मापसे गरी एम्बुलेन्स हुइँक्याउँदा गौशालामा दुर्घटना

 न्यूज विराट
मापसे गरी एम्बुलेन्स हुइँक्याउँदा गौशालामा दुर्घटना

काठमाडौं २५ वैशाख-काठमाडौंको गौशालामा निजी कार र एम्बुलेन्स आपसमा ठोक्किँदा १ जना घाइते भएका छन् । साढे ३ बजेको समयमा गौशालास्थित सडकखण्डमा मित्रपार्कबाट एयरपोर्टतर्फ आउँदै गरेको बा१०च ८५१३ नम्बरको निजी कारलाई विपरीत दिशाबाट आएको बा८छ ६९२८ नम्बरको एम्बुलेन्सले ठक्कर दिएको हो ।

ठक्करबाट निजी कार चालक काठमाडौंको गोंगबु बस्ने २९ वर्षीय सविन श्रेष्ठ घाइते भएका छन् । दुर्घटनामा निजी कार चालक सामान्य घाइते भएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार दुवै सवारी साधनमा क्षति पुगेको छ ।

एम्बुलेन्स चालक मोरङको पथरी नगरपालिका बस्ने ३६ को रामबहादुर चौधरी रहेका छन् । उनले मादक पदार्थ सेवन गरी चलाएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । साथै, सवारी चालक अनुमति (लाइसेन्स) समेत नभएको पाइएको छ । दुवै सवारी साधन र चालक महानगरीय ट्राफिक प्रहरी वृत्त, गौशालाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

एसईईको नतिजा ३ दिनभित्र

काठमाडौं, ३२ साउन-माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा ३ दिनभित्र सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले दुई तीन दिनभित्र सार्वजनिक गर्ने जानकारी दिए । २० साउनभित्र नै नतिजा सार्वजनिक...

विराटनगरमा ८ सहित प्रदेश १ मा १५६ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

विराटनगर, २८ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १५६ जनामा कोरोना संक्रमण भएको छ । ४२५ जनाको पीसीआर परीक्षण गर्दा ६५ र ५९६ जनाको एन्टिजेन परीक्षण गर्दा ९१ जनामा संक्रमण देखिएको सामाजिक विकास...

नेपालको नयाँ नक्सापछि कालापानी क्षेत्रमा भारतीय सुरक्षाकर्मी दोब्बर

दार्चुला, २० साउन-भारतले धार्चुलादेखि कालापानीसम्मको सीमाक्षेत्रमा सुरक्षाकर्मीको संख्या दोब्बरले बढाउँदै लगेको छ । तम्बाकुदेखि लिपुलेक हुँदै नाबिढाङको विभिन्न चौकीमा उसले हजारौँको संख्यामा सुरक्षाकर्मी बढाएको हो । अहिले धार्चुलादेखि लिपुलेकसम्मको सडकखण्डमा दैनिक सयौँको संख्यामा एसएसबी र...

लर्डबुद्ध कलेजमा चार दिन निःशुल्क स्वास्थ्य शिविर, मंगलबारबाट सुरू हुने

विराटनगर । विराटनगरस्थित लर्डबुद्ध कलेजमा चारदिनसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । विराटनगर १० मा रहेको कलेज परिसरमा असार १९ देखि २२ गतेसम्म विराटनगरस्थित न्यूरो हस्पिटका चिकित्सकहरूले निःशुल्क स्वास्थ्य शिविरमा विरामीको स्वास्थ्य उपचार...

घूसमा प्रतिस्पर्धा हुन थाल्योः मीनेन्द्र रिजाल

काठमाडौं, फागुन ३०–कांग्रेस नेता तथा लेखा समिति सदस्य मीनेन्द्र रिजालले अहिले घूसमा प्रतिस्पर्धा भएको बताएका छन् । सुरक्षण मुद्रण प्रेसको खरिदको सवालमा कुरा राख्दै उनले घूसमा प्रतिस्पर्धा देखिएको भन्दै गम्भीर अध्ययन गर्नुपर्ने बताएका हुन् ।...

झापामा टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

विराटनगर, २१ पुस-झापामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । झापाको कन्काई नगरपालिका–५ मा टिपरले मोटरसाईकललाई ठक्कर दिंदा मोचरसाइकल चालकको मृत्यु भएको हो । सोमवार दिउँसो ३ बजेको समयमा बा २ ख ९२८४ नम्बरको...

विराटनगरमा छुरा प्रहार गरी हत्या आरोपमा १ जना पक्राउ

विराटनगर । विराटनगरमा छुरा प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर(४ का २४ वर्षीय गणेश भन्ने रमेश यादव छन् । उनलाई कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह...

पूर्वमन्त्री मण्डलले कार्यक्रममै गरे २१ लाख दिने घोषणा

विराटनगर, फागुन १९–पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत जहदा गाउँपालिकामा शिव मन्दिर निर्माणका लागि २१ लाख रुपैयाँ उपलब्ध गराउने भएका छन् । लोकप्रीय एवम् विकाप्रेमी नेताका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्