लकडाउनपछि पहिलो पटक कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

 न्यूज विराट
लकडाउनपछि पहिलो पटक कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं, १७ वैशाख-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा कोरोना भाइरसको रोकथाम र उपचारका सम्बन्धमा भएका कार्य तथा पार्टीले गर्नसक्ने योगदानका बारेमा छलफल हुने छ ।

बैठकमा लकडाउनपछि दैनिक ज्याला मजदुरी गर्ने र निम्न आर्थिकस्तर भएका समुदायमा परेको प्रभाव, राहतको व्यवस्था, विदेशमा अप्ठ्यारोमा रहेका नेपालीको उद्धारलगायत पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत छलफल हुने प्रवक्ता शर्माले बताए ।

कोरोना रोकथामका लागि ११ चैतदेखि मुलुकभर लकडाउन लागू भएपछि कांग्रेसको केन्द्रीय समिति बैठक पहिलो पटक बस्न लागेको हो ।कांग्रेसको पार्टी पदाधिकारी बैठक भने यस अवधिमा ३ पटक बसिसकेको छ ।

सम्बन्धित समाचार

ब्राउन सुगर सहित ५ जना पक्राउ

विराटनगर, २६ साउन । सुनसरी ईनरुवा नगरपालिका ४ पुर्व-पश्चिम राजमार्गमा पर्ने ईनरुवा बसपार्कबाट कारमा सवार ४ जनालाई लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कंकालिनी १४ का २० बर्षीय अमोद...

सवारी चालक तथा सह– चालकको स्वास्थ्य परीक्षण, लापसे गर्ने ११ जना भेटिए

विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका – ४ स्थित कोशी लोकमार्गमा सवारी चालक तथा सह–चालकहरुको स्वास्थ्य परिक्षण तथा लापसे जाँच गरीएको छ । सवारी दुर्घटना रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले उक्त...

ग्रीन टायर्सले स्वदेशी रबर प्रयोग गरी ट्याक्टर र हाते ट्याक्टरका टायर उत्पादन गर्दै

विराटनगर, २६ साउन । ग्रीन टायर्स प्रालिले कृषि क्षेत्रका लागि टायर उत्पादन गर्ने प्रकृया अघि बढाएको छ । यस उद्योगले कृषि क्षेत्रमा प्रयोग गरिने ट्याक्टर र हाते ट्याक्टरका लागि शेर्पा ब्राण्डको भूमि, सारथी मोडलका ठूला...

उत्तर कोरियामा पनि कोरोना भाइरस

एजेन्सी, जेठ २७-उत्तर कोरियाली नेता किम जोङ उनले उत्तर कोरियामा कोरोना भाइरस संक्रमणको एउटा पनि घटना नभएको बताइरहेका बेला बैठकमा भने सामाजिक दुरीको निमय पालना गरिरहेको देखिएको छ । यसबाट उत्तर कोरियामा पनि कोरोना भाइरसको...

सेनाको हेलिकोप्टरबाट कालापानी जाँदै आज सशस्त्रको टोली

काठमाडौं, ३१ वैशाख-सशस्त्र प्रहरीको टोली आज दार्चुलाको कालापानी सीमा क्षेत्रमा जाने भएको छ । ५० गुल्म दार्चुलाबाट २५ जना सशस्त्र प्रहरीको टोली नेपाली सेनाको एमआई १७ हेलिकोप्टरबाट सदरमुकाम खलंगाबाट ब्यास गाउपालिका–१, छाङरू हुँदै त्यसतर्फ जान...

प्रदेश १ की सामाजिक विकास मन्त्री राई भन्छिन्ः प्रतिकुलतालाई अनुकुलतामा बदल्नुपर्छ

विराटनगर, ५ जेठ । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रतिकुलतालाई अनुकुलतामा बदल्न आवस्यक रहेको बताएकी छन् । कोरोना संक्रमणको समयमा जिल्ला स्तरमा रहेका अस्पतालहरुलाई क्षमता विकास गरेर अघि बढ्नुपर्ने उनले बताइन् ।...

गहुँ खरिद प्रक्रिया सुरू

काठमाडौं, २९ वैशाख-नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गहुँ खरिद प्रक्रिया सुरू गरेको छ । गत साता सरकारले गहुँको समर्थन मूल्य तोकेसँगै सो कम्पनीले यस वर्षका लागि ३ हजार मेट्रिक टन गहुँ खरिदको प्रक्रिया सुरू...

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना परिक्षण सुरु

विराटनगर, चैत १६–वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विश्वव्यापी रुपमा फैलिएको प्राण घातक रोग कोभिड–१९ कोरोना भाइरसको परीक्षण सुरु गरिएको छ । आइतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा प्रतिष्ठानले कोरोना सक्रमणको स्वाबको परीक्षण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्