अधिकारी आयल स्टोरद्धारा पेट्रोल र डिजलको कालोबजारी

 न्यूज विराट
अधिकारी आयल स्टोरद्धारा पेट्रोल र डिजलको कालोबजारी

सप्तरी, बैशाख २०–सप्तरीको रुपनी गाउँपालिकाको एक पेट्रोप पम्पमा प्रहरीकै मिलेमतोमा कालोबजारी हुने गरेको पाइएको छ । रुपनी गाउँपालिका–२ स्थित अधिकारी आयल स्टोरले प्रहरीकै मिलेमतोमा डिजेल र पेट्राल दर रेट भन्दा अत्याधिक मुल्य लिएर बिक्रि गर्ने गरेको पाइएको हो ।

यतिबेला सिँचाईका लागि डिजल खरिद गर्ने कृषकहरुसँग अत्याधिक मुल्य लिएर विक्रि गर्ने गरेको हो । उक्त आयल स्टोरले दिउँसो डिजल र पेट्रोल नरहेको भन्दै रातको समयमा मुल्यभन्दा ४० रुपैयाँ भन्दा बढी मुल्य लिएर विक्रि गर्ने गरेको हो।

डिजल किन्न गएका स्थानीय एक किसानले भने,‘ तेल किन्न जाँदा सोमबार मात्र आउँछ भनेर फर्काए ।’ उनले भने,‘ रातको समयमा बोतल तथा ड्रममा राखेर बेच्नेलाई पनि बढी मुल्य लिएर धमाधम दिइरहेको भेटियो । प्रहरीलाई खबर गर्दा पनि वास्तै गरेन ।’ ति किसानका अनुसार प्रहरीकै मिलेमतोमा रातको समयमा डिजेल र पेट्रोलको कालोबजारी हुने गरेको छ ।

सम्बन्धित समाचार

झडपबीच सकियो कांग्रेस बैठक

काठमाडौं, माघ १३–नेविसंघका विद्यार्थीबीच जारी झडपकै बीच कांग्रेसले महाधिवेशनबाहेकका सबै अधिवेशनको मिति परिवर्तन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले गत ११ पुसमा पेस गरेको महाधिवेशन कार्यतालिकामध्ये महाधिवेशनबाहेकका कार्यतालिका परिवर्तन गरेको हो...

शनिबार देशभर २७५३ संक्रमित थपिए, २२०६ जना डिस्चार्ज

काठमाडौं, २२ कात्तिक-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ७ सय ५३ जना कोरोना संक्रमित थपिएका छन् । शनिबार थपिएका संक्रमितसँगै देशभर कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ...

जिल्ला अस्पतालको परिणाम देखिनुपर्याेः मन्त्री घिमिरे

विराटनगर, २४ कात्तिक–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जिल्ला अस्पतालहरुले परिणाम देखिनेगरि काम गर्नुपर्ने बताएका छन् । उनले अस्पतालहरुले विस्तार गरेको सेवाका बारेमा स्थानीयले थाहा पाउने गरि काम गर्न समेत निर्देशन दिए ।...

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा

सुनसरी, २८ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छापा मारेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय र इटहरीस्थित क्षेत्रीय कार्यालयबाट खटिएको ६ जनाको टोलीले बिहीबार प्रतिष्ठानमा...

आइतबारदेखि मौसम बिग्रिने पूर्वानुमान, धरै ठाउँमा पानी पर्ने सम्भावना

देशका धेरै ठाउँको मौसम अहिले सफा भए पनि आइतबारदेखि बद्ली हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज विशेष बुलेटिन निकालेर आइतबारदेखि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको जानकारी गराएको हो । भारतको आन्ध्र प्रदेश तथा...

नदीजन्य पदार्थको अवैध उत्खनन

मुलुकमा जारी बन्दाबन्दीको मौका छोपेर बाँकेको राप्तीसोनारी गाउँपालिकाअन्तर्गत पर्ने खोलाबाट नदीजन्य पदार्थको अवैध उत्खनन भइरहेको छ । राप्तीसोनारी ३ खैरेनी र साइपुर नाका, वडा नं ४ को लालपुर तथा वडा नं ५ का आलिनगर र...

माटाका सामग्री वनाउने तालिम सुरु

  पथरीशनिश्चरे, १ असार । उत्तरपूर्वी मोरङमा सृजनाका क्षेत्रमा सक्रिय एभरेष्ट आर्ट फ्यूजनले आइतवारबाट माटाका सजावट तथा उपभोग्य सामग्री वनाउने १ महिने तालिम सुरु गरेको छ । पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा पथरी सेरामिक उद्योगको समेत सहकार्यमा...

नेपालमा ८१ वर्षीया वृद्धाले कोरोनालाई जितिन्

सुर्खेत, ११ वैशाख-कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन लकडाउनलाई क्षेत्रगत रूपमा कडाइ गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निर्देशन दिएका छन् । उनले कर्णालीका १० वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सँग भिडियो संवाद गर्दै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्