महतोले सरकार, पक्ष प्रतिपक्ष सबै पार्टी साझा लडाइँमा लाग्नुपर्ने समयमा सरकार कुर्सीको खेलमा केन्द्रित देखिएको गुनासो पोखे । ‘दुईतिहाइको सरकारबाट सुशासन पाइएला, समृद्धि होला, संविधानले पनि पूर्णता पाउला भनेका थियौँ,’ महतोले भने ‘ शक्तिशाली सरकारबाट जनताले के पाए ? सरकारसँग एउटा मात्रै प्रश्न हो ।’
सरकारबाट सुशासन, समृद्धि, संविधानको पूर्णता केही नपाएको उनको गुनासो छ । निर्वाचित सांसदलाई जेल हालिएको र अर्का निर्वाचित सांसदलाई सत्ताले अपहरण गरेको महतको आराेप थियो ।
कानुनी राज्य खोजेकोमा हुकुमी शासनको महसुस भएको उनको भनाइ थियो । ‘अपहरण गर्नेलाई कारबाही गर भनेर जाहेरी दिन गयौँ, कानुनले जाहेरी लिन भन्छ, तर हुकुम आयो होला जाहेरी लिइएन, जे मन लाग्छ त्यही गर भनियो,’ महतोले भने ।