साइबर अपराधसम्बन्धी घटनामा प्रहरीको साइबर ब्यूरोले उनलाई बुधबार ललितपुरबाट पक्राउ गरेको थियो । उनले सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ ‘वरिष्ठ भाइरोलाेजिस्ट तथा ईपिडिओमोलजिष्ट’ डा. ओली भनेर लेखेका थिए ।
त्यस्तै, केही समयअघि मेडिकल सामग्री खरिदको विषयमा स्वास्थ्य सचिव यादव कोइराला र उपाध्यायबीच सामाजिक सञ्जालमा दोहोरी चलेको थियो ।
त्यस्तै, लकडाउन उल्लंघन गरेको आरोपमा पक्राउ परेका ज्ञानेन्द्र शाहीलाई जिल्ला प्रशासन कार्यालय ललितपुरले ७ दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ । शाहीलाई पनि ललितपुरबाट मंगलबार बेलुका पक्राउ परेका थिए ।