जंगली च्याउ खाँदा २ घर परिवारका ६ जना बिरामी

 न्यूज विराट
जंगली च्याउ खाँदा २ घर परिवारका ६ जना बिरामी

विराटनगर, बैशाख २१–संखुवासभाको सभापोखरी गाउँपालिका–२ मा जंगली च्याउ खाएर २ घर परिवारका ६ जना बिरामी भएका छन् ।

शनिवार बेलुका स्थानीय २७ बर्षीय सन्देश राईले जंगलबाट टिपेर ल्याएको जंगली च्याउ खाँदा राई सहित उनकी श्रीमती २४ बर्षीया मनिला, ३ बर्षीया छोर सुपी, छिमेकी २५ बर्षीय दिनेश राई, उनकी श्रीमती २४ बर्षीया अनिता राई र ३ बर्षीया छोरी आकांक्षा बिरामी भएका हुन् । बिरामी ६ जनाको नै जिल्ला अस्पताल खाँदवारीमा उपचार भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सम्बन्धित समाचार

प्रदेश १ मा आइतबार १० जनामा कोरोना पुष्टि, उदयपुरमा फेरी संक्रमण

विराटनगर, जेठ २५–प्रदेश १ मा आइतबार एकैदिन १० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । आइतबार विराटनगर महानगरपालिका–३ की २२ बर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै सुनसरीको इनरुवा नगरपालिका–८ का...

४२.७ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किए

काठमाडौं, २२ असार-नेपालमा कोभिड–१९ का जम्मा सङ्क्रमितमध्ये ४२.७ प्रतिशत सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ६...

दोस्रो मिल्स भेट्रान्स गोल्डकपको उपाधि ग्रामथानलाई

विराटनगर । दोस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङको ग्रामथान भेट्रान्सले जितेको छ । विराटनगर जुट मिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा हाम्रो धरान भेट्रान्स क्लबलाई १–० गोलले हराउँदै ग्रामथान भेट्रान्सले उपाधि जितेको हो...

जनता समाजवादीको दल दर्ता रोक्न निर्वाचन आयोगमा निवेदन

काठमाडौं, १४ वैशाख-नवगठित जनता समाजवादी पार्टीको दल दर्ता रोक्नका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । संविधानविपरीत दल दर्ता पक्रिया भएकाले रोक्नका लागि राष्ट्रिय युवा संघका अमित लामा र अधिवक्ता विपिन ढकालले आयोगमा निवेदन पेस...

वायूप्रदुषणले आक्रान्त दिल्लीमा लकडाउनको तयारी : स्कुल र सरकारी कार्यालय बन्द

एजेन्सी, २९ कात्तिक । वायू प्रदूषणको अवस्था विकराल बनेपछि भारतको राजधानी दिल्लीमा लकडाउनको तयारी भएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले राज्य सरकारले लकडाउन योजना बनाइरहेको जानकारी त्यहाँको उच्च अदालतलाई दिएका छन् । भारतीय संचारमाध्यमका अनुसार मुख्यमन्त्री...

एम्स हस्पिटलमा सफल उपचार, १० वर्षीय बालकले पाए पुनः जन्म

विराटनगर । निमोनियाले ग्रसित भएका एक जना बालकको विराटनगरस्थित एम्स हस्पिटलमा सफल उपचार भएको छ । वरिष्ठ बाल रोग विशेषज्ञ चिकित्सक डा। राजेश यादवले सप्तरी घर भएका १० वर्षीय बालक सौरव यादव निमोनिया भएपछि सिकिस्त...

क्वारेन्टानमा खान नपाउँदा गाउँपालिका घेराउ

दैलेख, १९ जेठ-२ दिनदेखि खानपिउन नपाएको जनाउँदै दैलेखको भैरवी गाउँपालिकाले बनाएको क्वारेन्टानमा बस्नेहरूले आइतबार साँझ गाउँपालिका घेरेका छन् । भारतबाट आएका करीब १०० जना जिल्लावासी सो क्वारेन्टिनमा १ हप्तादेखि बस्दै आएका छन् । क्वारेन्टानमा रहेका...

बारामा ५ जनामा कोरोना पोजिटिभ

बारा, २६ जेठ-बारामा सोमबार थप ५ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । नयाँ संक्रमितमा सुवर्ण गाउँपालिका-२ का ३० वर्षीय पुरुष, वडा नम्बर ७ का १६ वर्षीय पुरुष, वडा ५ का ३० वर्षीय पुरुष...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्