सुदूरपश्चिमकी पाँचौँ कोरोना संक्रमित महिला ३५ दिनपछि डिस्चार्ज

 न्यूज विराट
सुदूरपश्चिमकी पाँचौँ कोरोना संक्रमित महिला ३५ दिनपछि डिस्चार्ज

धनगढी, २६ वैशाख-सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीकी कोरोना संक्रमित महिला ३५ दिनपछि निको भएर घर फर्किएकी छन । लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट आज डिस्चार्ज गरिएको छ ।

३५ दिनदेखि सेती अस्पतालमा उपचाररत धनगढी उप–महानगरपालिका-५ की ३४ वर्षीय महिलाको छ पटकसम्म गरिएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएकोमा पछिल्लो दुई पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आए सँगै उनलाई डिस्चार्ज गरिएको कन्सलटान्ट फिजिसियन डाक्टर शेरबहादुर कमरले बताए ।

उनीसँगै भर्ना भएका दुई जना, अगाडि भर्ना भएका एकजना र उनीभन्दा पछाडि भर्ना भएकी एक जना गरी चारजना कोरोना संक्रमित भने सेती अस्पतालबाट यसअघि नै डिस्चार्ज भईसकेका थिए । सुदूरपश्चिम प्रदेशमा देखा परेका पाँचैजना कोरोना संक्रमित ठिक भएर घर फर्किसकेका छन्।

लम्कीचुहा नगरपालिकाका २१ बर्षीय युवक, धनगढी उप–महानगरपालिका-५ का ३४ वर्षीय युवक, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका-१ कि महिला यसअघि नै सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भईसकेका थिए।

सम्बन्धित समाचार

पीसीआर गराउँदा परिचयपत्र अनिवार्य

सप्तरी, २० साउन-कतिपयले झुटो विवरण लेखाई पीसीआर गराउने गरेका कारण पुष्टि भएका सङ्क्रमित पत्ता लगाउन समस्या भएपछि सप्तरी जिल्लामा परिचय खुल्ने आधिकारीक प्रमाणपत्र अनिवार्य गरिएको छ । कोरोना परीक्षणका लागि स्थानीय तहले सङ्कलन गरेर दिएका...

कोरोना संक्रमणबाट सिरहामा थप दुईको मृत्यु

सिराहा, २२ भदौ-कोरोना भाइरस संक्रमणबाट दुई दिनको अवधिमा सिरहामा थप दुई जनाको मृत्य भएको छ । मृत्यु हुनेमा सिरहाको मिर्चैया नगरपालिका– ५ का ६२ वर्षीय र गोलबजार नगरपालिका– ३ जमदहका ७७ वर्षीय पुरुष रहेको जिल्ला...

मोरङको कटहरीमा दुर्घटना, साइकल यात्रीको मृत्यु

विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ मा सवारी दुर्घटनामा परी एक जना साइकल यात्रीको मृत्यु भएको छ ।कटहरी २ गोपाल फन पार्क अगाडी ट्रकको ठक्करबाट साईकल यात्रीको आइतबार दिउँसो मृत्यु भएको हो । पश्चिमबाट पुर्वतर्फ जादै...

डाक्टरमाथि लाठी चार्ज प्रकरण : महाराजगञ्ज वृत्तका डीएसपी लम्साललाई मेट्रो तान्ने तयारी

काठमाडौं, ४ बैशाख-महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएससपी) उमेल लम्साललाई तान्ने तयारी भएको छ । महाराजगञ्ज प्रहरीले दबंग शैलीमा उत्रिएर डाक्टरमाथिनै लाठी चार्ज गरेको विषय सार्वजनिक भएपछि उनलाई कारबाही स्वरुप महानगरीय प्रहरी...

रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा प्याड वेन्डिङ्ग मेसिन र फिल्टर जडान

विराटनगर, ५ असोज । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले मोरङको जहदास्थित एक सामुदायीक विद्यालयमा अध्ययनरत छात्राहरुको सुविधाका लागि प्याड वेन्डिङ्ग मेसिन जडान गरेको छ । विद्यालयमा अध्ययनरत छात्राहरुको सुविधाका लागि क्लबले...

कोभिड उपचारमा सविंधान विपरीत शुल्क असुल्नु अपराध हो : कानुन व्यवसायी

काठमाडौं, २१ कात्तिक-सरकारले कोरोना उपचारको नाउँमा नागरिकबाट असुलेको शुल्क एक/एक हिसाब गरेर फिर्ता गर्नुपर्ने अधिवक्ताहरूले बताएका छन् । सरकारले कोरोना संक्रमणको उपचारमा शुल्क लिने निर्णय गरेसँगै अदालतमा मुद्दा दायर गरेका अधिवक्ता लोकेन्द्र ओलीले अदालतले समेत...

मन्त्रिमण्डलले चाँडै पूर्णता पाउँछः मुख्यमन्त्री राई

विराटनगर,१५ मङ्सिर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गठवन्धनमा रहेका केही पार्टीहरुको राष्ट्रिय तथा जिल्ला अधिवेशन चलिरहेकोले प्रदेश मन्त्रीपरिषदले पूर्णता पाउन ढिलाई भएको बताउनु भएको छ। मुख्यमन्त्री राई नेपाल पत्रकार महासङ्घ मोरङ शाखाको...

पृतनापतिमा कोरोना संक्रमण देखिएपछि ब्यारेकमा सिल 

जनकपुर, ४ जेठ-सेनाका अधिकारीहरु मै कोरोना संक्रमण देखिएपछि महोत्तरीको बर्दिवास नगरपालिकामा रहेको मध्य पृतनाको पूरै ब्यारेकलाई सिल गरिएको छ । सो व्यारेकका पृतनापति र एकजना चिकित्सकमा कोरोनाको संक्रमण देखिएको छ । पृतनापतिमा संक्रमण देखिएका कारण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्