सूचनाको अधिकार कुण्ठित हुँदैनः प्रधानमन्त्री ओली

 न्यूज विराट
सूचनाको अधिकार कुण्ठित हुँदैनः प्रधानमन्त्री ओली

काठमाडौं, २२ वैशाख-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जस्तो खुला र लोकतान्त्रिक समाजमा सूचनाको अधिकार कुनै पनि तवरबाट कुण्ठित नहुने बताएका छन् ।राष्ट्रिय सूचना आयोगको १३ औँ स्थापना दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले नागरिकको सही सूचना प्राप्त गर्ने अधिकारप्रति सरकारको निष्ठापूर्ण प्रतिवद्धता रहेको उल्लेख गर्दै सुशासन, विकास र लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि सही सूचना प्रवाह एक महत्वपूर्ण आयाम भएको बताएका हुन् ।

उनले सन्देशमा भनेका छन्, ‘हाम्रो जस्तो खुला र लोकतान्त्रिक समाजमा सूचनाको अधिकार कुनै पनि तवरबाट कुण्ठित हुन सम्भव छैन । बरु सूचना प्रवाह र यसका माध्यमको निष्पक्षता, तटस्थता र सन्तुलन रहन सकेन भने नागरिकले सही सूचना प्राप्त गर्न सक्दैनन् । नागरिक सूचनाविहीन हुनु एउटा समस्या हो भने गलत सूचना प्रवाहबाट प्रभावित हुनु त्यो भन्दा ठूलो समस्या हो ।’

प्रधानमन्त्री ओलले सूचनाको हकसम्बन्धी व्यवस्थाको सफल कार्यान्वयनबाट मात्र लोकतान्त्रिक पद्धतिको सुदृढीकरण तथा सुशासन कायम गरी नागरिकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा आफू विश्वस्त रहेको स्पष्ट गर्दै आयोगले हालसम्म खेलेका भूमिकाको प्रशंसा गरेका छन् ।

सम्बन्धित समाचार

कर्णालीमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि थप सामग्री

सुर्खेत, १९ जेठ-कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, सुर्खेत प्रादेशिक अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप ४३ जनामा कोरोना संक्रमण...

कपिलवस्तुका २ पत्रकारमा कोरोना संक्रमण

बुटवल, ९ जेठ-आज कोरोना संक्रमण पुष्टि कपिलवस्तुका ९ मध्ये २ जना पत्रकार रहेको खुलेको छ । उनीहरू वाणगंगा र कपिलवस्तु नगरपालिकाका २४ र २९ बर्षका पुरुष रहेका कोरोना फोकलपर्सन कुमार थापाले जानकारी दिए । राष्ट्रिय...

प्रदेश नं. १ बाट ४६ जनाको नमूना संकलन

विराटनगर, चैत १८–प्रदेश नं. १ बाट कोरोना भाईरस (कोभिड १९) का तीन दर्जन बढीको नमूना संकलन गरिएको छ । आज सम्ममा १० महिला सहित ४६ जनाको नमूना संकलन गरिएको सामाजिक विकास मन्त्रालय प्रदेश नं. १...

इन्द्र आङ्बोले पढे अविश्वास प्रस्तावको पत्र, २० गतेसम्मका लागि बैठक स्थगित

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव पेस भएकाे छ । नेकपा ओली समूहका मुख्यमन्त्री राईविरुद्ध नेकपा प्रचण्ड-माधव समूहले अविश्वास प्रस्ताव प्रदेशसभा बैठकमा पेस गरेकाे हाे । केही साताअघि मुख्यमन्त्री राईले अर्थमन्त्रीबाट हटाएका इन्द्र आङ्बोले बैठकमा अविश्वास...

स्प्रेडदरलाई ३.५ प्रतिशत कायम गर्न उद्योगीको माग

विराटनगर । विराटनगरका ठूला तीन उद्योग व्यवसायीका संघ संगठनले देशमा देखिएको अर्थतन्त्रको संकट हल गर्न राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति संशोधन गर्न माग गरेका छन् । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनीहरुले विभिन्न ६...

भारतले मिचेको दशगजाको पिलर हटाउने सहमति

रौतहट, २२ असार-रौतहटको इशनाथ नगरपालिका– १, बन्जरहामा भारतले दशगजा क्षेत्र मिचेर अस्थायी बाँध निर्माण गरेकोमा हटाउने सहमति भएको छ । दशगजामा परेको बाँधका केही भाग दुवै देशका सुरक्षाकर्मीको समन्वयमा डोजर लगाएर हटाइएको छ । रौतहटका...

कोरोना उपचार निःशुल्क गर्न नीजी अस्पताललाई मुख्यमन्त्री राईको निर्देशन

विराटनगर, १२ मंसिर-प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरोना संक्रमितको उपचार निःशुल्क गर्न विराटनगरका विभिन्न अस्पतालहरुलाई निर्देशन दिएका छन् । विभिन्न तीन निजी अस्पतालको अनुगमनका क्रममा संक्रमितका आफन्तले अस्तालहरुले उपचारका नाममा चर्को शुल्क अशुल...

कांग्रेस नेता कोइरालाद्वारा ३९ सय मास्क वितरण

विराटनगर, चैत ९–विराटनगर महानगरपालिकाको वडा नम्बर १२ का विभिन्न टोलमा ३ हजार ९ सय थान मास्क वितरण गरिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सो वडाका १३ वटा टोलमा मास्क वितरण गरेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्