नेकपा सचिवालय बैठकमा चर्काचर्की, ओली बाहिरिए

 न्यूज विराट
नेकपा सचिवालय बैठकमा चर्काचर्की, ओली बाहिरिए

काठमाडौं, २४ वैशाख-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवलाय बैठकमा चर्काचर्की भएको छ । चर्काचर्की भएपछि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली बैठकबाट बाहिरिएका छन् ।

बैठकमा नेताहरूबीच चर्काचर्की हुन थालेपछि प्रधानमन्त्री ओली शयनकक्षतर्फ लागेको बालुवाटार स्रोतले बतायो । प्रधानमन्त्री ओली एक पद एक मुख्य जिम्मेवारीको विपक्षमा रहेका छन् तर बहुमत सचिवालय सदस्यहरू त्यसको कार्यान्वयन गर्ने पक्षमा छन् ।

प्रक्रिया पूरा नगरी राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश ल्याएपछि ओली घेराउमा परका छन् । विवादका कारण नेकपाले २५ वैशाखमा स्थायी कमिटीको बैठक बोलाएको छ । स्थायी कमिटी बैठकका एजेण्डा के के हुने भनेर आज सचिवालयले निर्णय गर्ने बताइ तापनि विवाद झन बढेको छ ।

नेकपाको सचिवालय बैठक २० वैशाखमा पनि बसेको थियो । उक्त बैठकमा विवाद मिलेको बताए पनि दुई दिनपछि पुनः विवाद सुरु भएको छ । विवादका बीच आज पुन: सचिवालय बैठक बसेको छ ।

नेकपाको ९ जनाको सचिवालयमा २० गतेको बैठकमा ओली बहुमतमा थिए भने प्रचण्ड नेपाल समूह अल्पमतमा । तर, आज बिहान खुमलटार पुगेर वामदेव गौतमले आफू ओली समूहमा नगएको बताएको समाचार बाहिरिएका छन् ।

सम्बन्धित समाचार

काँकरभिट्टा नाका लागु औषधको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै

विराटनगर, चैत ९–पछिल्लो समय पूर्वीनाका काँकरभिट्टा लागूऔषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ । पूर्वमा लागूऔषध प्रयोग र कारोबार गर्नेको संख्या दैनिक बढ्दै गएपछि काँकडभिट्टानाका यतिखेर उनीहरुका लागि सुरक्षित यात्रास्थल जस्तै बनेको हो । केहीवर्ष अघिसम्म...

एक महिनापछि राहदानीसम्बन्धी सेवा पुनः सञ्चालन

काठमाडौं,  २८ भदौ-अध्यागमन विभागबाट विदेशी नागरिकलाई दिइँदै आएको राहदानीसम्बन्धी सेवा एक महिनापछि पुनः सञ्चालन भएको छ ।  विभागमा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै गत २६ साउनमा बन्द भएको सेवा आजदेखि सुरु भएको हो...

एसबीएससी चित्रकला प्रतियोगिताको उपाधि ग्रेडेड र अरिहन्त स्कुललाई

विराटनगर । जिल्ला स्तरीय एसबीएससी चित्रकला प्रतियोगिताको उपाधि विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलल र अरिहन्त स्कुलले जितेको छ । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था मोरङले प्रजातन्त्र दिवसको अवसर पारेर विराटनगरमा सोमबार आयोजना गरिएको प्रतियोगिताको...

विश्व ‘सेरेब्रल पाल्सी’ दिवसको सचेतनामूलक कार्यक्रम

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विश्व ‘सेरेब्रल पाल्सी’ दिवसको को अवसरमा सचेतनामूलक कार्यक्रम गरेको छ । अक्टोबर ६ मा विश्व ‘सेरेब्रल पाल्सी’ को दिन क्लबले एक सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो । विराटनगरस्थित...

न्यूरो अस्पतालमा प्रदेश १ का सञ्चारकर्मीलाई सहुलियतमा उपचार

विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १ का पत्रकारहरूको उपचार निःशुल्क र विभिन्न सेवाहरुमा छुटसहितको स्वास्थ्य सेवाहरुमा सहुलियत दिएको छ । अस्पतालले पत्रकारको उपचारमा सहुलिए दिएपछि न्यूरो र...

लोकतन्त्र र प्रजातन्त्रलाई बचाउन पार्टी सक्षम छः कोइराला

मोरङ, पस १९–नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले लोकतन्त्र र प्रजातन्त्रलाई बचाउन आफ्नो पार्टी सक्षम रहेको जनाएका छन्। नेपाल तरुण दल क्षेत्र नं ६ मोरङद्वारा शनिवार आयोजित तरुण भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै...

सूर्य थापाको टिप्पणी : सर्वोच्चको आदेश विरोधाभाषपूर्ण र आश्चर्यजनक

काठमाडौं, ९ असार । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्च अदालतले आफ्नै नजिरविपरीत आदेश दिएको बताएका छन् । मंगलबार सर्वोच्च अदालतले ओलीले गरेको मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा अन्तरिम आदेश दिँदै २० मन्त्रीलाई काम गर्न रोक...

जनता समाजवादी पार्टीमा ३ अध्यक्षः महन्थ, बाबुराम र उपेन्द्र

काठमाडौं, २५ जेठ-राष्ट्रिय जनता पार्टी र समाजावादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीमा ३ जना अध्यक्ष हुने भएका छन् । आज जनता समाजावादी पार्टीले निर्वाचन आयोगमा दल दर्ता गराउने अन्तिम दिन हो । आज दल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्