नेकपाको विवादबारे घनश्याम भुसालका ३ सुझाव

 न्यूज विराट
नेकपाको विवादबारे घनश्याम भुसालका ३ सुझाव

काठमाडौं, १७ वैशाख-सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादबारे कृषिमन्त्री एवं पार्टी स्थायी कमिटी सदस्य घनश्याम भुसालले मुख खोलेका छन् ।

उनले अनुपयुक्त र गलत प्रयासले समस्यालाई झनै बढाउने भन्दै पार्टीको एकता बचाउन, लोकतन्त्र र समाजवादका मूल्यहरूको जगेर्ना गर्न नहडबडाउन, संवाद गर्न र संस्थागत प्रणालीभित्रै समाधान खोज्न आग्रह गरेका छन् ।

‘आज नेकपा असाधारण शक्ति र प्रभावका साथ उपस्थित छ । र यसमा समस्या थपिँदै गएका छन् । समस्याले उपयुक्त समाधान खोज्छ’ उनले सामाजिक संचाल फेसबुकमा लेखेका छन् ‘अनुपयुक्त र गलत प्रयासले समस्यालाई झनै बढाउँछ । आज मुलुकले सबै कमरेडहरूबाट जिम्मेवारी बोधको ऐतिहासिक गम्भीरता माग गरेको छ ।’

उनले विगतमा भएका टुटफुटका घटनाबारे स्मरणसमेत गराएका छन् । ‘२०५४ सालमा नेकपा एमाले लोकप्रियताको शिखरमा थियो, फुट्यो । र २०४७ सालको प्रजातन्त्र अस्थिर हुँदैगयो’ यनले भनेका छन् ‘२०६४/६५ मा नेकपा माओवादी प्रलयकारी शक्तिकासाथ अगाडि आयो । र विभाजनको प्रक्रियामा गयो ।’

पार्टीको एकता बचाउन, लोकतन्त्र र समाजवादका मूल्यहरूको जगेर्ना गर्न उनले ३ वटा सुझाव दिएका छन् । ‘पहिलो, नहडबडाउँ दोस्रो, संवाद गरौं र तेस्रो, संस्थागत प्रणालीभित्रै समाधान खोजौँ ।’

सम्बन्धित समाचार

भारतको राजस्थानबाट नेपाली किशोरीको उद्धार

काठमाडौं, ७ वैशाख-कोरोना महामारीका कारण नेपाल–भारत सीमा पूर्णरूपमा बन्द रहेका बेला पनि मानव तस्करहरु सक्रिय रहेका छन् । भारत २१ मार्चदेखि पूर्ण रूपमा लकडाउन छ । योसँगै नेपाल–भारत सीमामा आवतजावत पनि ठप्प छ । लकडाउनकै...

विराटनगरमा २८ सहित प्रदेश १ मा १८६ जनामा कोरोना संक्रमण

विराटनगर, १८ असोज । प्रदेश १ मा पछिल्लो १४ घण्टामा १८६ जनामा कोरोना संक्रमण भएको छ । ८२६ जनाको पीसीआर परीक्षण गर्दा १३९ र २३८ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जनामा संक्रमण देखिएको सामाजिक विकास...

एमाले महाधिवेशनमाः जनवर्गीय सङ्गठनबाट एक लाखको सहभागी

काठमाडौँं, २४ कात्तिक-नेकपा (एमाले)ले आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने १०औँ राष्ट्रिय महाधिवेशनमा जनवर्गीय सङ्गठनका एक लाख नेता तथा कार्यकर्ताको सहभागी हुने भएको छ । एमालेको २२ वटा जनवर्गीय सङ्गठनका तर्फबाट महाधिवेशन उद्घाटन समारोहमा...

एनपीसी बैठक सुरु, चीनले आर्थिक वृद्धिको लक्ष्य नतोक्ने

एजेन्सी, जेठ ९-चीनले यो वर्ष आर्थिक वृद्धिदरको लक्ष्य नतोक्ने भएको छ । शुक्रबारबाट सुरु भएको वार्षिक संसदीय बैठक नेशनल पिपुल्स कंग्रेसमा करिब ३ हजार प्रतिनिधि सामेल रहेका छन् । एनपीसीको बैठकले बजेट स्वीकृत गर्छ भने...

उत्कृट हुने विद्यार्थीलाई ग्रिनल्याण्डको नगदसहित सम्मान

विराटनगर । विराटनगर ( मा रहेको ग्रिनल्याण्ड कलेजले कलेजमा उत्कृट हुने विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ ।कलेजमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि कलेजको आन्तरिक परीक्षामा उत्कृट हुने विद्यार्थीहरूलाई नगद सहित सम्मान गरेको हो । त्यस्तै...

सञ्चारमन्त्री बाँस्कोटाले दिए राजीनामा

काठमाडौं, फागुन ८–सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् । सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बैठकमा यसबारे अनौपचारिक जानकारी गराएका हुन् । ‘सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नु भएको छ, राजीनामाको औपचारिक पत्र मात्रै आउन बाँकी...

अखिल क्रान्तिकारी महेन्द्र मोरङको अध्यक्षमा रोहित यादव

विराटनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पस विराटनगरको अध्यक्षमा रोहित यादव ( विकास ) चयन भएका छन् । विराटनगरमा सोमबार भएको अखिल क्रान्तिकारीको सातौं क्याम्पस कमिटि सम्मेलनबाट यादव...

अतिआवश्यक सवारी साधन सञ्चालनका लागि ई-पासको व्यवस्था

काठमाडौं, १ बैशाख-कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि इ–पासको व्यवस्था गरिने भएको छ । गृह मन्त्रालयले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी खाद्यान्न ढुवानी, बिरामी ओसार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्