आगामी बजेटमा सिँचाइका लागि प्रयाप्त बजेट बिनियोजन गर्न सांसद मण्डलको सुझाव

 न्यूज विराट
आगामी बजेटमा सिँचाइका लागि प्रयाप्त बजेट बिनियोजन गर्न सांसद मण्डलको सुझाव

विराटनगर, बैशाख १८–पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सदस्य शिवकुमार मण्डलले आगमाी बजेटमा कृषकका लागि प्रयाप्त सिँचाई सुविधा सहितको बजेट बिनियोजन गर्न सुझव दिएका छन् ।

उर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयमा सांसदहरुबिच आगामी बजेटमा समेटिनुपर्ने विषयवस्तुका विषयमा भएको छलफलमा सांसद मण्डलले यस्तो बताएका हुन् ।

उर्जा जलश्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र सांसदहरुबिच भएको छलफलमा सांसद मण्डलले राष्ट्रिय गौरवको सुनसरी मोरङ सिचाई आयोजना मार्फत मोरङमा प्रयाप्त सिँचाई सुविधा पुग्न नसकेको बताउँदै मन्त्रालय मार्फत नहरको विस्तार हुन नसकेकाले ९० प्रतिशत किसानहरु भएको क्षेत्रमा सिँचाई आयोजना विस्तारका लागि प्रयाप्त बजेट बिनियोजन गर्न सुभाव दिए ।

उनले तत्काल आयोजना विस्तार गर्न नसकिएपनि डिप बोरिङका माध्यमबाट जनतालाई सिचाईको प्रवन्ध मिलाउने गरि बजेट बिनियोजन गर्न आग्रह गरे । सांसद मण्डलले सवै प्रकारका योजनाहरुको छनौट सांसदहरुभन्दा पनि सम्बन्धीत विभागका विभागिय कर्मचारी र प्राविधिक मार्फत आवश्यक योजनाहरुको छनौट गरि सांसदसँग छलफलबाट कार्यान्वयन गरिनुपर्नेमा समेत जोड दिए ।

‘सवै सांसदहरुलाई प्राविधिक विषयको ज्ञान छैन, जसका कारण जनताका समस्या मुलभुतरुपमा समाधान गर्न कठिनाई हुँदै आएको छ ।’ उनले भने,‘त्यसैले फिल्ड वर्कमा प्राविधिकहरुले काम गरि योजना छनौट गर्नुपर्छ ।’

उनले प्राविधिक विषयको अनभिज्ञताका कारण सांसदहरुले मात्र छनौट गरेको योजना प्रभावकारी नहुने भएकाले प्राविधिक कर्मचारीहरु मार्फत फिल्ड र्वक गरेर योजना छनौट गर्नुपर्ने बताएका हुन् ।

त्यस्तै वर्षेनी वर्षायाममा आउने बाढीका कारण ठुलो धनजनको क्षती हुँदै आएकाले त्यसलाई रोक्नका लागि समेत विषेश ध्यान दिनुपर्ने उनले बताए । ‘वर्षा याममा जमिन कटान भएर ठुलो जनधनको क्षती हुँदै आएको छ ।’ उनले भने,‘यस्ता कुराहरु नियन्त्रण गर्न नदीका दुवै तर्फ ड्याम बनाएर नदी नियन्त्रण गर्ने तथा बढी कटान गर्ने ठाउँमा ढुंगा जाली हालेर बाढी न्युनिकरण गर्नुपर्छ र यसका लागि पनि प्रयाप्त बजेट बिनियोजन गर्नुपर्छ ।

सांसद मण्डलले मोरङको बक्राह, केशलीया, लोहन्द्रा र सिंघिया खोला नियन्त्रणका लागि केन्द्र सरकारको योजना अन्तर्गत नपरेकाले आगामी बजेटमा समावेश गर्न समेत आग्रह गरे । उनले सुकुम्बासी र सवै गरिब जनताका घरसम्म विजुली विस्तारका लागि पनि मन्त्री पुनको ध्यानाकर्षण गराए ।

सम्बन्धित समाचार

विराटनगरमा ३६ सहित प्रदेश १ मा १ सय ९ संक्रमित थपिए

विराटनगर, ९ भदौ-पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा २९ महिला र ८० पुरुष छन् । मोरङ र सुनसरीमा ४८–४८, झापामा ८, खोटाङमा १ र प्रदेश...

