गौहत्या आरोपमा देवदहबाट ३ जना पक्राउ

 न्यूज विराट
गौहत्या आरोपमा देवदहबाट ३ जना पक्राउ

बुटवल, २४ वैशाख-रुपन्देहीको देवदहमा गाई काटेर खाएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलले देवदह नगरपालिका- १० भुलहीबाट ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामप्रसाद पराजुली, सुकबहादुर परीयार र प्रदीप पुन रहेका छन् । ज्ञानबहादुर केसीले पाल्न दिएको गाई काटेर खाएको जाहेरीका आधारमा ३ जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानाकारी दिए । उनीहरूमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

स्थानीय केसीले राम प्रसाद पराजुलीलाई पाल्न दिएको माउ बाच्छी गाई हराएपछि खोज्दै जाँदा काटेर गाडेको अवस्थामा मंगलबार रोहीणी सामुदायिक बनमा फेला परेको थियो । हराएको भनिएको गाई र बाच्छी खोज्दै जाँदा एउटा  खाडलमा गाईको माउ र अर्को खाडलमा बाच्छीको टाउको, खुट्टा र भूँडी फेला परेको थियो । मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद २७ दफा २८९ बमोजीम कसुर गर्ने व्यक्तिलाई ३ वर्ष सम्म कैदको व्यवस्था गरीएको छ ।

सम्बन्धित समाचार

एमाले महाधिवेशन : शेरधनको गृहजिल्लामा पनि सर्वसम्मत प्रतिनिधि चयन

विराटनगर, २८ कात्तिक । आगामी १०–१२ मंसिरसम्म चितवनमा हुने नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशनका लागि प्रदेश १ को भोजपुर जिल्लाबाट पनि सर्वसम्मत प्रनिनिधि चयन भएका छन् । प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईको गृहजिल्ला समेत...

अब फेरी त्यो असार १५ कहिले आउँछ होला ?

आमा– ए नानी हो आज स्कुलवाट न अल्मलिकन सरासर घर आउनु ।  हामि– किन ? आमा– असार १५ आयो, थापा दाईलाई ढिकि कुट्ने वन्दोवस्त गरेकी छु । चिउरा  भिजाउनु पर्छ, खोलेको भाँडो माझेर पानि तताउनु...

नर्सिङ्ग दिवसमा न्यूरोद्धारा एक सय जना नर्सलाई सम्मान

विराटनगर । अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसको अवसर पारेर विराटनगरस्थित न्यूरो हस्पिटलले विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।विराटनगरमा एक कार्यक्रम आयोजना नर्सहरुको सम्मानको लागि विभिन्न कार्यक्रम आयोजना गरी मनाएको हो । हस्पिटलमा कार्यरत एक सय जना...

प्रधानमन्त्री देउवाले भने– नयाँ भेरियन्टको डर बढ्यो

काठमाडौं, ६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा कोभिडको नयाँ भेरियन्टको डर बढेको बताएका छन् । नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोभिडको पुराना असरबाट उठ्ने प्रयत्न गरे पनि नयाँ...

पोखराका एक युवामा कोरोना संक्रमण, कास्कीमा २ जना थपिए

पोखरा, ७ असार-पोखरामा थप १ जनामा कोरोना पुष्टि भएको छ । पोखरा महानगरपालिका- १४ भेडीफारमका ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।कोरोना अस्पतालको आइसोलेसन वार्डमा उपचाररत ९० वर्षीय पुरुषको सम्पर्कमा आएका उनको पीसीआर जाँच...

प्रदेश २ का मुख्यमन्त्री राउत अभिव्यक्तिकाकारण विवादमा

जनकपुर, माघ २४–अभिव्यक्तिका कारण पटकपटक विवादमा पर्दै आएका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले केटीले केटाको मुखमा एसिड फाल्ने कुरो गरेर फेरि विवादमा आएका छन् । मुख्यमन्त्रीको एसिडसम्बन्धी वक्तव्य सामाजिक सञ्जलमा भाइरल भइरहेको छ ।...

‘सत्ताको आडमा प्रकाशित समाचार हटाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप’

प्रधानमन्त्रीको सचिवालयबाट काठमाडौं प्रेस अनलाइनमा प्रकाशित समाचार हटाउन दबाब दिनुका साथै हटाउन नमानेपछि अनलाइनको सेवा प्रदायक कम्पनीलाई दबाब दिएर उक्त समाचार हटाइएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव रमेश...

मदरल्याण्ड एकाडेमीमा भजन किर्तन प्रतियोगिता, राम जानकी आमा समुह प्रथम

विराटनगर । विराटनगर–५ मा रहेको मदरल्याण्ड एकाडेमीले सरस्वती पूजाको आवसरमा भजन किर्तन प्रतियोगिताको आयोजना गरेको छ । बिहिबार राती सम्पन्न भएको भजन किर्तन प्रतियोगिताको उपाधि पोखरियाको राम जानकी आमा समुहले जितेको छ । त्यस्तै श्याम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्