राष्ट्रपतिद्वारा २ अध्यादेश जारी

 न्यूज विराट
राष्ट्रपतिद्वारा २ अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेका २ अध्यादेश प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले सोमबार सरकारले पठाएका संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ प्रमाणीकरण गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा ती अध्यादेश जारी गरेकी हुन् ।

सोमबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले पार्टी विभाजनमा सहज बनाउन सक्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो । राजनीतिक दल फुटाउन चाहेमा संसदीय दलमा ४० प्रतिशत सांसद भए नयाँ पार्टी दर्ता हुने प्रावधान छ ।

सम्बन्धित समाचार

विराटनगर भन्सारको आईसीपीमा ट्रक र कन्टेनरको लाइन

विराटनगर चैत,१६-कोभिड–१९ संक्रमणको त्रासले नेपाल र भारत दुवैतर्फ लकडाउन भएपछि भन्सार एजेन्ट, कामदार तथा विराटनगर भन्सारका कर्मचारी काममा जान छाडेका छन् । यसले गर्दा सीमित मात्रामा उपभोग्य वस्तु आयात हुनथालेका छन् । तेस्रो मुलुक तथा भारतबाट दैनिक...

सात नयाँ मन्त्रीमा बादलकी पत्नीदेखि माधव पक्षका नेतासम्म, शपथ आजै

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले सात जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री बनाउन लागेको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । नयाँ मन्त्रीहरूको शपथ अपराह्न चार बजेका लागि तय भएको छ...

प्याब्सन स्पोर्ट्स मिटको उपाधि पूर्वाञ्चल र सगरमाथालाई

विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको उपाधि मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल एकेडेमी र विराटनगरको सगरमाथा स्कुलले जितेको छ । आइतबार राती सम्पन्न भएको प्रतियोगितामा जुनियरतर्फ पूर्वाञ्चल र सिनियरतर्फ सगरमाथा...

राजेश दाइमाथि प्रश्न गर्ने मेरो हैसियत थिएन : दीपाश्री

काठमाडौं, १८ असार-केही दिनदेखि कलाकार तथा निर्देशक दीपाश्री निरौला निकै विवादित बनिरहेकी छन् । राजेश हमालको 'महानायक' उपाधिमा प्रश्न गरेपछि उनी विवादमा मुछिएकी थिइन् । दीपाश्रीको यस अभिव्यक्तिपछि राजेशका शुभचिन्तकहरू निकै आक्रोशित बनेका थिए ।...

इन्द्र आङ्बोले पढे अविश्वास प्रस्तावको पत्र, २० गतेसम्मका लागि बैठक स्थगित

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव पेस भएकाे छ । नेकपा ओली समूहका मुख्यमन्त्री राईविरुद्ध नेकपा प्रचण्ड-माधव समूहले अविश्वास प्रस्ताव प्रदेशसभा बैठकमा पेस गरेकाे हाे । केही साताअघि मुख्यमन्त्री राईले अर्थमन्त्रीबाट हटाएका इन्द्र आङ्बोले बैठकमा अविश्वास...

कोरोना आशंकित महिलाकोे धुलिखेल अस्पतालमा मृत्यु

काठमाडौं, ३ जेठ-कोरोना भाइरस (कोभिड-१९) परीक्षणका क्रममा आरडीटी पोजिटिभ देखिएकी २९ वर्षीया महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ  । टिचिङ अस्पतालबाट रिफर गरी उपचाररत ती महिला सुत्केरी रहेको समेत बताइएको छ । धुलिखेल अस्पतालले मृत्युबारे...

संसदलाई पंगु बनाउँदै बहुमतको सरकार ढाल्न खोजेपछि ताजा जनादेशमा जाने निर्णय गरेँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई पंगु बनाउँदै बहुमतको सरकार ढालेर अस्थिरता निम्त्याउने प्रयत्न भएपछि ताजा जनादेशमा जाने निर्णय लिएको बताएका छन् । नारायणहिटीको सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘संसदलाई ठीक ढंगले काम गर्न दिनुभएन र...

६७ औँ प्रहरी दिवसमा विराटनगरमा प्रहरी ब्याण्ड डिस्प्ले

विराटनगर । ‘६७ औँ प्रहरी दिवस २०७९’ को अवसरमा विराटनगरमा प्रहरी ब्याण्ड डिस्प्ले कार्यक्रम आयोजना गरिएको छ । १ नंं. प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा विराटनगरको महेन्द्र चौकमा शनिवार प्रहरी ब्यान्ड डिस्प्ले कार्यक्रम आयोजना गरिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्