काठमाडौं, १४ वैशाख-त्रिभुवन विश्वविद्यालयले अनलाइनबाट पढाउन निर्देशिका तयार पारेको छ । कोरोना भाइरस कोभिड १९ का कारण कक्षा कोठा बन्द भएपछि विश्वविद्यालयले अनलाइनबाट पढाउन लागेको हो ।
अनलाइन कक्षा सञ्चालन गर्न हरेक विभाग, स्कुल क्याम्पसले गुणस्तरीय इन्टरनेट, ल्यापटप तथा कम्प्युटर फोन र वैकल्पिक बिजुलीको व्यवस्था गर्ने गरी निर्देशिका बनाएको छ । विद्यार्थी र शिक्षकको हाजिरी रेकर्ड राख्ने पनि निर्देशिकामा उल्लेख छ ।
त्रिविले अनलाइन कक्षाका लागि आचारसंहितासमेत बनाएको छ । विद्यार्थीले शिक्षकसँग संवाद गर्दा आदरार्थी शब्दको प्रयोग गर्न पाउने छैन । शैक्षिक सामग्री शिक्षक र विद्यार्थीले सामाजिक सञ्जालमा राख्न नपाइने गरी आचारसंहिता बनाएको छ । निर्देशिका र आचारसंहिता पालना नगरे कारबाही गरिने त्रिविले जनाएको छ ।