एजेन्सी, बैशाख १९-भारतको मुम्बईमा कोरोना भाइरसका संक्रमितमा गरिएको पहिलो प्लाज्मा थेरापीको प्रयोग असफल भएको छ ।महाराष्ट्र राज्यका स्वास्थ्यमन्त्री राजेश टोपेले कोरोना भाइरसका बिरामीको उपचारमा प्लाज्मा थेरापी प्रभावकारी हुने दाबी गरेका थिए ।
तर बिहीबार कोरोना संक्रमित बिरामीमा यो पद्धतिबाट उपचार गरिएपनि उनलाई बचाउन नसकिएको हो । उनले बुधबारमात्रै कोरोना भाइरसबाट भारतमा सबैभन्दा बढी प्रभावित बनेको महाराष्ट्रमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचारको पहिलो प्रयोग सफल भएको दाबी गरेका थिए ।
यसपछि अरु बिरामीमा पनि प्लाज्मा थेरापीको प्रयोग भइरहेको छ । तर बिहीबार लीलावती अस्पतालमा प्लाज्मा थेरापी गरिएका ५२ वर्षीय बिरामीको मृत्यु भएको हो ।