इन्डोनेसियामा १ सय वर्षीया महिला कोरोनामुक्त - News Birat

इन्डोनेसियामा १ सय वर्षीया महिला कोरोनामुक्त

न्यूज विराट

एजेन्सी, जेठ १९-इन्डोनेसियामा एकजना १ सय वर्षकी महिला कोरोना भाइरस संक्रमणबाट पूर्ण रुपमा निको भएकी छन् । स्थानीय मिडियाले उनी सबैभन्दा वृद्ध विरामी भएको भन्दै उनले कोभिड–१९ लाई हराएको उल्लेख गरेका छन् । कामतिम नामकी यी वृद्ध महिला इन्डोनेसियाको दोस्रो ठूलो सहर सुरबायाको एक सरकारी अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन् ।

करिब एक महिना चिकित्सकको निगरानीमा रहेपछि कामतिमलाई अस्पतालले डिस्चार्ज गरेको हो ।`पूर्वी जाभाका गभर्नर खोफिफा इन्दर पारावासनाले भने, ‘मलाई विश्वास छ कि कामतिम पूर्ण रुपमा निको भएको घटनाले बाँकी वृद्ध मानिसहरुलाई पनि कोरोनाविरुद्ध लड्न हिम्मत मिल्नेछ ।’

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles