लकडाउन लम्बिए उद्योगी व्यवसायीले श्रमिकको भुक्तानी स्थगित गर्ने

 न्यूज विराट
लकडाउन लम्बिए उद्योगी व्यवसायीले श्रमिकको भुक्तानी स्थगित गर्ने

निजी क्षेत्रका छाता सङ्गठनहरूले आफ्ना श्रमिकहरूलाई लकडाउन अवधिमा हालमसम्मकाे ५० प्रतिशत बराबरको मात्र पारिश्रमिक उपलब्ध गराउने जनाएका छन् । साथै, थप लकडाउन भएमा भने दिन नसक्ने सङ्केत सरकारसँग गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, उद्योग परिसंघका अध्यक्ष सतीश मोर, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवाल, होटल संघका अध्यक्ष सिर्जना राणाले संयुक्त रूपमा श्रम र उद्योगमन्त्रीलाई ज्ञापनपत्र बुझाएर यस्तो बताएका हुन् ।

रोजगारदाताले श्रमिकलाई लकडाउन अवधिका लागि अधिकतम ५० प्रतिशतसम्म पारिश्रमिक भुक्तानी गर्ने, लकडाउनको अवधि थप लम्बिँदै गएको अवस्थामा पारिश्रमिक भुक्तानी स्थगित गर्ने, यसका लागि थप छलफल गर्ने, प्रतिष्ठानस्तरमा सामूहिक सौदाबाजी सम्झौतालाई १ वर्षका लागि स्थगित गर्ने, अति आवश्यक सेवा सञ्चालन र आवश्यक देखिएका अन्य उद्योग, प्रतिष्ठान सञ्चालन गर्नुपरेमा श्रमिकहरूलाई हाजिर गराई काममा लगाउन सक्ने माग उनीहरूले गरेका छन् ।

लकडाउन अवधिको श्रमिकलाई भुक्तानी गर्नुपर्ने पारिश्रमिक, रोजगारदाता, श्रमिक र सरकार तीनवटै पक्षको बराबर योगदान रहने गरी भुक्तानी गर्ने व्यवस्था गर्नसमेत उनीहरूले माग गरेका छन् ।

सम्बन्धित समाचार

मनमोहन प्राविधिक विश्वविद्यालय अन्तर्गत स्कुल अफ इन्जीनियरिङमा पहिलो ‘ब्याच’ को पठनपाठन सुरु

विराटनगर, २७ असार । मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित मनमोहन प्राविधिक विश्वविद्यालय अन्तर्गतको स्कुल अफ इन्जिनियरिङले पठनपाठन सुरु गरेको छ । स्कुल अफ इन्जिनियरिङमा पहिलो ब्याचको पठनपाठन औपचारिकरुपमा सुरु भएको हो । स्कुल अफ इन्जिनियरिङले स्वागत...

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

विराटनगर । झापाको बुद्धशान्ति गाउँपालिका(१ बुधवारे बजार स्थितमा करुवा प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ बर्षीय रघुनाथ मारुती गोरड रहेका छन । आज बिहान ३ बजे गोरडले...

शसस्त्र प्रहरीलाई गोताखोर तालिम सुरु

विराटनगर । कोशी प्रदेशमा शसस्त्र प्रहरीका लागि गोताखोर तालिम सुरु भएको छ । शसस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी मुख्यालय सुनसरीको आयोजनामा तालिम सुरु भएको हो । तालिमको उद्घाटन कोशी प्रदेशका प्रमुख सचिव...

सिलाइ सेन्टरमै बन्न थाले गुणस्तरहीन मास्क

काठमाडौं, फागुन २७–नेपालमा कोरोनाको त्रास बढेसँगै बजारमा सर्जिकल मास्क र स्यानिटाइजरको अभाव देखिएको छ । मागअनुसार आपूर्ति नहुँदा उपभोक्ताले चरम अभाव खेपिरहेका छन् । बजारमा मास्कको माग बढेपछि अहिले विभिन्न संस्था र व्यक्तिले मास्क बनाउन...

नेपालको विजुली खरिद गर्न बंगलादेश सहमत

काठमाडौं, २९ मंसिर । नेपालको बिजुली किन्न बंगलादेश सहमत भएको छ । यहाँ खेर गइरहेको बिजुली खरिदका लागि नेपालको निजी क्षेत्रसँग दीर्घकालीन विद्युत खरिद सम्झौता (पीपीए) गर्न समेत बंगलादेशले गृहकार्य अघि बढाउने भएको हो ।...

मोरङ क्षेत्र नं. ४ को विकासमा ध्यान दिनेछु : गुरुराज घिमिरे

विराटनगर । मोरङ क्षेत्र नं. ४ (१) प्रदेशसभा तर्फका उम्मेदवार गुरुराज घिमिरेले संसदमा नीति बनाउन जाने भए पनि नागरिकलाई विकाससँग जोड्न आफूले सक्दो पहल गर्ने बताएका छन् । मोरङको कटहरिमा आयोजना गरिएको चुनावी कार्यक्रममा बोल्दै...

मोरङको कटहरीमा दुर्घटना, साइकल यात्रीको मृत्यु

विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ मा सवारी दुर्घटनामा परी एक जना साइकल यात्रीको मृत्यु भएको छ ।कटहरी २ गोपाल फन पार्क अगाडी ट्रकको ठक्करबाट साईकल यात्रीको आइतबार दिउँसो मृत्यु भएको हो । पश्चिमबाट पुर्वतर्फ जादै...

कोभिड-१९ कोषमा पूर्वराजा शाहले जम्मा गरे २ करोड रुपैयाँ

काठमाडौं, ३० चैत-पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना रोकथाम, राहत तथा उपचार कोषमा २ करोड रुपैयाँ जम्मा गराएको छ । ज्ञानेन्द्रले हिमानी कोषमार्फत कोषमा उक्त रकम जम्मा गरेका हुन् । पूर्वराजा शाहले ट्विटमार्फत् प्रधानमन्त्री कोरोना रोकथाम, राहत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्