ढुक्कसँग बैठक बस्ने वातावरण बनेको छः अध्यक्ष प्रचण्ड

 न्यूज विराट
ढुक्कसँग बैठक बस्ने वातावरण बनेको छः अध्यक्ष प्रचण्ड

काठमाडौं, २५ वैशाख-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढुक्कसँग संसद् बैठक बस्नसक्ने वातावरण बनेको प्रतिक्रिया दिएका छन् ।

संसद्को वर्षे अधिवेशनको पूर्वसन्ध्यामा आज बानेश्वरस्थित संसद् भवनको निरीक्षण तथा कोभिड–१९ परीक्षणका लागि स्वाब नमुना दिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले बैठक हललाई निर्मलीकरण गर्ने प्रक्रिया सम्पन्न भएको जानकारी पाएको बताए ।

निकै राम्रो ढङ्गबाट बैठक सञ्चालन गर्ने तयारी भइरहेको आफूले पाएको अध्यक्ष दाहालको भनाइ थियो । ‘बैठक सञ्चालनबारे संसद् सचिवालयको तयारीसम्बन्धी ब्रिफिङ पनि सुनेँ’ पूर्वप्रधानमन्त्री दाहालले भने, ‘पहिला एक सिट छाडेर बस्ने भन्ने थियो, अहिले २ सिट छाडेर बस्ने भन्ने भएको छ ।’ उनले प्रधानमन्त्रीका लागि २ वटा लाइन नै छाडेर बस्ने तयारी गरिएको जानकारी दिए । बैठक कक्षको बालकोनीमा पनि बस्ने ढङ्गबाट अगाडि बढेको छ ।

सम्बन्धित समाचार

हत्या गरिएको अवस्थामा उखुबारीमा युवतीको शव फेला

विराटनगर, माघ २४–सुनसरीको दुहवीकी एक महिलाको हत्या गरी विराटनगर महानगरपालिका–१२ बखरीको मलहनवास्थित उखुघारीमा फालेको अवस्थामा शव फेला परेको छ । सुनसरीको दुहवी नगरपालिका–६ कालि मन्दिरनजिकै बस्दै आएकी ३२ वर्षीया सम्झना खत्री परियारको शव हत्या गरी...

हिसान कोशी क्रिकेटको उद्घाटन खेलमा अरनिको र ग्रिनल्याण्ड कलेज विजयी

विराटनगर । हिसान कोशीको आयोजना तथा हिसान मोरङको सम्योजकमा विराटनगरमा प्रथम कोशी प्रदेश स्तरिय अन्तर क्रिकेट प्रतियोगिता सोमबारदेखि शुरु भएको छ । विराटनगरको वैजनाथ क्रिकेट मैदानमा सोमबार भएको खेलमा विराटनगरको अरनिको कलेज र ग्रिनल्याण्ड कलेज...

प्रदेश १ मा साढे १४ सयको परिक्षण गर्दा चार सय ६८ मा कोरोना पुष्टि, दुई सय २१ डिस्चार्ज

विराटनगर, ३० असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा चार सय ६८ कोरोना संक्रमित थपिएका छन् । मोरङमा दुई सय ७, सुनसरीमा दुई सय, झापामा २९, तेह्रथुममा सात, उदयपुरमा चार, इलाममा तीन, धनकुटा र संखुवासभामा दुई÷दुई,...

कटहरीले ल्यायो ७४ बुद्धे नीति तथा कार्यक्रम

विराटनगर । कटहरी गाउँपालिकाले पूर्वाधार, कृषी र स्वास्थ्यलाई प्राथामिकता राखेर आगमी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम ल्याएको छ । गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले ७४ बुद्धे नीति तथा कार्यक्रम बिहीबार सार्वजानिक गरेका हुन् ।...

मंसिर २ गते चुनाव गर्न आयोगको सिफारिस

काठमाडौं, २२ असार । निर्वाचन आयोगले आगामी मंसिर २ गते शुक्रबार प्रदेश र संघीय चुनाव गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगका प्रमुख आयुक्त दिनेश थपिलियासहितको पदाधिकारी टोलीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मिति सिफारिस गरेको...

जापानमा थप ७ सय अर्ब डलरको आर्थिक प्याकेज घोषणा

एजेन्सी, २३ मंसिर-जापानका प्रधानमन्त्री योसिहिदे सुगाले कोरोना भाइरस (कोभिड-१९) का कारण सिर्जित चुनौतीलाई सम्बोधन गर्नेगरी मंगलबार थप आर्थिक प्याकेज ल्याइने घोषणा गरेका छन् । सरकार र सत्तारुढ पार्टीको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री सुगाले रोजगारी कायम...

कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो, एकै दिन ४४८ जना संक्रमण पुष्टि

काठकाडाैं, ३० जेठ-नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा एकैदिन थप ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. जागेश्वर गौतमले...

कोरोना संक्रमणको जोखिम बढेपछि जनकपुरधाममा निषेधाज्ञा

जनकपुरधाम, १८ साउन-कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सोमबार रातिदेखि लागू हुने गरी जनकपुरधाम उपमहानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।  आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी जनकपुरधाममा १ सातासम्मका लागि निषेधाज्ञा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्