नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झर्‍यो

 न्यूज विराट
नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झर्‍यो

काठमडौं, १३ वैशाख-नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघि मात्र नेपाललाई अति उच्च जोखिमबाट उच्च जोखिममा झारेको हो ।

छिमेकी मुलुक चीनको वुहान शहरमा कोरोना भाइरस देखिएको र भारतसँगको खुला सीमाका कारण नेपाललाई अति उच्च जोखिममा राखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा गरेको उपचार पद्धति देखेर डब्लूएचओले अति उच्च जोखिमबाट उच्च जोखिममा झारेको जानकारी दिए ।

उनका अनुसार नेपालले बन्दाबन्दी तथा अन्तर्राष्ट्रिय र भारतीय नाका बन्द गरेपछि संक्रमणको जोखिम कम गरेकाले उच्च जोखिममा झारिएको हो । ‘नेपालले समयमै गरेको लकडाउन गरेर बाहिरबाट संक्रमित आउने सम्भावना देखिएन’, उनले भने, ‘त्यसैले नेपाल कोभिड– १९ को अति उच्च जोखिमबाट उच्च जोखिममा झारेको हो ।’

नेपालमा कोभिड १९ संक्रमण फैलिन नदिनका लागि गत चैत ११ गतेदेखि लकडाउन गरिएको छ । कोभिड –१९ को परीक्षणको दायरासमेत बढाइएकाले अतिउच्च जोखिमबाट तल झरेको बताइएको छ ।

सम्बन्धित समाचार

आज धेरै स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, ३ असार-आज देशभर धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ का १/२ स्थानमा भारी...

बाँचुन्जेल एमाले छाड्दीन, नदी नियन्त्रणलाई प्रथामिकतामा राखेर काम गर्छुः केदारप्रसाद यादव

विराटनगर, २५ वैशाख । २०१९ सालमा तत्कालिन बरडंगा गाविसमा जन्मिएका केदारप्रसाद यादव उमेरले ६० पुग्न लागे । पारिवारिक वातावरणनै राजनीति भएपछि उनी बाल्यकालदेखिनै त्यसैमा आकर्षित भए । सानै उमेरदेखि राजनीतिक चेतना नआउँदै नेपाली कांग्रेसको झण्डा...

भारतले लिपुलेक सडकमार्ग उद्घाटन गरेकोमा कमल थापाको विरोध

काठमाडौं, २६ वैशाख-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपाली भूमि लिम्पियाधुरा र लिपुलेकमा रहेका भारतीय सेना फिर्ताको सट्टा लिपुलेकसम्म बाटो बनाएर यातायातका निमित्त खोलिएको घटनाको विरोध गरेका छन् ।  ‘लिम्पियाधुरा/लिपुलेक नेपाली भूमि हो...

इन्डोनेसियामा १ सय वर्षीया महिला कोरोनामुक्त

एजेन्सी, जेठ १९-इन्डोनेसियामा एकजना १ सय वर्षकी महिला कोरोना भाइरस संक्रमणबाट पूर्ण रुपमा निको भएकी छन् । स्थानीय मिडियाले उनी सबैभन्दा वृद्ध विरामी भएको भन्दै उनले कोभिड–१९ लाई हराएको उल्लेख गरेका छन् । कामतिम नामकी...

मङ्गलबारसम्म वर्षाको सम्भावना

आगामी मङ्गलबारसम्म वर्षा हुने भएको छ । मनसुनी प्रणालीको प्रभावले देशभर आङ्शिकदेखि सामान्य बदली रही अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमसविद् प्रतिभा मानन्धरले भनिन्, 'यो...

मुलुकको ढुकुटीमा माओवादीको ब्रम्हलुट : युद्ध पर्यटन भन्दै कार्यकर्ता पोस्‍न सिध्याइयो ५० करोड

माओवादी केन्द्रको अगुवाइमा रोल्पाकेन्द्रित ‘युद्ध पर्यटन’को फूर्को जोडिएका कार्यक्रमहरुमा राज्यकोषबाट झण्डै रु. ५० करोड– मूलतः कार्यकर्ता पोस्नमा खर्च गरिएको छ। तिनै मृतक र बेपत्ताहरूको सम्मानमा र द्वन्द्वकालीन सामरिक क्षेत्रको संरक्षण गरी ‘युद्ध पर्यटन’को विकास गर्ने...

आन्तरिक उडान अनिश्चितकालका लागि बन्द

काठमाडौँ, ३१ वैशाख । कोरोना महामारीका कारण दर्शाउँदै नागरिक उड्डयन प्राधिकरणले व्यावसायिक आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गरेको छ । प्राधिकरणको उडान अनुमति शाखाका उपप्रबन्धक ज्ञानेन्द्र भुलले बिहीबार कोरोना महामारीका कारण दर्शाउँदै अर्को सूचना नआउन्जेलसम्मका...

नेकपा सचिवालय बैठक : विवाह भएको ७ वर्ष पूरा गरेपछि मात्रै अंगीकृत नागरिकता

काठमाडौं, ६ असार-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले नागरिकता विधेयकका बारेमा छलफल गरेको छ । शनिबार बिहान बसेको पार्टीको सचिवालय बैठकले नागरिकता विधेयकबारे छलफल गर्दै ७ वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने निष्कर्ष...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्