाई कारवाहीको माग गरेका हुन् । संविधान र कानुनलाई पालना गर्ने, मानव अधिकारको रक्षा र सवैखाले बिभेद अन्यका लागि लागिरहन्छु भन्दै मत लिएर विजयी सांसद थापाले सिंगो दलित समुदाय माथि अपमान गर्दै आपत्तिजनक प्रेस विज्ञप्ती जारी गरेकाले कारवाहीका लागि माग गरेको हो ।

्दलित समुदायको समेत मत लिएर गण्डकी प्रदेश सभामा विजयी थापाले जातीय विभेद गर्ने माथि कारवाही गर्न पहलकदमी गर्नुको साटो उल्टो पिडीतलाई जातीय द्वेष फैलाएको, सामाजिक सदभाव धमिल्याउने कार्य गरेको लगायतका आरोप लगाउँदै आपपत्तिजनक अभिव्यक्ति सहितको पे्रस विज्ञप्ती प्रकाशित गरेको भन्दै कारवाहीको माग गरिएको हो ।

‘सांसद थापाले अनुशन्धानकै क्रममा रहेको जातीय विभेद तथा छुवाछुतको घटनालाई तोडमोड गर्न सहयोग पुग्ने, नेपालको संबिधान, जन प्रतिनिधीको सामन्य आचरसंहिता बिरुद्ध मात्र नभई अन्तराष्ट्रिय मानव अधिकारको समेत उल्लंघन गर्दै घृणित कामको घोर भतर््साना गर्दै नीजलाई र घटनाका दोषीहरुलाई कानून बमोजिम हदै सम्मको कारवाहीको नेपाल सरकारसँग माग गर्दछ ।’ विज्ञप्तीमा भनिएको छ ।

पोखरा महानगरपालिका वडा नं. १६ का मोहनकुमार सुनारले वैदेशिक रोजगारीको सिलसिलामा दुवईमा रहेका आफ्ना भाईको पार्थिव शरिर नेपाल ल्याउन नसकेपछि महानगरपालिकाकै लगानीमा निर्माण भएको सार्वजनिक भवनमा काजकिरिया गर्न खोजेका थिए ।

तर, सार्वजनिक स्थलमै काजकिरिया गर्नबाट रोकिएपछि बैशाख १९ गते जनक थापा, देवबहादुर थापा र राम विसी समेतलाई विपक्षी बनाई जिल्ला प्रहरी कार्यालय कास्कीमा मुद्धा दर्ता गराएका थिए । प्रहरीले पिडकलाई पक्राउ गरेपछि सांसद थापाले जातीय सद्भाव भड्किने भन्दै विज्ञप्ती निकालेर पक्राउ परेका आफ्ना कार्यकर्तालाई विना सर्त रिहा गर्न माग गरेका थिए ।

सम्बन्धित समाचार

विश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मुटुकाे सफल प्रत्यारोपण

एजेन्सी, २७ पुस । एक अमेरिकी पुरुष आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मुटु प्रत्यारोपण गर्ने विश्वकै पहिलो व्यक्ति बनेका छन् । चिकित्सकहरूका अनुसार बाल्टिमोरमा गरिएको सात घण्टा लामो प्रयोगात्मक प्रक्रियाको तीन दिनपछि ५७ वर्षका डेविड बेनेटको शरीर...

अदालतको फैसलापछि पनि जग्गा भोगचलन गर्न नपाएकी चिकित्सकको पीडा, न्यायको लागि हारगुहार

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका घर र सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ माइती घर भएकी एक चिकित्सक महिलाले अदालती फैसलापछि पनि आफ्नो कानुनी हकको जग्गा भोगचलन गर्न नपाएको पीडा सार्वजनिक गरेकी छिन् ।बीपी कोइराला स्वास्थ्य...

बैंक बन्द नहुने : पैसा झिक्न र राख्न पाइने, शुल्क छुट

सरकारले सम्भव भएसम्म निजी क्षेत्रका कार्यालयहरू बन्द गर्नका लागि आह्वान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै विद्युतीय माध्यमको प्रयोग गर्दा हुने कार्यालयहरू बन्द गर्नका लागि आह्वान गरेका हुन् । तर, ...

बक्राहा नदीले बगाएर महिलाको मृत्यु

विराटनगर, असार १२–मोरङको रतुवामाई नगरपालिका–५ गोबिन्दपुरकी ५५ बर्षीया माया देवी शाहको बक्राहा नदीले बगाएर मृत्यु भएको छ । बिहिवार अपरान्ह बक्राहा नदी नजिकै चौपाया चराईरहेकी शाह अचानक नदीले बताएर वेपत्ता भएकी थिइन् । नदीले बगाएर...

एक महिने ब्युटिसियन तालिम सकियो

विराटनगर । एक महिने (१८० ) घण्टे ब्युटिसियन आधारभूत शिप विकास तालिम सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको सहयोग र ओसिन ब्युटिपार्लरको आयोजनामा भएको एक महिने ब्युटिसियन तालिम बुधबार सम्पन्न भएको हो । महिलाहरुलाई आत्मनिर्भर...

थप १ हजार २०४ जनामा संक्रमण पुष्टि, १ हजार ४४७ डिस्चार्ज

काठमाडौं, ३ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २ सय ४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

औषधी व्यवसायी संघ मोरङद्धारा फेस शिल्ड वितरण

विराटनगर, २४ साउन । नेपाल औषधी व्यवसायी संघ मोरङ जिल्ला शाखाले विराटनगरसहित मोरङका विभिन्न क्षेत्रमा कोरोना भाइरस (कोभिड –१९) संक्रमण बृद्धि भएसँगै औषधी व्यवसायीहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर अनुहार ढाक्ने फेस शिल्ड वितरण गर्न थालेको...

प्रदेश १ मा ३९० जनामा कोरोना संक्रमण

विराटनगर, २९ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना संक्रमण भएको छ । १ हजार २३० जनाको पीसीआर परीक्षण गर्दा २८२ र ५३५ जनाको एन्टिजेन परीक्षण गर्दा १०८ जनामा कोरोना संक्रमण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्