काठमाडौं, २५ वैशाख -नेपालमा कोरोना भाइरस संक्रमणको हट स्पट बनेको उदयपुर, वीरगंज र नेपालगञ्जमा सेनासहितको टोली परिचालन गरिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता विकास देवकोटाले कोरोना संक्रमणको हट स्पट रहेका यी ३स्थानमा कम्तिमा २५०० जनाको नमुना संकलन गर्ने गरि जनसक्ति परिचालन गरिएको बताए ।
उनका अनुसार उदयपुरमा कम्तिमा ५०० वीरगंजमा १०००, र नेपालगंजमा थप १००० को नमुना संकलन गर्न जनशक्ति परिचालन गरिएको हो । ‘कोरोना भाइरस संक्रमणको हटस्पट बनेका उदयपुरमा कम्तिमा ५०० वीरगंजमा १०००, र नेपालगंजमा थप १००० का लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा नेतृत्वमा नेपाली सेना सहितको टोली परिचालन गरिएको छ । त्यहाँबाट थप नमुना संकलन गरिने छ ।’