कठमाडौं, २२ वैशाख-सरकारले तत्काल विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालका प्रवक्ता दीपक शर्माले जारी गरेको विज्ञप्तिमा तत्काल विद्यार्थी भर्ना र भर्नाको नाममा शुल्क नलिन भनिएको छ ।
‘हाल सबै विद्यालयको भर्ना तथा पठनपाठन स्थगित रहेको हुँदा यस सम्बन्धमा नेपाल सरकारबाट अर्को निर्णय नभएसम्म कुनै पनि विद्यालयको कक्षा वा नयाँ भर्ना नगर्नू नगराउनुका साथै भर्ना र अनलाइन कक्षाको नाममा शुल्क नलिन सूचित गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
विद्यार्थी भर्ना सुरु गर्न निजि विद्यालयले दबाब दिँदै आएका थिए । २५ गतेपछि भर्ना प्रक्रिया अगाडि बढाउने तयारी गरेको भन्दै चौतर्फि विरोध भएको थियो ।