नेपालमा ८१ वर्षीया वृद्धाले कोरोनालाई जितिन्

 न्यूज विराट
नेपालमा ८१ वर्षीया वृद्धाले कोरोनालाई जितिन्

सुर्खेत, ११ वैशाख-कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन लकडाउनलाई क्षेत्रगत रूपमा कडाइ गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निर्देशन दिएका छन् । उनले कर्णालीका १० वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सँग भिडियो संवाद गर्दै लकडाउनलाई कडाइ गर्न निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री शाहीले १ टोलबाट अर्को टोल, १ स्थानीय तहबाट अर्को स्थानीय तह र १ जिल्लाबाट अर्को जिल्लामा हुने आवागमनलाई कडाइ गर्न निर्देशन दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री शाहीले लकडाउनले दैनिकी कष्टकर बनेका कारण उद्धार गरी गाउँ फर्काइएका मजदुर, विद्यार्थीलगायतका सबै नागरिकहरूलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

‘जोखिममा रहेका नागरिकको उद्धार गर्नु सरकारको दायित्व हो,’ उनले भने, ‘अरू देशका सरकारले २/४ जनाका लागि भए पनि जहाजै रिजर्भ गरेर स्वदेश फर्काएका छन् । समस्यामा परेका नागरिकलाई किन गाउँ फर्काएको भनेर तर्क गर्छन् ।’

नागरिक कार्यस्थल तथा डेरामा भोकभोकै हुने र उनीहरूको व्यवस्थापन पनि नगरिएकाे हालकाे अवस्थाले जनतामा राज्यप्रति नै वितृष्णा पैदा हुने भएकाले अति समस्यामा रहेका र प्रदेशको सीमासम्म हिँड्दै आइपुगेका नागरिकलाई स्थानीय तहसँगको सहकार्यमा सम्बन्धित स्थानीय तहसम्म पुर्‍याउन सहजीकरण गरिएको उनको भनाइ छ ।

मुख्यमन्त्री शाहीले सामाजिक दूरी कायम गर्दै एकाघरका परिवार मात्रै सहभागी हुनेगरी किसानहरूलाई मौसमी बाली भित्र्याउने, ब्याड राख्नेलगायतका कृषि कार्य गर्न दिने व्यवस्था मिलाउन पनि सीडीओहरूलाई निर्देशन दिए ।

त्यसैगरी, मेसिन र कम जनशक्तिको प्रयोगबाट हुन सक्ने विकास निर्माणका कामहरूमा पनि निरन्तरता दिनका लागि व्यवस्थापन गर्न उनले निर्देशन दिए ।

सम्बन्धित समाचार

झापाकाे काँकरभिट्टास्थित जुत्ता कारखानामा भीषण आगलागी

विराटनगर, २० माघ । झापाकाे काँकरभिट्टामा रहेको एक जुत्ता कारखानामा आगलागी भएकाे छ । मेचीनगर- ६ काँकरभिट्टाकाे एस एस फुटवेयर जुत्ता कारखानामा आगलागी भएको हाे । आगलागी नियन्त्रणकाे प्रयास भइरहे पनि नियन्त्रण हुन सकेकाे छैन...

सुनको भाउ ताेलामा ४ सय रुपैयाँ घट्याे

काठमाडाैं, ७ भदौ-सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेकाे छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलाको ९८ हजार ४ सय रुपैयाँमा काराेबार भइरहेकाे छ । शुक्रबार छापावाल सुनको भाउ तोलाको...

मापसेसँगै मोरङ ट्राफिक प्रहरीको लापसे अभियान पनि सुरु

विराटनगर । सार्वजनिक सवारीसाधनका कर्मचारी (चालक, सहचालक, परिचालक) लाई लक्षित गरेर मोरङ ट्राफिक प्रमुख प्रहरीले विराटनगरमा लापसे (लागू पदार्थ सेवन) सम्बन्धी चेकजाँच अभियान सुरु गरिएको छ ।नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोसँग समन्वय गरेर ट्राफिक प्रहरीले...

रोटरीले वितरण गर्यो स्वास्थ्य सामाग्री र खाद्यान्न

विराटनगर, २५भदौ–सामाजिक क्षेत्रमा अग्रसर रहेको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले स्वास्थ्य सामाग्री र राहतवितरण गरेको छ । सुनसरीको बर्जु गाउँपालिकामा मास्क, रोग प्रतिरोधात्कम क्षमता बृद्धि गर्ने होमियो प्याथिक औषधी र विपन्न परिवारलाई खाद्यान्न वितरण...

नेपाल संवत्ले आपसी सद्भाव अभिवृद्धि गर्ने राष्ट्रपतिको विश्वास

काठमाडौँ, १९ कात्तिक-राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल संवत् ११४२’ ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । ‘नेपाल संवत् ११४२’...

संकटको बेला उदयपुरका राजनीतिक दल एक ठाँउमा

उदयपुर, बैशाख १०-विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ विरुद्ध अहिले विश्वनै लडि रहेको छ । यो महामारीले नेपाललाई पनि छोएको छ । कोरोनाबाट नेपालको सबै भन्दा प्रभावित जिल्ला उदयपुर भाको छ । उदयपुरमा संक्रमितको संख्या...

कुवेतबाट नेपाली लिएर आएको दोस्रो विमान पनि काठमाडौंमा अवतरण

काठमाडौं, २९ जेठ-कुवेतबाट नेपालीलाई लिएर आएको दोस्रो विमान पनि काठमाडौंमा अवतरण गरेको छ । विभिन्न कारणले अवैधानिक बनी आममाफी पाएर घर फर्किएका नेपाली  महिला लिएर आएको दोस्रो जहाज काठमाडौंको त्रिभुवन विमानस्थलमा १२ः१४ मा अवतरण गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्