कोरोना जितेकी प्रसिद्धी भन्छिन्- मेरो रगत कोरोनाका बिरामीलाई दिनेछु

 न्यूज विराट
कोरोना जितेकी प्रसिद्धी भन्छिन्- मेरो रगत कोरोनाका बिरामीलाई दिनेछु

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा शनिबार छुट्टै माहोल बन्यो । कारण– कोरोना भाइरस संक्रमित प्रसिद्धी श्रेष्ठको डिस्चार्च ।उनी २७ दिनपछि कोरोना जितेर टेकु अस्पतालबाट डिस्चार्ज भएकी हुन् । ‘डाक्टरहरुलाई धन्यवाद,’ डिस्चार्जपछि उनले भनिन्, ‘मेरो उपचारमा साथ र सहयोग गर्नुभयो । यहाँ बस्दा राम्रो र सहज भयो ।’

कोरोना बिरामीको उपचारमा सहयोग गर्नेसमेत उनले बताएकी छिन् । ‘अब कोरोना बिरामीको उपचारको लागि सहयोग गर्ने छु,’ उनले भनिन्, ‘मेरो रगत कोरोना बिरामीलाई काम लाग्ने भए दिन तयार छु ।’

शनिबारको परीक्षणमा पनि उनको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज अस्पताललका प्रवक्ता डा.अनुप बास्तोलाले बताए । उनलाई डिस्चार्ज गरेको हो । उनी चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् । संक्रमण देखिएपछि गत १० चैतमा उनलाई अस्पताल भर्ना गरिएको थियो ।

सम्बन्धित समाचार

प्रेस युनियनको महाधिवेशन हेटौंडामा

काठमाडौं । नेपाल प्रेस युनियनको महाधिवेशन हेटौंडामा हुने भएको छ । यसअघि साउन ६ र ७ गतेका लागि नवौं महाधिवेशनको मिति तोकिएपनि स्थान तय भएको थिएन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको उपस्थितिमा बसेको...

नेपालमा कोरोबाट मृत्यु हुनेको संख्या ३ सय पुग्यो

काठमाडौं, २२ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा थप ११ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अवधिमा ४ महिला र ७ पुरुष गरी ११...

२ लाखलाई रोजगारी दिन ११ अर्ब ६० करोड रुपैयाँ विनियोजन

काठमाडौं, १५ जेठ-सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा बढाउँदै थप २ लाख नागरिकलाई रोजगारी दिने लक्ष्यसहित ११ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको छ । आफ्नो गाउँ आफैँ बनाऔँको भावनाअनुसार स्थानीय तहबाट सञ्चालन हुने विकास निर्माणमा...

कोरोनाबाट एकै दिन ८२० जनाको मृत्यु, १६ हजार संक्रमित

एजेन्सी, चैत ५–कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा मात्र ८ सय २० जनाको मृत्यु भएको छ । इटली, स्पेन, इरानमा मात्र ६ सय ७१ जनाको मृत्यु भएको छ । इटलीमा ३ सय ४५ जनाको मृत्यु...

विवाद साम्य पार्न तीव्र छलफलमा नेकपा नेता

काठमाडाैं, २२ असार-शीर्ष नेताबीच सहमतिको प्रयास जारी रहेकाे भन्दै साेमबारका लागि तोकिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बुधबारसम्मका लागि स्थगित भयाे । आन्तरिक विवाद मिलाउन आइतबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा...

डुब्यो चितवनमा गठबन्धनले चुनावीसभा गर्न लागेको ठाउँ

काठमाडौं । चितवनको भरतपुर बसपार्कमा सत्तागठबन्धनले संयुक्त चुनावीसभा गर्न लागेको गाउँ डुबानमा परेको छ । रातभरजसो परेको पानीले चुनावी सभास्थल भरतपुरस्थित केन्द्रीय बस टर्मिनलको खाली क्षेत्र डुबानमा परेको हो । सभाका तयार पारिएको मञ्च र...

आगलागीबाट १५ लाखको क्षति

विराटनगर, चैत ११–उदयपुरको त्रियुगा नगरपालिका–२ जोगीदहका हर्क बहादुर बिष्टको घरमा आगलागी हुँदा करिव १५ लाख बराबरको क्षति भएको छ । सोमवार दिउँसो साँढे ३ बजेको समयमा घरमा बिद्युत सर्ट भई अचानक आगलागी हुँदा सेन्टिबेराको २...

स्वास्थ्य संकटकालको स्थिति आउनसक्छ : उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले आवश्यक परे स्वास्थ्य संकटकाल लगाएर भए पनि कोभिड महामारी नियन्त्रण गर्ने बताएका छन् । त्यसका लागि कोभिड १९ संकट व्यवस्थापन अध्यादेशमार्फत कानूनी व्यवस्था गरिएको उनले जनाए । 'गतवर्ष कोभिड नियन्त्रणमा आएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्