काेराेना उपचारपछि घर फर्किएका युवक पुनः अस्पताल भर्ना

 न्यूज विराट
काेराेना उपचारपछि घर फर्किएका युवक पुनः अस्पताल भर्ना

जनकपुर, २१ वैशाख-साता दिनअघि कोरोना संक्रमण मुक्त भएको भन्दै घर फर्काएका रौतहटको इशनाथ नगरपालिकाका १९ वर्षीय युवक पुनः नारायणी अस्पतालको आइसोलेसनमा भर्ना भएका छन् ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले रौतहटका युवकमा थप परीक्षण गर्नु परेकाले आइसोलेसन वार्डमा राखिएको बताए । अस्पताल स्रोतका अनुसार डिस्चार्ज भएका ती युवकको थ्रोट स्वाब पुनः जाँच गर्दा पोजिटिभ देखिएकाे छ ।

‘डिस्चार्ज भएको २ दिनपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट जानकारी आयो कि रौतहटका युवकको फेरि थ्रोट स्वाब संकलन गरी पठाउनू,’ नाम उल्लेख नगर्ने सर्तमा स्रोत भन्छ, ‘स्वाब लिन उनको गाउँमै पुगेको टोलीले ती युवकसहित परिवारका १३ जनाको स्वाब लिएको थियो ।’

स्रोतका अनुसार परिवारका अन्य सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट उपाध्यायले भने युवकको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि ल्याइएको जानकारी दिए ।

३ भारतीय मुस्लिम धर्म प्रचारक र ती युवक गत आइतबार निको भएर नारायणी अस्पतालबाट डिस्चार्ज भएका थिए । अस्पतालका अनुसार वैशाख १० र १३ गते कोरोना नेगेटिभ देखिएपछि उनीहरुलाई १४ वैशाखमा डिस्चार्ज गरिएको थियो ।

डिस्चार्ज हुने खबर पाएपछि युवकलाई लिन उनका आफन्त एम्बुलेन्स लिएर नारायणी अस्पताल आएका थिए । डिस्चार्जपछि ती युवक १ सातादेखि घरमा आफन्तसँग बस्दै आएका थिए ।

सम्बन्धित समाचार

भुक्तानी दाबी गरेका बिमितले एक साताभित्र रकम पाउने

काठमाडौं, १८ कात्तिक-बीमा समितिबाट जारी गरिएको बीमालेखअनुसार कोरोना बीमा दाबी गरेका बिमितहरूको पीसीआर परीक्षण प्रतिवेदन पोजिटिभ प्रमाणित भएपछि बीमालेख बमोजिम प्रदान गरिने बीमाङ्क रकम भुक्तानी दाबी गरेका सबै बिमितलाई सम्बन्धित बीमा कम्पनीले एक हप्ताभित्र भुक्तानी...

जेभिर्यस स्कुलले मनायो वार्षिक उत्सव र अभिभावक भेला

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – २ मा रहेको जेभिर्यस बोर्डिङ स्कुलले ९ औं वार्षिक उत्सव तथा अभिभावक भेला विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्कुल परिसरमा शनिबार एक कार्यक्रम आयोजना गरी वार्षिक उत्सव...

कोरोनाबाट थप १७ जनाको मृत्यु, मृतकको संख्या १ हजार ८७ पुग्यो

काठमाडौं, २२ कात्तिक-कोरोना भाइरस संक्रमणबाट नेपालमा थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको हो । योसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १...

स्थानीयलाई मार्का नपर्नेगरी हुलाकी राजमार्ग विस्तार गर्न र क्षतीपूर्ती दिन कटहरीबासीको माग

विराटनगर, १० चैत । विराटनगर–रंगेली सडकखण्डमा निर्माणाधीन हुलाकी सडकको विस्तार गर्दा स्थानीयलाई कम मार्का पार्ने गरी विस्तार गर्नुपर्ने कटहरीबासीले माग गरेका छन् । स्थानीयवासी सम्मिलित हुलाकी सडक संघर्ष समिति कटहरीले मंगलबार सो विषयको ज्ञापनपत्र गाउँपालिकालाई...

साउदीको दमामबाट १ सय ५४ नेपाली स्वदेश फर्किए 

काठमाडौं, ५ असार-साउदीको दमामबाट १ सय ५४ जना नेपाली स्वदेश फर्किएका छन् । हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत् १ सय ५४ नेपाली नेपाली आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । यो उडानमार्फत् स्वदेश फिर्तीका...

उद्योग वाणिज्य महासंघको चुनावी साधारणसभा स्थगित

२८ र २९ चैतलाई तोकिएको नेपाल उद्योग वाणिज्य महासंघको साधरणसभा जेठ पहिलो सातासम्मका लागि स्थगन गरिएको छ । बिहीबार महासंघ कार्यालय टेकुमा बसेको बैठकले यो निर्णय लिएको अध्यक्ष भवानी राणाले बताइन् । यसअघि महासंघले प्रदेश...

च्याम्पियन टिमले सुरु गर्दै ‘घरघरमा कमेडी’

काठमाडौं, ७ असार-कमेडी च्याम्पियन टिमले 'घरघरमा कमेडी' नामक रियालिटी शो सुरु गर्ने भएको छ । लकडाउनका कारण घरमा थुनिएर बसेका दर्शकलाई लक्षित गर्दै यस रियालिटी शो सुरु गर्न लागिएको निर्देशक विशाल भण्डारीले बताए । यस...

पुटिनको कार्यकाल लम्ब्याउन संविधान संशोधन

एजेन्सी, फागुन २९–रसियाको संसदले मुलुकको संविधान संशोधन प्रस्तावलाई बुधबार स्वीकृति प्रदान गरेको छ । पछिल्लो कदमबाट राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल अरु १२ वर्ष थप्न बाटो खुलेको छ । राष्ट्रपति पुटिनको कार्यकाल आगामी सन् २०२४ मा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्