अन्योलमा प्रदेशसभा अधिवेशन

कोरना भाइरस (कोभिड— १९) को सम्भावित जोखिम रोकथामका लागि सरकारले ‘लकडाउन’ को गरेपछि कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अन्योलमा परेको छ । यही १३ चैतमा सूचना टाँस गरेर स्थगित भएको बैठक लकडाउन लम्बिँदै गएपछि निरन्तरता पाउने...

कांग्रेस महाधिवेशनः कुलबहादुरले हाले पहिलो भोट

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको । बिहान ८ बजेदेखि सुरु हुने भनिएपनि ३ घण्टा ढिलो मतदान सुरू भएको हो । पूर्वमहामन्त्री एवं पाका नेता कुलबहादुर गुरुङले सबैभन्दा पहिलो...

आन्दोलनकारी र प्रहरीबीच झडपमा ४६ घाइते : ३८ राउण्ड हवाइ फायर, ७४ सेल अश्रुग्यास प्रहार

विराटनगर । कोशी प्रदेश खारेजीको माग राख्दै विराटनगरस्थित प्रदेश सभाअगाडि प्रर्दशन गर्ने क्रममा प्रहरी र पहिचान पक्षधरबीच भएको झडपमा परी ४६ जना घाइते भएका छन् । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीलाई प्रहरीले रोक्न खोजेको थियो...

झापाका १ लाख १७ हजार व्यक्ति कोरोनाविरुद्धको दोस्रो खोपको पर्खाइमा

कोभिड- १९ विरुद्धको पहिलो मात्रा लगाएका झापाका १ लाख १७ हजार ५९० व्यक्ति दोस्रो मात्राको पर्खाइमा छन् । सरकारले भारतबाट प्राप्त कोभिशिल्ड, चीनबाट प्राप्त भेरोसेल र अमेरिकाबाट प्राप्त जोनशन खोप लगाउँदै आएको छ । जिल्ला...

चीनको लक्ष्य कोरोना भाइरसले पूरा गरिदियो

एजेन्सी, बैशाख १४-कोरोना भाइरसका कारण संसारभरका धेरैजसो देशमा लकडाउन छ । त्यसैकारण धेरै देश र इलाकामा प्रदुषणको स्तर तुलनात्मक रूपमा कम भएको छ । चीनको अधिकांश समय धुलो र धुवाँले ढाक्ने उत्तरी प्रान्त हुबेईमा पनि...

भारत र चिनियाँ सैनिकबीच भिडन्त, भारतका वरिष्ठ सैन्य अधिकारीसहित ३ को मृत्यु

एजेन्सी, असार २-लद्दाखको गलवानमा भारत र चीनका सैनिकबीच झडप भएको छ । झडपमा भारतीय एक सैनिक अधिकारीसहित ३ जनाको ज्यान गएको भारतीय सरकारको भनाइलाई उद्धृत गर्दै बीबीसी हिन्दीले लेखेको छ । भारतीय र चिनियाँ सैनिकबीच...

‘प्याराग्लाइडिङ वर्ल्ड कप एशियन टुर’ सुरू, १९ देशका खेलाडी सहभागी

पोखरा, फागुन ११–पोखरामा ‘प्याराग्लाइडिङ वर्ल्ड कप एशियन टुर- २०२०’ तथा ‘१९औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशीप’ आइतबारबाट सुरु भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना)को आयोजना तथा नेपाल प्याराग्लाइडिङ तथा प्याङग्लाइडिङ संघ (नेफा) र नेपाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्