लकडाउनमा अलपत्र भएका मुस्लिम समुदायलाई उद्धार गर्न माग

 न्यूज विराट
लकडाउनमा अलपत्र भएका मुस्लिम समुदायलाई उद्धार गर्न माग

विराटनगर, बैशाख ७–भारत तथा तेस्रो मुलुकबाट मुस्लिम धार्मिक तीर्थयात्रीहरु (जमात) लकडाउनका कारण सीमा बन्द हुँदा विभिन्न स्थानमा अलपत्र परेको भन्दै मोरङका मुस्लिम अगुवाहरुले उनीहरुको उद्धारमा एकीकृत योजना बनाउन प्रधानमन्त्री समक्ष माग गरेका छन् ।

मोरङ नेकपाका मुस्लिम नेता आजम शेख, ताजिम अन्सारी, नेपाली कांग्रेसका सलिम अन्सारी, संघीय समाजवादी पार्टीका खुर्शिद हबिब इराकी र राजपाका नेता तबरेज हक, ईनामुल हक, मो. कादीरले यस्तो माग गरेका हुन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी मार्फत आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको ज्ञापन पत्रमा मुस्लिम समुदायका तीर्थयात्रीहरु सिमा बन्द भएपश्चात अलपत्र अवस्थामा बसिरहेको र यस कोरोना भाइरसको संक्रमण नहोस् र यदि भएको अवस्थामा समेत संक्रमण नफैलियोस् भन्नका लागि स्थानीय पालिका, स्थानीय प्रशासन, प्रदेश सरकारसँगको समन्वयमा कोरोना भाइरसको रोकथाम, पचार र प्रतिरक्षामा एकीकृत योजना बनाइ लागू गर्नुपर्ने उल्लेख छ ।

यस्तै लकडाउन भन्दा अगाडि मित्र राष्ट्र भारतलगायत मुलुकबाट नेपाल फर्किएका सम्पूर्ण व्यक्तिहरुको ट्राभल हिस्ट्र, ट्राकिङ, टे«सिङ गरी कोरोना परीक्षणको दायरा बढाई संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न तीनै तहका सरकारको समन्वयमा काम अगाडि बढाउन पनि ज्ञापनपत्रमा माग गरिएको छ ।

विभिन्न ८ बुँदै ज्ञापन पत्रमा लकडाउनको समयमा हुनसकने कालोबजारी, कृतिम अभाव, आर्थिक अपचलनप्रति कानून बमोजिम अनुगमन र कारबाही हुनुपर्ने, किसानहरुले उत्पादन गरेका तरकारी फलफूल, मासुजन्य र दुग्धजन्य कृषि उपजको बजारीकरण र पाकेको बाली भित्र्याउन साथै नयाँ बाली लगाउने वातावरण बनाउनु पर्ने, किसान, उद्योगी, व्यापारीहरुले बैंक तथा विपत्तीयय संस्थाबाट लिइएको ऋणको एक वर्षको व्याज मिनाहा गर्नुपर्ने, विपन्न परिवारको पहिचान गरी विपन्नता कार्ड उपलब्ध गराई घरघरमै राहत उपलब्ध गराउनु पर्ने माग पनि मुस्लिम अगुवाले राखेका छन् ।

साथै उनीहरुले सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आवश्यक पर्ने स्वास्थ्य सुररुक्षा समाग्रीहरु (पीपीइ, धर्मल गन लगायत) औषधि, कोरोना परीक्षण किटलगायत आवश्यक उपकरणहरुको उचित व्यवस्थापन गरी स्थानीय स्तरमा नै कोरोना रोकथाम नियन्त्रण तथा उपचारको व्यवस्था मिलाउन माग गरेका छन् ।

सम्बन्धित समाचार

आज १ हजार १७२ जनामा कोरोना, १८ सय ९३ जना डिस्चार्ज

काठमाडौं,  ७ असोज-गत २४ घण्टामा नेपालमा एक हजार एक सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ४ सय ४९ को पीसीआर गर्दा आज एक हजार एक सय ७२ जनामा कोरोना पुष्टि...

विराटनगरको चुलाचुली मार्गमा फोहरको ‘डंगुर’, फोहर व्यवस्थापनमा देखिएन मेयर कोइरालाको सकृयता

विराटनगर, २५ जेठ । विराटनगरस्थित चुलाचुली मार्गमा फोहरको ‘डंगुर’ थुप्रीएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह पदभार सम्हाल्ने वित्तिकै फोहर व्यवस्थापनमा सकृय भएपनि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको सकृयता नदेखिएको स्थानीयले गुनासो गरेका छन्...

कान्ति बाल अस्पतालको ओपीडी टिकट अब घरबाटै

काठमाडौं, ३० जेठ-कान्ति बाल अस्पतालले ओपीडीको टिकट अब घरबाटै लिन मिल्ने गरी एप्सको विकास गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा आज आयोजित कार्यक्रममा सो एप्सको शुभारम्भ गर्दै यसबाट उपभोक्तको समयको बचत हुनाका...

शुक्रबार थप ११८ जनामा संक्रमण पुष्टि, १२० जनाले जिते कोरोना

काठमाडौं, २६ असार-शुक्रबार थप ११८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा देशभरका २५ वटा प्रयोगशालमा गरिएको स्वाबको नमुना परीक्षणका क्रममा ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता...

ऋचा मेमोरियल टी–२० क्रिकेटको उपाधि त्रिभुवन आर्मीलाई

विराटनगर । प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टिम त्रिभूवन आर्मीले जितेको छ । विराटनगर जुट मिलको खेल मैदानमा आइतबार सम्पन्न भएको फाइनलमा घरेलु टिम एनबीएससीलाई ६ विकेटले हराउँदै आर्मीले उपाधि...

बालश्रममा प्रयोग गरिएका ५ बालकको उद्धार

विराटनगर, माघ १७–विराटनगरबाट नियमविपरीत बालश्रममा प्रयोग गरिएका ५ जना बालकलाई शुक्रबार उद्धार गरिएको छ । विराटनगर महानगरपालिकाको नेतृत्वमा निस्किएको सरोकारवालाको टोलीले नगरक्षेत्रका विभिन्न होटलहरूबाट ती बालकलाई उद्धार गरेको हो । सो क्रममा नगरक्षेत्रको वडा नम्बर...

कांग्रेस अधिवेशनका लागि तीन दिन विद्यालय बन्द गर्न मेयरको उर्दी

बैतडी, मंसिर १ । नेपाली कांग्रेस बैतडीको जिल्ला अधिवेशनका लागि भन्दै दशरथचन्द नगरपालिकाले तीन दिन विद्यालय बन्द निर्देशन दिएको छ । जिल्ला सदरमुकाम आसपासमा रहेका ४ विद्यालयलाई बुधबार पत्राचार गर्दै तीन दिनलाई विद्यालय बन्द गर्न नगरपालिकाले...

राससले सक्षम र क्रियाशिल रुपमा समाचार उत्पादन गर्नुपर्छ : मन्त्री कार्की

विराटनगर, फागुन ७–प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय समाचार समिति(रासस)लाई सक्षम बनाई क्रियाशिल रुपमा समाचार उत्पादन गर्नु पर्ने बताएका छन् । रासस प्रदेश १ को कार्यालय विराटनगरमा आयोजित राष्ट्रिय समाचार समितिको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्