भारतीय क्वारेन्टाइनमा किरिया बसेका भट्ट नेपाल आइपुगे

 न्यूज विराट
भारतीय क्वारेन्टाइनमा किरिया बसेका भट्ट नेपाल आइपुगे

भारतको धार्चुलाको बालुवाकोट क्वारेन्टाइनमा नै आमाको मृत्यु भएपछि किरिया बसेका वासुदेव भट्ट आज नेपाल आइपुगेका छन् । उनको आमाको यही वैशाख २ गते मृत्यु भएको थियो ।

आमाको मृत्यु हुँदा पनि नेपाल आउन नपाउँदा भट्ट क्वारेन्टाइन बसेको स्थानमा नै किरिया बसेका थिए ।उनी ६ दिन भारतको क्वारेन्टाइनमा नै किरिया बसेका थिए ।

भट्टले ढिलै भए पनि नेपाल आउन पाएकोमा राम्रो लागेको बताए । ‘नेपाल सरकार, पत्रकार दार्चुलाका सिडिओ सबैको मिहिनेतले म नेपाल आउन पाए ।’ उनले भने, ‘अब मेडिकल टेस्ट गरेपछि आजै घर जान्छु । मेरो लागि पहल गरीदिने सबैलाई धेरैधेरै धन्यवाद ।’

उनी क्वारेन्टाइनमा नै किरिया बसेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि सरकारले उनलाई नेपाल ल्याउन पहल गरेको थियो । भट्टलाई नेपाल ल्याउन दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले निरन्तर पहल गरेका थिए । उनलार्ई नेपाल ल्याउन पौडेलले भारतीय पक्षलाई पत्र लेखेर नेपाल पठाइदिन भनेका थिए ।

सम्बन्धित समाचार

प्रहरी नायव निरीक्षक गुरुङ र प्रहरी सहयाक हवल्दार कालाखेती सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी नायव निरीक्षक उमा कुमारी गुरुङ र जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी सहायक हवल्दार सुदर्शन कालाखेती पुस महिनाको सर्वोत्कृष्ट प्रहरी प्रहरी घोषित भएका छन् । १ नम्बर...

एभरेष्टमा चाडपर्व उत्सव सम्पन्न

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा आज नेपालीहरुका महानपर्वहरूको अवसर पारेर चाडपर्व उत्सव मनाइएको छ । बडादशैं, तिहार, नेपाल सम्बत, छठ तथा इद लगायतका विभिन्न धर्मावलम्बीहरुले मान्ने महान पर्वहरूको सँस्कृति झल्किने गरि उत्सव मनाइएको...

एसइई परीक्षा दिने विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगर–११ मा रहेको सगरमाथा सेकेण्डरी स्कुलले एसइई परीक्षा दिने विद्यार्थीलाई एक दिने अभिमुखिकरण तथा शुभकामना दिएको छ । सोमबार स्कुलमा एक कार्यक्रमको आयोजना गरि स्कुलले एसइई परीक्षा दिने विद्यार्थीलाई एक दिने अभिमुखिकरण तथा...

सीमा क्षेत्रमा तस्करी बढ्यो, एक महिनाभित्रमा रोक्न गृहमन्त्रीको निर्देशन

विराटनगर । सीमा क्षेत्रमा हुँदै आएको तस्करी एक महिना भित्र पूर्ण रुपमा नियन्त्रण नगरे कारबाही गर्न बाध्य हुने चेतावनी दिँदै गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुरक्षा निकायलाई कडा निर्देशन दिएका छन्।बुधबार विराटनगरमा सुरु भएको प्रदेशस्तरीय...

१ अर्ब बढीको कारोबार गर्दै ‘विराट एक्स्पो २०७६’ सम्पन्न

विराटनगर, फागुन १०–विराटनगरमा आयोजित विराट एक्स्पो २०७६ आजबाट समापन भएको छ । लक्ष्य अनुसारको एक अर्ब बढीको कारोबारगर्दै एक्स्पो सम्पन्न भएको हो । गत फागुन २ गतेदेखि सुरु भएको कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रर्दशनी शनिवारबाट...

७ लाख बराबरको अबैध समान बरामद

विराटनगर, माघ १६–मोरङको र झापाको सिमानाकाबाट साढे ७ लाख रुपैयाँ भन्दा बढी पर्ने अबैध समान बरामद भएको छ । बुधबार राति विराटनगर महानगरपालिका–१५ मा भारतबाट अबैध रुपमा भन्सार छली गरी ल्याएको करिब ५ लाख रुपैयाँबराबरको...

मोरङमा मापसे चेकजाँचमा कडाइ, सेवन गरी सवारी चलाए तत्काल कारवाही

विराटनगर । जाडोमा मादक पदार्थ सेवन (मापसे) खाएर सवारी साधन चलाउने भएको मोरङ ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।विरामी बोक्ने एम्बुलेन्स, विद्यार्थी बोक्ने स्कुल बस र यात्रु ओसार–पसार गर्ने सिटी सफारीका सवारी चालकहरुले मादक...

निषेधाज्ञापछि सुनसान पर्सा

जनकपुर, ३१ वैशाख-एकै दिन ३९ जनामा कोरोना संक्रमण देखिएपछि पर्सामा मंगलबार रातिदेखि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले मंगलबार राती ८ बजेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्