गणतन्त्र स्थापनामा नेपाली श्रमिकको अमूल्य योगदान छः राष्ट्रपति भण्डारी

 न्यूज विराट
गणतन्त्र स्थापनामा नेपाली श्रमिकको अमूल्य योगदान छः राष्ट्रपति भण्डारी

काठमाडौं, १९ वैशाख-राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा सम्पूर्ण श्रमिकको हित अनुकूल श्रम वातावरण, उचित पारिश्रमिक, रोजगारीको ग्यारेण्टी एवं सामाजिक सुरक्षालगायतका श्रमअधिकार सार्थक रूपमा प्रयोग गर्न सकून् भन्ने शुभकामना व्यक्त गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मे) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै सम्पूर्ण श्रमजीवीको श्रम अधिकार सुनिश्चितताका लागि शुभकामना व्यक्त गरेकी हुन् ।

शुभकामना सन्देशमा उनले मुलुकमा पूर्णलोकतान्त्रिक शासन प्रणालीसहित गणतन्त्र स्थापनामा नेपाली श्रमिक वर्गले पुर्‍याएको अमूल्य योगदानको स्मरण गर्दै उच्च सम्मान समेत गरेकी छिन्। ‘श्रमिकहरूको हकअधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष १ मे मा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस’ मनाउने गरिन्छ सन्देशमा भनिएको छ, ‘यस दिवसले आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रतालाई सुनिश्चित गर्नका लागि विश्वभरिका श्रमजीवीहरूलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने अपेक्षा मैले लिएको छु ।’

सम्बन्धित समाचार

बढेका छैनन् कोरोना संक्रमित : स्वास्थ्य मन्त्रालय

काठमाडौं, २९ चैत-गत आइतबारदेखि नेपालमा नयाँ कोरोना संक्रमित भेटिएका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप कोरोना संक्रमित नभेटिएको बताएको हो । कोरोनाबारेको नियमित पत्रकार सम्मलेनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा कोरोना संक्रमित...

कांग्रेस नेता चन्द्र भण्डारीका भाइ शंकरको सवारी दुर्घटनामा मृत्यु

नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीका भाइ डा. शंकरप्रसाद भण्डारीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । रूपन्देहीको देवदह १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैँले चलाएको लु १७ च ६०६६ नम्बरको कार दुर्घटनामा परी उनको...

प्रदेश २ मा आज ३८३ नयाँ संक्रमित थपिए

जनकपुर, ३ भदौ-प्रदेश २ मा थप ३ सय ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८७ जना महिलासहित ३८३ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै...

अब आयस्रोत नखुलाई लगानी गर्न पाउने सुविधा, अन्तर्राष्ट्रिय निकायले नेपाललाई कालोसूचीमा राख्ने जोखिम

काठमाडौं, ३ असोज । सरकारले आयस्रोत नखुलाई लगानी गर्न पाइने व्यवस्था गरेपछि सम्पत्ति शुद्धीकरणविरुद्धको मामिलामा काम गर्ने सरकारी निकायका अधिकारीले नै विरोध गरेका छन् । तीन वर्षअघि नै विरोधपछि फिर्ता भएको यस्तो व्यवस्था नयाँ अर्थमन्त्री जनार्दन...

करसम्बन्धी सरकारको भ्याकेट निवेदन सर्वोच्चद्वारा खारेज

काठमाडौं, १ असार-सर्वोच्च अदालतले लकडाउन खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था मिलाउन दिएको अन्तरिम आदेश खारेजीका विरुद्ध सरकारले ल्याएको भ्याकेट (पुनरावलोकन निवेदन) खारेज गर्ने आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार...

मृत्युदण्डलाई जितेर आएका उमेशले १४ वर्षपछी परिवार भेटे

जनकपुर, माघ १३–जनकपुरधाम विमानस्थलमा १४ वर्षपछि भेट भएका दम्पतीको अवस्था हेर्नलायक देखिन्थ्यो । विमानस्थलबाट बाहिरिनेबित्तिकै भएको भेटमा दुवै जना समाजको पर्वाहै नगरी अँगालोमा बेरिएर रूवाबासी गर्दै थिए । घरपरिवारका सबैले माया मारिसकेका धनुषाका उमेश साउदी...

आजै मात्र २ सय ३९ मा संक्रमण पुष्टि

काठमाडाैं, १९ जेठ-३ वर्षीया बालिका र ६ वर्षीय बालकसहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार दोस्रो पटक थपिएका १३ संक्रमितमा पाल्पा निस्दी गाउँपालिकाका १७ र ३६ वर्षीय पुरुष, नवलपरासी सरावल गाउँपालिकाका...

‘नटवरलाल’ उमेश विश्वकर्माः विधानमा २ वर्ष बोर्डमा ३ वर्षे कार्यकाल

विराटनगर, असार ४–रिडेफ नेपालका अध्यक्ष उमेश विश्वकर्माका विषयमा एकपछी अर्को खुलासा हुँदै गएको छ । उक्त संस्थाका अध्यक्ष विश्वकर्माले बहुमत साधारण सदस्य, संस्थापक सदस्यहरुको उपस्थिती र सहभागिता बिनै फर्जि साधारणसभा गरेर आफु अध्यक्षमा टिकिरहने गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्