अलपत्रलाई उद्धार गर्न बुटवलमा २ वटा बसको व्यवस्था

 न्यूज विराट
अलपत्रलाई उद्धार गर्न बुटवलमा २ वटा बसको व्यवस्था

बुटवल उपमहानगरपालिकाले लकडाउनको पूर्ण पालनाका लागि पैदल हिँड्न पनि रोक लगाएपछि सडकमा यात्रु देखिन छाडेका छन् । अलपत्र मजदूर भए खानाको व्यवस्था गरी गन्तव्यसम्म पुर्‍याउने गरी उपमहानगरपालिकाले व्यवस्थापम गरेपछि सडकमा पैदलयात्रीसमेत देखिन छाडेका हुन् ।

यसअघि साँझ र बिहानको समयमा मानिसको बढी चहलपहल हुने गरेको भन्दै बुटवल उपमहानगरपालिकाको आलोचना हुने गरेको थियो । अलपत्र यात्रुलाई गन्तव्यसम्म पुर्‍याउनका लागि बुटवल धागो कारखाना अगाडि र पाल्पाको सिद्धबाबामा बस तयारी अवस्थामा राखिएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए ।

अलपत्र अवस्थामा रहेकालाई खानाको व्यवस्था गरी गन्तव्यमा पुर्‍याउन थालिएपछि लकडाउनका बेला उनीहरूले राहतको महशुस गरेको र अत्यावश्यक बाहेकका मानिस घरबाहिर निसकन छाडेको उपमहानगरप्रमुख सुवेदीले बताए ।

बुटवल उपमहानगरपालिकाले विगत ४ दिनयता अलत्रि परेका १३ सय व्यक्तिलाई खाना खुवाइसकेको छ । नेकपा बुटवल उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थीले लकडाउनका बेला खान नपाएर कोही पनि भोकै बस्नु नपर्ने भन्दै यसका लागि पार्टीले पनि स्थानीय सरकारसँग समन्वय गरिरहेको बताए ।

सम्बन्धित समाचार

बिनाशले लामो समयसम्म आफैंलाई समस्यामा पार्छ : ओबामा

एजेन्सी, जेठ २०-संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकामा भइरहेको प्रदर्शनले हिसात्मक रुप लिएकोमा गम्भीर आलोचना गरेका छन् । उनले परिवर्तनको आकांक्षाअनुसार भएको प्रदर्शनमा हिंसाले स्थान पाएको भन्दै आलोचना गरेका हुन् । अफ्रिकी मूलका...

सडक आश्रित महिलाको उद्धार

विराटनगर १४ असोज –प्रदेश १ सामाजिक विकास मन्त्रालयले बुधबार एक सडक आश्रित महिलाको उद्धार गरेको छ । सामाजिकविकास मन्त्रीजीवन घिमिरे, प्रदेश सांसद कुशल साम्वालगायतको टोलीले मोरङको बुढीगंगा १ बाट २१ बर्षीया धना विश्वकर्माको उद्धार गरेको...

शनिबार सुदूरपश्चिममा थप ६४ जनामा कोरोना पुष्टि

काठमाडौं, ३१ जेठ-सुदूरपश्चिममा शनिबार एकै दिन थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीको कोरोना परीक्षण प्रयोगशालामा थप ६४ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।...

८ कोरोना संक्रमित गर्भवतीको सुरक्षित प्रसूति

चितवन,  २८ भदौ-भरतपुर अस्पतालले कोरोना संक्रमित ८ जना गर्भवतीको सुरक्षित प्रसूति गराएको छ । अस्पतालको आइसोलेसनमा हाल २ गर्भवती उपचाररत छन् । अस्पतालले संक्रमण भएका सुत्केरीका लागि व्यथा लाग्दा राख्नेदेखि शल्यक्रिया गराउनेसम्म छुट्टै व्यवस्था गरेको...

एसईईको प्रश्नपत्र नष्ट गरिने

माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्र नष्ट गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र नष्ट गर्ने निर्णय गरेको हो । गत ६ चैतका लागि तोकिएको परीक्षा कोभिडका कारण स्थगित गरिएको थियो । बोर्डका सदस्य-सचिव दुर्गा अर्यालले...

कोरोनाबाट थप १० जनाको मृत्यु, मृतकको संख्या १५७७ पुग्यो

कोरोना भाइरस संक्रमणबाट नेपालमा थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा थप १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि गरेको हो । योसँगै हालसम्म मुलुकमा कोरोना...

अपहरणको नाटक गरी आफ्नै बुबासँग फिरौती अशुल्ने छोरा पक्राउ

विराटनगर, फागुन २८–अपहरणमा परेको नाटक गरेर आफ्नै बुबासँग फिरौती रकम लिने छोरालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी बुधबार सार्वजानिक गरेको छ । गत फागुन २३ गते घरबाट निस्किएका बुढिगंगा गाउँपालिका–३ का २४ बर्षीय मुकेश...

तेली कल्याणले निःशुल्क विवाह गरिदिने

विराटनगर । तेली कल्याण समाज मोरङले आर्थिक अवस्था नाजुक भएका परिवारको छोरा–छोरीको निःशुल्क विवाह गरिदिने भएको छ । आर्थिक अवस्था नाजुक भएर विवाह गर्न नसक्ने परिवारका छोरा छोरीहरूको निःशुल्क विवाह गरिदिने व्यवस्था गरेको हो ।समाजका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्