लकडाउन उल्लंघन गर्ने ७३६ मानिस र २३ सय सवारी साधन कारबाहीमा

 न्यूज विराट
लकडाउन उल्लंघन गर्ने ७३६ मानिस र २३ सय सवारी साधन कारबाहीमा

विराटनगर, ८ बैशाख-लकडाउनको हालसम्मको अवधिमा मोरङमा ७ सय ३६ मानिस र २ हजार बढी सवारीसाधन कारबाहीमा परेका छन् । लकडाउन उल्लंघन गर्दै अटेर गरी सडकमा निस्कने व्यक्ति र सवारीसाधन कारबाहीमा परेका हुन् ।

कोराना महामारीबाट जोगिन जारी गरिएको लकडाउन पालना गराउन प्रहरी प्रशासन लागि परेको छ भने सर्वसाधारणले त्यसलाई उल्लंघन गर्ने प्रवृति समेत देखिएको छ ।

लकडाउन व्यक्ति स्वयं र समुदायकालागि भएपनि अटेर गर्ने प्रवृति देखिएको छ । अटेरगरी सडकमा निस्कने व्यक्तिहरुका कारण जोखिम बढदै गएपछि त्यसलाई निरुत्साहित गर्न प्रहरीले कडा कदम चाल्दै आएको छ ।

बिनाकारण सडकमा निस्कने व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिने वा सडकमा घन्टौ उभ्याउने गरेको छ । यसैगरी अत्यावश्यकीय काम बिना प्रयोग गरिएका सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ । लकडाउन परिपालना गराउन प्रहरीले स्थानीयस्तरका युवाहरुलाई समेत स्वयंसेवककोरुपमा परिचालन गरिरहेको छ ।

लकडाउन जारी भएको चैत ११ यता ८ गते सोमबारसम्म प्रहरीले मोरङका विभिन्न स्थानबाट ७ सय ३६ जना मानिसलाई नियन्त्रणमा लिएको छ भने २ हजार ३ सय २० वटा सवारीसाधनलाई समेत कारवाही गरेको छ ।

यसरी कारवाहीमा परेका सवारीसाधनमा सबभन्दा बढी मोटरसाईकल र स्कुटीको संख्या छ । सो अवधिमा १ हजार ६ सय ९४ वटा मोटरसाईकल र स्कुटीलाई कारबाही गरिएको छ भने साइकल ४ सय ९९, टिपर र ट्रयाक्टर ५३ तथा ४५ वटा अटो तथा टेम्पोलाई प्रहरीले कारबाही गरेको छ । प्रहरीले नियन्त्रणमा लिएका २ हजार १ सय ८५ वटा सवारीसाधन छाडेको छ भने १ सय ३५ वटा सवारीसाधन अझैपनि प्रहरीकै नियन्त्रणमा छन् ।

यसैगरी सोहि अवधिमा नियन्त्रणमा लिइएका ६ सय ४३ पुरुष र ९३ जना महिलालाई समेत छाडिसकिएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मानमहादुर राईले जानकारी दिए । जानीजानी बुझ पचाउनेहरुले लकडाउनलाई रमिताको रुपमा लिइरहेकाले उल्लंघनका घटनाहरु भइरहेको सरोकारवालाहरुले बताएका छन् ।

सम्बन्धित समाचार

चिसो बढेपछि धुलिखेलका विद्यालय एक हप्ताका लागि बन्द

बुधबार परेको वर्षाका कारण चिसो बढेपछि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागि सबै विद्यालय बन्द गरेको छ । नगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गरी वर्षाका कारण तापमान कम भई जाडो बढिरहेकाले विद्यालय आउने बालबालिकालाई...

८२ लाख ठगी गरेको आरोपमा सुन्दरहरैँचाबाट ज्वेलर्स सञ्चालक दम्पती पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा ज्वेलर्स सुनचाँदी पसल सञ्चालन गरेर बसेका एक दम्पतीले सर्वसाधारणको झण्डै एक करोड रुपैयाँ गठी गरेको आरोपमा पक्राउ परेका छन् । सर्वसाधारणलाई आफ्नो ज्वेलर्समा बचत गर्न लगाएर ८२ लाख रूपैयाँभन्दा...

कण्डम दिवसमा विराटनगरमा सचेतना कार्यक्रम

विराटनगर । २८ औं राष्ट्रिय कण्डम दिवसमा विराटनगरमा विभिन्न सचेतना मुलक कार्यक्रम आयोजना गरी मनाएको छ । यौनरोग, प्रजनन स्वास्थ्य, परिवार नियोजन लगायतका क्षेत्रमा काम गर्ने संघसंस्थाले आज विराटनगरमा विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी कण्डम...

प्रधानमन्त्री ओलीका पक्षमा इलाममा पनि प्रदर्शन    

इलाम, २४ असार -प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा इलाम बजारमा आज जनप्रदर्शन गरिएको छ । अनेरास्ववियु इलामको अगुवाइमा भएको जनप्रदर्शनमा प्रधानमन्त्रीका पक्षमा नारा लगाइएको थियो । ‘आज हैन भोलिलाई, अबको पाँच वर्ष ओलीलाई’ भन्ने नारासहित...

सीएनआई कोसी एक्स्पोमा बिहीबार ‘द इलिमेन्ट्स’ को प्रस्तुति

विराटनगर । बिहीबार चर्चित व्याण्ड ‘द इलिमेन्ट्स’ ले विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोमा प्रस्तुति दिंदैछ । ‘मेलोडी पप’ मा लोकप्रिय स्वर इशान राज वन्तको व्याण्ड ‘द इलिमेन्ट्स’ का लागि एक्स्पो स्थल विराटनगर–२ शंकरपुर मार्गको मैदान...

राप्रपा विराटनगर महानगर कमिटीको अध्यक्षमा वैद्य

विराटनगर,६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी विराटनगर महानगरपालिका परिषदको आज यहाँ भएको भेलाले पूर्व प्रहरी नायव उपरीक्षक युवनारायण वैद्यको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन गरिएको छ। कमिटीका सदस्यहरुमा प्रह्लादप्रसाद शाह, शयेन्द्रा बान्तवा,केदार कोइराला,विश्वमोहन थापा,दिनेश शाह,नरेश...

कोशी विचार उत्सवको तयारी तीव्र

विराटनगर । कोशी विचार उत्सव २०२५ को तयारी अन्तिम चरणमा पुगेको छ । कोसी प्रदेशको राजधानी विराटनगरमा आयोजना हुने उत्सवमा राजनीति, अर्थतन्त्र, उद्यमशीलता, शिक्षा, स्वास्थ्य, खेलकुद, संस्कृति, पर्यटन, पर्यावरण र वकृषि लगायतका विषयमा गहन विचार–विमर्श...

पूर्वावश्यक पाठ्यक्रमको परीक्षा पुस पाँचदेखि हुने

काठमाडौं, २७ मंसिर । पूर्वावश्यक पाठ्यक्रमको परीक्षाको परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पूर्वावश्यक पाठ्यक्रमको वार्षिक परीक्षा आगामी पुस पाँच गतेबाट १० गतेसम्म गर्नेगरी परीक्षा तालिका सार्वजनिक गरेको हो । प्राविधिक शिक्षा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्