काठमाडौं, १४ वैशाख-कोरोना भाइरस संक्रमण भेटिएका १६ जना नेपाली उपचारपछि घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएअनुसार आज थप ४ जना कोरोना जाति भएर घर फर्किएका हुन् ।
मन्त्रालयका अनुसार रौतहटका १९ वर्षीय १ जना पुरुष र अन्य ३ जना संक्रमित जाति भएर घर फर्किएका हुन् । अन्य ३ को हुन् र कहाँका आएका हुन् भन्ने विषयमा कुनै जानकारी दिइएन ।
६ जना नागरिक देशभर कोरोना भाइरसको अधिक जोखिममा रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।मन्त्रालयका अनुसार २४ घन्टामा कोरोना आशंकामा २ हजार ९६ वटा नयाँ परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार देशभर आइसोलेसनमा १ सय १० बिरामी छन्, जसमा काठमाडौंमा ६ र उपत्यकाबाहिर १ सय ४ जना रहेको मन्त्रालयले जनाएको छ ।
मनत्रालयले तय गरेको कल सेन्टरबाट २ हजार ७१ कल आएका छन् । मोबाइल एपबाट स्वमूल्यांकन फारम भर्ने ८ सय ९५ जना रहेको मन्त्रालयले जनाएको छ । १७ हजार २५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । यो तथ्यांक सबै प्रदेशमा हो ।