नेताहरूबीच मन नमिल्दा पार्टी फुट्छ : प्रधानमन्त्री ओली

 न्यूज विराट
नेताहरूबीच मन नमिल्दा पार्टी फुट्छ : प्रधानमन्त्री ओली

काठमाडाैं, १० वैशाख-प्रधानमन्त्री केपी शर्मा ओलीले फुट्नै लागेका पार्टीलाई कानुनले नरोक्ने बताएका छन् । बुधबार बालुवाटारमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले पार्टीहरू कानुन हेरेर फुट्ने नभई मन नमिल्दा फुट्ने बताएका हुन् ।

सुदूरपश्चिम प्रदेशबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरूलाई राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन अध्यादेश, २०७७ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ ल्याउनुको औचित्य प्रस्ट पार्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

छलफलमा सहभागी सांसद दीपकप्रकाश भट्टका अनुसार छलफलमा ओलीले नेताहरूको मन मिलेमा राजनीतिक दलहरू एकताबद्ध भएर जाने र मन नमिलेमा जति कडाइ गरे पनि फुटेरै छाड्ने बताए । ओलीले नेपालमा विगतमा यस्ता कानुन रहेको स्मरण गराउँदै सोहीअनुसार अहिले पनि व्यवस्था गर्न लागिएको हो बताए ।

सम्बन्धित समाचार

वीरगञ्जका सरसफाइकर्मी हड्तालमा

जनकपुर, १८ जेठ-सरसफाइकर्मी हड्तालमा बसेपछि वीरगन्ज महानगरको फोहोर शनिबारदेखि उठ्न सकेको छैन । फोहोर उठाउन सडकमा निस्किँदा प्रहरीले कुटपिट गरेको भन्दै महानगरपालिकाका सरसफाइकर्मी हड्तालमा बसेका छन् । सरसफाइमा खटिने कर्मचारीलाई प्रहरीले अवरोध गर्दै हातपात गर्न...

भारतीय सञ्चारमाध्यममा ‘ग्रेटर नेपाल’, भन्छ–सुगौली सन्धिमा नक्सा टुंगो लागेको थिएन

एजेन्सी, जेठ २२-नेपाल र भारतबीच पछिल्लो समयमा सीमा विवाद उत्कर्षमा छ । दक्षिण एसियामा भारत एकैपकट नेपाल, पाकिस्तान र चीनसँग सीमा विवादमा अल्झिएको छ भने बंगलादेशसँग सीमा विवाद पुरानै समस्या हो । यस्तो अवस्थामा भारतका...

अपहरण तथा शरीर बन्धक’ मुद्दामा सैहैन्शालाई पक्राउ गर्न अदालतले दियो अनुमति

विराटनगर । मोरङ अदालतले नेपाल टाइम्स मिडिया प्रालिका सञ्चालक ३१ वर्षीय सैहैन्शा सिद्दिकी भन्ने अब्दुल खत्ताबलाई पक्राउ गर्न अनुमति दिएको छ ।विराटनगरका उद्योगी अरूणकुमार राठीले आइतबार खत्ताबविरूद्ध मोरङ प्रहरीमा ‘अपहरण तथा शरीर बन्धक’ मुद्दामा जाहेरी...

पद सम्हालेको १०० दिनमा १० करोडलाई खोप दिने बाइडेनको बाचा

अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनले पद सम्हालेको एक सय दिनमा १० करोड नागरिकलाई खोप दिने लक्ष्य रहेको बताएका छन् ।  बाइडेनले आफ्नो कार्यकालको सुरुमा नै महामारी अन्त्य गर्न नसकेपनि आफूले कोभिड–१९ को बाटो भने मोड्ने बाचा...

कर्तब्य ज्यान मुद्दामा माफि पाएका अभियुक्तबाट मारिए उर्लाबारीका कुशल, थप दुई जना फरार

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका ४ का २१ वर्षीय कुशल दाहालको हत्या आरोपमा प्रहरीले जनालाई पक्राउ गरेको छ । दाहालको हत्या आरोपमा मोरङ प्रहरीले उर्लाबारी– ५ का सुवास तामाङलाई बुधबार पक्राउ गरेको हो । पक्राउ...

१ वर्षभन्दा कम सजाय पाएका कैदीलाई कैदमुक्त गरिने

कोरोना भाइरस संक्रमणबाट बच्न १ वर्षभन्दा कम सजाय पाएर जेलमा रहेका कैदीलाई रिहा गरिने भएको छ । सर्वोच्च अदालतको शुक्रबार बसेको पूर्ण बैठकले १ वर्षभन्दा कम सजाय पाएर जेलमा रहेका कैदीलाई कैदवापतको रकम लिएर कैदमुक्त...

प्रदेश १ मा १२ हजारको कोरोना परिक्षण

विराटनगर, जेठ १–प्रदेश १ मा करिब १२ हजारको कोरोना परीक्षण भएको छ । पिसिआर विधिबाट दुई हजार ९ सय १९ जनाको परीक्षण भएको छ । त्यस्तै आरडिटी बिधिबाट ८ हजार ९ सय ३३ जनाको परीक्षण...

कोरोना संक्रमणबाट धनुषामा थप १ जनाको मृत्यु

जनकपुर, १ भदौ-प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेसनमा उपचाररत थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि गत ३१ साउनमा आइसोलेसनमा भर्ना भएका धनौजी गाउँपालिका—३ का ६५ वर्षीय पुरुषको सोमवार मृत्यु...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्