राहत चाहियो ? यो नम्बरमा फोन गर्नुहोस्

 न्यूज विराट
राहत चाहियो ? यो नम्बरमा फोन गर्नुहोस्

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कोरोना भाइरस (कोभिड(१९) कारणले लकडाउनमा परेका अति विपन्न, बेखर्ची र मजदुरलाई राहत दिनका लागि टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ । नगरपालिकाले दाेस्राे चरणको राहतको घोषणा गर्दै अति विपन्न, बेखर्ची र मजदुरलाई राहत दिनका १०१ नम्बरको टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको हो ।

कोरोना भाइरसका कारण समस्यामा परेका नागरिकले १०१ नम्बरमा आफ्ना समस्या, गुनासा र सुझाव रेकर्ड गराउन सक्ने नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् । ‘पैसा नलाग्ने टोल फ्रि नम्बर १०१ सञ्चालनमा ल्याएका छौँ,’ उनले भनिन्, ‘कोरोना भाइरसका कारण परेको समस्याका बारेमा जानकारी गराउन सक्नेछन् ।’

यस्तै, वीरेन्द्रनगर नगरपालिकाका स्थायी बासिन्दा जिल्ला बाहिर वा अन्य ठाउँमा रहेको र हालको अवस्थाको विषयमा जानकारी दिन नगरपालिकाले आग्रहसमेत गरेको छ ।

सम्बन्धित समाचार

पार्टी कमिटीहरू तत्काल पुनर्गठन गर्न प्रधानमन्त्री ओलीको निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसंगठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिएका छन् । नेकपा नुवाकोटका काठमाडौंमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै...

५० प्रतिशत घरभाडा मिनाहा गर्न घरबहाल सरोकार महासंघको माग

विराटनगर, १३ जेठ । घरबहाल सरोकार महासंघले घर बहाल मिनाह गर्न माग गरेको छ । घरबहाल सरोकार महासंघका अध्यक्ष अधिवक्ता बलभद्र खनालले एक विज्ञप्ति जारी गर्दै महामारीका कारण विभिन्न पेशा, रोजगारी, व्यापार, व्यवसाय, उद्योग, कलकारखानाका...

मेरिल्याण्ड कलेजमा योग कक्षा सञ्चालन

विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययरत विद्यार्थीहरूका लागि योग कक्षा सञ्चालनमा ल्याएको छ । कलेजका कक्षा – ११ मा अध्ययरत विद्यार्थीहरुको लागि दुई दिने योग कक्षा बिहीबारदेखि संचालन गरिएको हो ।...

रोटरी क्लब अफ विराटनगर फ्युजन र महेश्वरी महिला मञ्चद्वारा एक हजार झुल वितरण

विराटनगर । लामखुट्टेको टोकाइबाट लाग्ने विभिन्न रोगबाट बच्नका लागि विपन्न परिवारलाई रोटरी क्लब अफ विराटनगर फ्युजन र महेश्वरी महिला मञ्चले झुल वितरण गरेका छन् । क्लब र मञ्चले लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेंगु, कालाजार, मलेरिया,...

टिपरकाे ठक्करबाट ड्युटीमा खटिएका सईको मृत्यु

भक्तपुर, १३ जेठ-टिपरको ठक्करबाट मध्यपुर थिमि-४ नयाँथिमीमा प्रहरी नायब निरीक्षकको ज्यान गएको छ । सोमबार राती काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा४ख ४७०१ नम्बरको खाली टिपरले ठक्कर दिँदा ड्युटीमा खटिएका प्रहरी नायब निरीक्षक निमबहादुर घर्ती मगरको...

प्रदेश १ मा थप ८ जनामा कोरोना संक्रमण पुष्टि, प्रदेशभरी ८४ जना संक्रमित

विराटनगर, जेठ ८–प्रदेश नं. १ मा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाकै थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । झापाका १७ वर्षीय, १८ वर्षीय दुई जना, २० वर्षीय दुई...

जांतेमा रोकिएन खोला दोहन

मोहन भट्टराई पथरी । १ नम्बर प्रदेशका सांसद् उपेन्द्र घिमिरेको गाउँ मोरङको जाँतेमा अवैध खोला उत्खनन् भैरहँदा पनि सम्बन्धित निकाय भने मौन बस्दै आएको छ । लेटाङ नगरपालिकाभित्र पर्ने तेलीखोला र मोरङ्गी खोलाबाट ढुङ्गा, गिट्टी,...

हरेक वर्ष ५ प्रतिशतले लागूऔषध प्रयोगकर्तामा वृद्धि, दण्ड हैन उपचारको विकल्प खोजौँ

काठमाडौं । हरेक वर्ष ५ प्रतिशतका दरले नेपालमा लागूऔषध प्रयोगकर्ताको संख्यामा वृद्धि आएको सरकारी तथ्यांकले देखाएको छ । लागूऔषध प्रयोगकर्तामा कमी आउनुको अलवा प्रत्येक वर्ष ५ दशमलब ६ प्रतिशतले बढ्नुमा गरिबी मुख्य कारक रहेको अधिकारीहरुले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्