मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनले ट्राफिकलाई दियो ८ हजार मास्क

 न्यूज विराट
मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनले ट्राफिकलाई दियो ८ हजार मास्क

मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (एमपीआईए) ले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ८ हजार थान मास्क हस्तान्तरण गरेको छ । एसोसिएसनले कोभिड १९ को महामारी नियन्त्रण गर्ने सरकारको प्रयत्नलाई सहयोग गर्न उक्त सहयोग गरेको जनाएको छ ।

सोमबार सिहंदरबार बग्गीखानास्थित ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक समारोहका बीच एसोसिएसनका अध्यक्ष दीपककुमार मलहोत्राले प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाललाई सो परिमाणको मास्क हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा एसोसिएनका अध्यक्ष मलहोत्राले उक्त सहयोगले कोरोना भाइरस (कोभिड १९) को महामारीविरुद्ध लडिरहेका राष्ट्रिय सुरक्षा निकायलाई केही हदसम्म भए पनि थप बल प्रदान गर्ने विश्वास व्यक्त गरे । मास्क हस्तान्तरण कार्यक्रममा एसोसिएसनका अन्य पदाधिकारीहरूको समेत उपस्थिति थियो ।

सम्बन्धित समाचार

संघीय संसदका पदाधिकारीलाई नयाँ लोगो हस्तान्तरण

काठमाडौं, ३२ साउन|संघिय संसदबाट पारित भएको नेपालको नयाँ अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा अंकित संघीय संसदको प्रतीक (लोगो) संघीय संसदका पदाधिकारीहरूलाई हस्तान्तरण गरिएको छ । संघीय संसदका महासचिव डा.भरतराज गौतमले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख...

अजय राज हस्पिटलमा विरामीलाई निःशुल्क एम्बुलेन्स

विराटनगर । सुनसरीको इनरुवामा रहेको अजय राज हस्पिटल एण्ड क्यान्सर सेन्टर प्रालिमा विरामीहरूलाई निःशुल्क एम्बुलेन्स सेवा सुरू गरेका छन् । हस्पिटलमा उपचार गर्न आउने विरामीहरूको लागि अस्पतालले निःशुल्क एम्बुलेन्स सेवा दिन सुरू गरेको हो ।...

शिक्षादीप कलेजका ११ विद्यार्थीले देखाए जलबायु परिर्वतनको ‘रिसर्च डकुमेन्ट्री’

विराटनगर । विराटनगस्थित शिक्षादीप कलेजको कक्षा १२ मा अध्ययरत विज्ञान संकायका ११ जना विद्यार्थीहरूले जलबायु परिवर्तन सम्बन्धी रिसर्च गरेको डकुमेन्ट्री देखाएका छन् । विज्ञान संकायमा अध्ययन गर्दै आएका ११ जना विद्यार्थीहरूले लामो समयदेखि गर्दै आएको...

राष्ट्रियसभा चुनावको मौन अवधि सुरु, आचारसंहिता पालना गर्न आयोगको आग्रह

राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सुरु भएको छ । यही १२ माघमा हुने निर्वाचनका लागि गए राति १२ बजेदेखि नै मौन अवधि सुरु भएको हो । मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न...

विराटनगर हेल्थ प्रोफेसनलको पदस्थापना, अध्यक्षमा अनिल शर्मा

विराटनगर । लायन्स क्लव अफ विराटनगर हेल्थ प्रोफेसनलको पदस्थापना सम्पन्न भएको छ । विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी क्लबको पदस्थापन भएको हो । क्लबको नवनिर्वाचित अध्यक्षमा औषधी व्यवसायी अनिल चौधरी शर्मा रहेका छन् ।...

प्रधानन्यायाधीश जबराले आज पनि सबै खालका मुद्दामा तोके पेसी

काठमाडौं, २८ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज पनि बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेको छन् । प्रधानन्यायाधीश राणाले १० वटा इजलासमा पेसी तोकेका हुन् । उनले आज आफ्ना लागि भने कुनै इजालास पेसी...

मगही भाषालाई मातृ भाषा उल्लेख गर्न विराटनगरका सरोकारवालाहरुको माग

विराटनगर, १० असोज । यस वर्षको राष्ट्रिय जनगणनामा मगही भाषालाई प्रत्येक मगही भाषीहरुले मातृभाषाको रुपमा लेखाउनु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । भाषा संस्कृति प्रतिष्ठान, मोरङद्वारा “राष्ट्रिय जनगणना २०७८ मा मगही भाषा अभिलेखिकरण...

सर्वोच्चको आदेश कार्यान्वयनमा ढिलाई, जोखिममा भारतीय ‘क्वारेन्टाइन’मा बसेका नेपाली

बैतडी, १ वैशाख-सर्वोच्च अदालतले सीमामा फसेका नेपाली नागरिकलाई स्वदेश ल्याउन दिएको आदेश कार्यान्वयनमा सरकारले ढिलाइ गरेको छ । चैत २४ गते सर्वोच्चले सरकारका नाममा परमादेश जारी गर्दै उनीहरुलाई नेपाल ल्याई अनिवार्य क्वारेन्टाइनमा राख्न भनेको थियो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्