शिक्षादीप कलेज रोज्ने विद्यार्थीको भिड, ८ सयको कोटामा विज्ञान पढन २३ सय विद्यार्थीले दिए इन्ट्रान्स
बुधबार, १९ असार, २०८१,
न्यूज विराट
विराटनगर । मेडिकल, इन्जिनियरिङ र आइटिको क्षेत्रमा अब्बल सावित भएको विराटनगरस्थित शिक्षादीप कलेजमा अध्ययन गर्ने विद्यार्थीको भिड लागेको छ ।
गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले शिक्षादीप कलेजले प्रत्येक वर्ष मेडिकल, इन्जिनियरिङ र आइटिको क्षेत्रमा विद्यार्थीहरूले छात्रवृत्तीमा नाम निकाल्न थालेपछि उक्त कलेजप्रति विद्यार्थीको आकर्षण बढेको हो । यसको पुष्टि पनि बुधबार भएको कक्षा ११ मा विज्ञान संकाय अध्ययन गर्नको लागि कलेजले लिएको प्रवेश परीक्षाले गरिदिएको छ ।
विज्ञान संकायको ८ सय जनाको कोटाको लागि कलेजले लिएको प्रवेश परीक्षामा २ हजार ३२७ जना विद्यार्थीले प्रवेश परीक्षा दिएको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए । व्यवस्थापन संकायको लागि कलेजले बिहीबार प्रवेश परीक्षा लिने तयारी गरेको छ ।
सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहिनेती प्राध्यापक, शिक्षक शिक्षिका र विद्यार्थीको अथक प्रयासले मेडिकल र इन्जिनियरिङमा शिक्षादीप कलेज अग्रणी स्थानमा आउँछ । प्रत्येक वर्ष मेडिकल र इन्जिनियरिङ अध्ययनको लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीको संख्या बढ्दो क्रममा रहेको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत महाराजगञ्ज मेडिकल इन्ष्टिच्युट (त्रिवि शिक्षण अस्पतालमा) सहितका अन्य मेडिकल कलेजहरुमा पूर्ण छात्रवृत्तिमा चिकित्साशास्त्र पढ्न सक्षम बनाउने कलेजको पहिचान शिक्षादीप कलेजले बनाएको छ । गत वर्ष चिकित्सा शिक्षा आयोगले लिएको एमबिबिएसको प्रवेश परीक्षामा शिक्षादीपकी अदितीकुमारी जैन ‘टपर’ भइन् । उनले १८ हजारभन्दा बढी विद्यार्थीलाई उछिन्दै छात्रातर्फ देशभरै टप भएकी थिइन् । कुल ६ हजार ६ सय ६९ विद्यार्थीले प्रवेश परीक्षा उत्तीर्ण गर्दा २ सय पूर्णाङ्कमा १७१.५ अङ्कसहित जैन सर्वोत्कृष्ट भइन् । छात्रातर्फ देशभरिमा सर्वोउत्कृष्टमा नाम निकालेर जैन अहिले चिकित्साशास्त्र अध्ययन गरिरहेकी छिन् । यस वर्ष शिक्षादीपका ७ जनाले विद्यार्थीले मेडिकल शिक्षा अध्ययनको लागि एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन् । त्यसैगरी इन्जिनियरिङमा तीन जनाले नाम निकाल्न सफल भएका छन् अग्रपंतिमा नाम निकालेका छन् भने पचासौँ विद्यार्थीले प्रवेश परीक्षा पास गरेका छन् ।
कलेजले विद्यार्थीकेन्द्रित शैक्षिक वातावरण तयार गरेको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडकाले बताए । कलेजले शिक्षण सिकाइका लागि सुविधासम्पन्न पूर्वाधार तयार गरेको छ । अध्यापनको लागि डिजिटल कक्षा कोठा, प्रयोगशाला र पुस्तकालय छन् । कक्षा ११ र १२ मा सबैभन्दा धेरै छात्रवृत्ति दिने कलेजमध्ये पर्छ शिक्षादीप कलेज । कलेजले हरेक वर्ष सयौंको संख्यामा विद्यार्थीलाई विभिन्न शीर्षकको छात्रवृत्तिमा अध्यापन गराउँदै आएको कलेजका प्रिन्सिपल खड्काले बताए । प्रवेश परीक्षाको नतिजा, दुर्गम तथा पिछडिएका क्षेत्रका विद्यार्थी, अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थी, जेहेन्दार र विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्तिमा अध्यापन गरिरहेको कलेजले बताएको छ । सरकारले तोकेको कोटाअन्तर्गत छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीको संख्या पनि प्रशस्त रहेको कलेजले जनाएको छ ।
काठमाडौं, असोज ३ । संबिधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले सरकारले प्रदान गरेको बिभुषणप्रति गम्भीर आपत्ति जनाउनु भएको छ । संबिधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा एमालेलेअ ाज आयोजना गरेको कार्यक्रममा बोल्दै एमाले संसदीय दलका उपनेतासमेत रहनुभएका संबिधानसभा...
विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगितामा अर्किड र सरस्वती स्कुल विजयी हुँदै फाइनलमा प्रवेश भएको छ । पहिलो खेलमा अर्किड स्कुलले न्यू...
काठमाडौं, ३० वैशाख-संघीय संसद्को छैठौँ अधिवेशनमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रममा सहभागी हुनका लागि उपराष्ट्रपति नन्दबहादुर पुनको स्वाबको नमुना संकलन गरिएको छ । संघीय संसद् सचिवालयको समन्वयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मंगलबार कोभिड–१९ परीक्षणका लागि...
विराटनगर, फागुन २२–धनकुटा उद्योग वाणिज्य संघको ४५ औं साधारण सभाबाट निर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन् । सोमबार सर्वसम्मत रुपमा संघको अध्यक्षसहित सबै पदमा निर्वाचित भएका पदाधीकारीहरुले औपचारकि रुपमा पदभार ग्रहण गरेका हुन् । सोमबार...
विराटनगर, बैशाख १०–उदयपुरको भुल्केमा थप तीन जनालाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ । यसअघि संकलित स्वाब परीक्षणको क्रममा बुधबार उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केका २४ वर्ष, ६० वर्ष र ७२ वर्षका पुरुष संक्रमित पहिचान भएको...
विराटनगर, २७ असोज–मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय अनुसन्धान परिषद्वीच सम्झौता भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको सक्रियतामा अनलाईन मार्फत विश्वविद्यालयका प्रमुख डा.सुवास श्री पोखरेल र परिषद्का अध्यक्ष डा. महावीर पुन वीच सम्झौता भएको...
विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगरमा रात्रीकालीन व्यवसाय सञ्चालनमा ल्याउने तयारी गरेको छ । त्यसका लागि महानगरले समन्वय गरेको सरोकारवालाको बैठकले राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णयसमेत गरेको छ । विराटनगर महानगरपालिकाको समन्वयमा...
एजेन्सी, जेठ २८-अफगानिस्तानको चर्चित मजार ए शरीफ मस्जिदमा पालिएका करिब एक हजार सेतो परेवा मरेका छन् । लकडाउनका कारण मस्जिदमा खानेकुरा नपाउँदा सो मस्जिदमा पालिएका ति परेवाको मृत्यु भएको हो । लकडाउनका कारण लामो समयसम्म...