नेकपा सचिवाल बैठकको समय सर्‍यो

 न्यूज विराट
नेकपा सचिवाल बैठकको समय सर्‍यो

काठमाडौं, २० वैशाख-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकको समय सरेको छ । ४ बजे बस्ने भनिएको बैठक डेढ घण्टा पछि सारेर ५ बजेर ३० का लागि डाकिएको हो ।

नेकपाभित्र देखिएको विवाद समाधानका लागि शनिबार ४ बजे बैठक डाकिएको थियो । यसअघि बुधबार बसेको बैठकमा नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले राखेका प्रस्तावका बारेमा आजको बैठकमा छलफल हुने बताइएको छ ।

उनले आफूमाथि प्रधानमन्त्रीबाट राजीनामा दिन दबाब बढेपछि कोरोना संक्रमणको अन्त्यपछि राजीनामा दिने र आगामी प्रधानमन्त्रीका उपाध्यक्ष बामदेव गौतमलाई अघि सारेका थिए । त्यस्तै, उनले माधवकुमार नेपालाई तेस्रो अध्यक्षका लागि पनि प्रस्ताव गरेका थिए । यसका लागि अनौपचारिक रूपमा छलफल गरेर आजको बैठकमा प्रस्तुत हुने निर्णय बुधबारको बैठकले गरेको थियो ।

विवादित विषयमा समूहगत छलफल नटुंगिएपछि बैठक सारिएको हो । आज ४ बजे बस्ने भनेको बैठकको समय सारेर ५:३० मा बोलाइको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जनाकारी दिए । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ ।

सम्बन्धित समाचार

मोरङको आमतोलामा टयाक्टर दुर्घटना : दुई जनाको मृत्यु , १५ घाईते

विराटनगर । मोरङको रंगेली नगरपालिका – ३ आमतोलामा ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । आज विहान भएको दुर्घटनामा १५ जना घाइते भएको मोरङ प्रहरीले जनाएको छ । दुर्घटनामा परी मोरङको ग्रामथान गाउँपालिका...

भारतमा २९ हजार ६ सय संक्रमित थपिए, २९० जनाकाे मृत्यु

एजेन्सी, ९ भदौ । भारतमा पछिल्लाे २४ घण्टामा २९ हजार ६१६ जना काेराेना संक्रमित थपिएका छन् । याे अवधिमा २८ हजार ४६ जना संक्रमणमुक्त भएका छन् । यस्तै २४ घण्टाकाे अवधिमा २९० जनाकाे काेराेना संक्रमणका कारण...

ग्रामीण विकास लघुवित्तद्वारा भव्य वार्षिकोत्सव, उत्कृष्ट महिला सदस्यहरु सम्मानित

विराटनगर । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो दशौं वार्षिकोत्सव विभिन्न प्रदेशहरुमा उल्लासपूर्ण वातावरणमा सम्पन्न गरेको छ। श्रावण ३० गते पाँचवटा विकास क्षेत्रका ग्रामीण विकास बैंकहरु एकीकृत भई स्थापना भएको यस संस्थाले आफ्नो स्थापना...

सामाजिक सञ्जाल कम्पनी बन्द गर्ने ट्रम्पको धम्की

एजेन्सी, जेठ १५-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल कम्पनीहरु बन्द गर्ने धम्की दिएका छन् ।  ट्विटरले उनको ट्वीटमा फ्याक्ट चेक चिन्ह राखेपछि आक्रोसित बनेका ट्रम्पले सामाजिक सञ्जाल बन्द गर्ने धम्की दिएका हुन् । उनले सामाजिक...

प्रदेश १ मा १ लाखको पिसिआर परिक्षण

विराटनगर, २२ भदौ-प्रदेश १ मा १ लाख बढीको पीसीआर परीक्षण भएको छ । आज सम्म १ लाख ३४८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सोमबार १ हजार ८६० जनाको परीक्षण भएको...

नेवारी भाषा, संस्कृति संरक्षणमा जोड

विराटनगर । नेवारी भाषाको धर्म संस्कृतिक संरक्षणमा जोड दिनुपर्ने एक कार्यक्रममा सहभागिहरुले बताएका छन् । झी पुच : (नेपाल भाषा तथा सांस्कृतिक संघ) विराटनगरले बिहीबार आयोजना गरेको कार्यक्रममा सहभागिहरुले भाषा, धर्म र संस्कृति सभ्यतासँग जोडिएकाले...

पछिल्लो २४ घण्टामा ६८८ जना ‘डिस्चार्ज’, ४ जिल्ला कोरोना ‘फ्री’

काठमाडौं, २३ असार-नेपालमा कोरोना सङ्क्रमण मुक्त भएर घर फर्कनेको सङ्ख्या बढ्दै गएको छ ।  हालसम्म कोरोना सङ्क्रमण मुक्त भएर घर फर्किनेको सङ्ख्या ७ हजार ४९९ जना रहेका छन् । यो कूल सङ्क्रमितको ४६.३८ प्रतिशत रहेको...

राजवंशी सामुदायले मनाए जितिया उत्सव (फोटो फिचर)

विराटनगर । राजवंशी समाज उत्थान समिति विराट अन्र्तगतको विराट राजवंशी महिला समुहले जितिया उत्सव मनाएका छन् । विराटनगर १२ स्थित सामुदायिक भवनमा शनिबार एक कार्यक्रम आयोजना गरी जितिया उत्सव मनाएका हुन् । कार्यक्रमको प्रमुख अतिथि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्