थप १ हजार २०४ जनामा संक्रमण पुष्टि, १ हजार ४४७ डिस्चार्ज

 न्यूज विराट
थप १ हजार २०४ जनामा संक्रमण पुष्टि, १ हजार ४४७ डिस्चार्ज

काठमाडौं, ३ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २ सय ४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार २ सय ४ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ६२ हजार नाघेको छ । आजसम्म देशभर ६२ हजार ७ सय ९७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये १७ हजार १ सय २९ सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा ९ हजार १ सय ५३ जना छन् भने ७ हजार ९ सय ७६ जना होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ४ सय ४७ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ४५ हजार २ सय ६७ पुगेको मन्त्रालयको तथ्यांक छ । नेपालमा निको हुनेको दर ७२.०८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा १० हजार ३ सय ३३ जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म ९ लाख ४ हजार ७ सय ६ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ । आज देशभर ७ हजार ७ सय ३५ जना क्वारेन्टाइनमा छन् ।

सम्बन्धित समाचार

महोत्तरीमा छोरी शिक्षा बीमा शिविर सुरु

महोत्तरी, माघ २–महोत्तरीमा आजदेखि छोरी शिक्षा बीमा शिविर सुरु गरिएको छ । प्रदेश २ सरकारबाट ‘बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियानअन्तर्गत आज महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालय र महेन्द्र आदर्श महिला माध्यमिक...

आज २ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं, जेठ १५–बिहीबार २ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थाापाका अनुसार आज २ बजे मन्त्रिपरिषद् बैठक बलाइएको छ । अर्थमन्त्री डा. युवराज खतिवाडासँग बजेटका बारेमा जानकारी...

आज नागपञ्चमी पर्व मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै...

वीरगञ्जका मेयर विजय सरावगीलाई कोरोना

वीरगञ्ज, १५ साउन-वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर सरावगीले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् । सरावगीले वीरगञ्जवासीलाई बचाउने प्रयास गर्दागर्दै आफैँ...

दुईवटा मोटरसाइकल जुध्दा २२ वर्षीष युवकको मृत्यु

रौतहट, ५ वैशाख । राैतहटमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ । देवाहीगोनाही नगरपालिका-४ ईमलियाटोल र पटेलचौकबीच सडकमा दुईवटा मोटरसाइकल आपसमा जुध्दा एक युवकको मृत्यु भएको हाे  । बिआर ०५ एच १६८६ नम्बरको मोटरसाइकल र...

सार्क राष्ट्रमा २ लाख २१ हजारमा संक्रमण, संक्रमितमध्ये २ प्रतिशतको मृत्यु

काठमाडौं, १० जेठ-पछिल्लो महिना सार्क राष्ट्रमा कोरोना संक्रमितको संख्या अत्याधिक बढी देखिएको छ । हालसम्म सार्कका ८ मुलुकमध्ये २ लाख २२ हजारमा ६ सय ४८ जनामा कोरोना संक्रमण देखिएको छन् । कोरोना संक्रमितको संख्या सार्क...

विराटनगर जुनियर जेसिजको पदस्थापन

विराटनगर । विराटनगर जुनियर जेसिजको २८ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । पूर्वाञ्चल विश्विद्यालयका पूर्व डीन प्रो। डा। दुर्गानन्द चौधरीको उपस्थितिमा पदस्थापन कार्यक्रम भएको थियो । विराटनगर जुनियर जेसिजको २९ औं अध्यक्षको रूपमा वर्ष...

एड्सजस्तै कोरोना कहिल्यै अन्त्य नहुन सक्छ : डब्लुएचओ

एजेन्सी, जेठ १-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस विश्वबाट कहिल्यै अन्त्य नहुन सक्ने चेतावनी दिएको छ । डब्लुएचओका आपतकालीन मामला निर्देशक माइकल रयानले जेनेभामा एक भर्चुअअ प्रेस कन्फ्रेन्समा भने, ‘कोरोना हामीबीच क्षेत्र विशेषको एक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्