धनगढीकी कोरोना संक्रमितको अनुभवः ‘शारीरिक भन्दा मानसिक पीडाले धेरै दुःख दियो’

 न्यूज विराट
धनगढीकी कोरोना संक्रमितको अनुभवः ‘शारीरिक भन्दा मानसिक पीडाले धेरै दुःख दियो’

धनगढी, २१ वैशाख-कोरोना भाइरसबाट संक्रमित भएपछि सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना भएका ५ जनामध्ये ४ जना निको भएर घर फर्किसकेका छन । तर, परिवारकै सदस्यबाट संक्रमण सरेर २८ दिनअघि अस्पताल भर्ना भएकी धनगढीकी १ महिलाको भने लगातार पोजिटिभ रिपोर्ट आइरहेको छ ।

‘आज पनि पाजिटिभ रिपोर्ट आयो आएको छ भन्छन्’ उनले भनिन, ‘खै के भएको हो, लगातार पोजिटिभ रिपोर्ट आइरहेको छ ।’ उनको छैठौँ पटक थ्रोट स्वाब रिपोर्ट पनि पोजिटिभ देखिएको अस्पतालका प्रवक्ता जगदिश जोशीले बताए ।

‘एक्लै हुँदा बेलाबेला न्यास्रो त लाग्छ, मनमा अनेक कुरा पनि खेलिरहन्छन्,’ उनले भनिन्, ‘आफूसँगैका सबै निको भएर घर गएपछि उत्साह बढेको थियो । तर, आफ्नो भने निरन्तर रिपोर्ट पोजिटिभ आइरहेको छ ।’ ढिलै भए पनि आफू पनि निको भएर चाँडै घर फर्किने विश्वासमा रहेको उनले बताइन् ।

संक्रमणको हिस्ट्री अरु बिरामीको भन्दा बैग्लै भएकाले उनको पीडा पनि अरुभन्दा बढी छ । दुबईबाट घर आएका उनका देबरलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो । ३० दिन अस्पतालमा बसेर निको भएपछि उनी भने डिस्चार्ज भएर यसअघि नै घर फर्किसकेका छन् ।

सम्बन्धित समाचार

मोरङको रतुवामाईमा थप २५ जनामा कोरोना पुष्टि 

विराटनगर, ३२ जेठ-मोरङको रतुवामाई नगरपालिकामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा भारतबाट आएर रतुवामाईस्थित क्वारेन्टाइनमा बसेका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरू रतुवामाई...

महोत्तरीमा अज्ञात रोगको प्रकोपः थप १ जनाको मृत्यु

जनकपुर, २१ वैशाख-महोत्तरीमा अज्ञात रोगबाट ज्यान गुमानेको संख्या १२ पुगेको छ । जिल्लाको भंगाहा नगरपालिका–७ स्थित रुपनारायण सिंह दनुवारको आज बिहान मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १२ पुगेको हो । उनी बिहानसम्म बिरामी थिएनन् ।...

विराटनगरमा रानी मिनी महोत्सव हुने, एक दर्जन बढी स्टल रहने

विराटनगर । विराटनगरको मिल्स एरियामा रानी मिनी महोत्सव हुने भएको छ । मिल्स भेट्रान्स् क्बलको आयोजनामा विराटनगरमा मंसिर २० देखि पुस २० गतेसम्म एक महिना महोत्सव लाग्ने भएको हो । महिनादिनसम्म लाग्ने महोत्सवमा एक दर्जन...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४५२ संक्रमित थपिए, ४४ जना डिस्चार्ज

विराटनगर, २६ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा चार सय ५२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा दुई सय ४२, सुनसरीमा १८४, झापामा ८, इलाममा २, धनकुटा, खोटाङ, उदयपुर र भोजपुरमा एक÷एक र प्रदेश...

कोशी प्रदेशमा एक वर्षमा ३ हजार ५१० सवारीसाधन दुर्घटना, ४१२ जनाको मृत्यु

विराटनगर । कोशी प्रदेशमा विगत वर्षको तुलनामा आर्थिक वर्ष २०७९–८० मा सवारीसाधन दुर्घटनामा कमी आएको छ । सवारीसाधन दुर्घटनाबाट हुने मानवीय क्षति पनि कम भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय...

आजको मौसम : धेरै स्थानमा पानी पर्ने, प्रदेश १ र बागमतीमा भारी वर्षाको सम्भावना

काठमाडौं, २४ साउन ।आज देशभर बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज राति प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको...

इन्द्रजित राजभण्डारीले पाए स्विमिङ्ग प्रशिक्षकको अन्तराष्ट्रिय मान्यता

विराटनगर । विराटनगरका इन्द्रजित राजभण्डारीले स्विमिङ्ग प्रशिक्षकको अन्तराष्ट्रिय मान्यता पाएका छन् । अमेरिकन स्विमिङ्ग कोचेस् एसोसिएसनले भारतको बैङ्लोरमा फेब्रुअरी १२ देखि १८ फेब्रुअरी आयोजना गरेको लेभल १ देखि ५ लेभलसम्मको कोर्ष पुरा गर्दै राजभण्डारीले स्विमिङ्ग...

पानी खाने बहना बनाएर ६४ वर्षीय महिलाको हत्या, सुन लुटेपछि साइकल पनि चोरेर अभियुक्त भारत तिर फरार 

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका – २० मा एक्लै बस्दै आएकी ६४ वर्षीय पूर्णसरी राईको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  प्रहरीले वृद्धा महिलाको हत्या आरोपमा धनकुटा सागुरीगडी गाउँपालिका ८ घर भई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्