सरकार परिर्वतनको कुरा जनमतको अवमूल्यन : गिरी

 न्यूज विराट
सरकार परिर्वतनको कुरा जनमतको अवमूल्यन : गिरी

काठमाडौं, १७ वैशाख-सरकार परिवर्तन गर्नु जनमतको अवमूल्यन हुने सासंद पदम गिरीले बताएका छन् । नेकपाका सांसद गिरीले वर्तमान सरकार परिर्वतन गरेर जनमतको अवमूल्यन गर्न नहुने बताएका छन् । संसदीय निर्वाचनमा प्रधानमन्त्रीको रुपमा केपी ओलीलाई नै अघि सारेर नेकपाले बहुमत प्राप्त गरेको कारण सरकार परिर्वतनको बेमौसमी बाजा बजाउँदा जनताले दिएको मतको अवमूल्यन हुने उनले बताए ।

स्थिर सरकार र सम्बृद्धिका लागि नेपाल कम्युनिस्ट पार्टीले संसदीय निर्वाचनमा बहुमत प्राप्त गरेको भन्दै वर्तमान सरकारले संघीयतालाई संस्थागत गर्ने, कानून निर्माण गर्ने कार्यमा पूर्ण रुपमा सफलता प्राप्त गरेको समेत बताए ।

इतिहासमै पहिलो पल्ट उच्च आर्थिक वृद्धिदर कायम गर्न सफल सरकारको विरुद्धमा पार्टी भित्र र बाहिरबाट राजीनामाको माग आउनु आश्चर्यजनक रहेको सांसद गिरीले बताए ।

वर्तमान सरकार गठन भएपछि सार्क राष्ट्रका राष्ट्र प्रमुखहरुको नेपाल भ्रमण र अन्तर्राष्ट्रिय सम्बन्धमा आएको सुधारका कारणले कुटनीतिक रुपमा विश्व सामु नेपालको गरिमा बढाएको गिरीले दाबी गरे ।

सरकारले सार्क खेलको व्यवस्थापनमा देखाएको उच्च स्तरीय व्यवस्थापन नेपालकै लागि एतिहासिक रहेको गिरीको भनाई छ । ठूला विकास आयोजनाहरुको सुरुवात गर्दै वर्षौ देखि निर्माण सम्पन्न भएका आयोजनाहरु निर्माण सम्पन्न गरेर देशलाई विकासको गतिमा हिँडाउने काममा वर्तमान सरकार सफल भएको दाबी गरे ।

सम्बन्धित समाचार

विराट गोल्डकपको टाइसिट सार्वजानिक, उद्घाटनमा आर्मी र कोलकाताको साउथर्न क्लब भिड्ने

विराटनगर । ९ औं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको टाइसिट सार्वजानिक भएको छ । विराटनगर सहिद रंगशालामा फ्लडलाइट्सको माध्यमबाट हुने रात्रिकलीन फुटबल प्रतियोगिता फागुन १९ गते उद्घाटन हुने भएको छ । उद्घाटन खेलमा विभागीय टिम...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा विराटनगरस्थित महेन्द्र रात्रि माध्यामिक विद्यालयमा निःशुल्क दन्त शिविर

विराटनगर, २० मंसिर । विभिन्न सामाजिक कार्यहरु निरन्तर गरिरहेको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निशुल्क दन्त शिविर र जनचेतना मुलक कार्यक्रम आयोजना गरेको छ । वरिष्ठ दन्त चिकित्सक डा. अभिषेक कुमार र उनको टोलीसँगको सहकार्यमा...

शिक्षादीप कलेज रोज्ने विद्यार्थीको भिड, ८ सयको कोटामा विज्ञान पढन २३ सय विद्यार्थीले दिए इन्ट्रान्स

विराटनगर । मेडिकल, इन्जिनियरिङ र आइटिको क्षेत्रमा अब्बल सावित भएको विराटनगरस्थित शिक्षादीप कलेजमा अध्ययन गर्ने विद्यार्थीको भिड लागेको छ । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले शिक्षादीप कलेजले प्रत्येक वर्ष मेडिकल, इन्जिनियरिङ र आइटिको क्षेत्रमा विद्यार्थीहरूले...

‘लक डाउन’ उल्लंघन गर्ने ८८ सवारी साधन नियन्त्रणमा

सरकारले ‘लक डाउन’ सुरु गरेको आज तेस्रो मोरङ प्रहरीले ८८ वटा विभिन्न सवारी साधा नियन्त्रणमा लिएको छ ।बुधबार लक डाउन उल्लंघन गर्ने २ सय बढी सवारी साधन नियन्त्रणमा लिएको मोरङ प्रहरीले बिहिबार अपराहन्न सम्म ८८...

कोरोना नियन्त्रणका काममा भ्रष्टाचार भएको कांग्रेस सांसदको आरोप

विराटनगर, जेठ १८–प्रमुख प्रतिपक्षदल नेपाली काँग्रेसले कोरोना संक्रमण नियन्त्रणको काममा भ्रष्टाचार भएको आरोप लगाउँदै छानबिनको माग गरेको छ । आज प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलका तर्फबाट संसदको विशेष सममा बोल्दै प्रमुख सचेतक केदार कार्कीले कोरोना...

निमार्ण सामाग्री बोकेको गाडीमा आगलागी, ५० लाख बढीको क्षति

विराटनगर । विराटनगर – ५ शान्तिचोकमा निमार्ण सामाग्री बोकेको गाडीमा आगलागी भएको छ । एसुती निमार्ण सेवाको अलकत्र बोकेको गाडीमा शनिबार साढे ४ बजे एक्कासी आगलागी भएको निमार्ण कम्पनीले जनाएको छ । विराटनगरको एभरेष्ट कलेजदेखि...

बेलायतको राजदूतमा रेग्मी नियुक्त

काठमाडौं, ५ माघ-राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि नेपाली राजदूतमा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा उनलाई नेपालका लागि आवासीय बेलायती राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका...

महानगर स्तरीय आईटीएफ तेक्वान्दो सुरू

विराटनगर । दोस्रो विराटनगर महानगर स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता सुरू भएको छ । कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघको सहयोगमा विराटनगर आईटीएफ तेक्वान्दो एकेडेमीको आयोजना उक्त प्रतियोगिता शुक्रबारदेखि सुरु भएको हो । विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्