बेलायतमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, एकै दिन साढे ८ सयको मृत्यु

 न्यूज विराट
बेलायतमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, एकै दिन साढे ८ सयको मृत्यु

एजेन्सी, बैशाख ५-बेलायतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १ लाख नाघेको छ । बिहीबार ४ हजार ६ सय थपिएसँगै त्यहाँ संक्रमितको संख्या १ लाख नाघेको हो ।

वर्ल्डोमिटर्सका अनुसार बेलायत सर्बाधिक कोरोना संक्रमित देशको सूचीमा छैटौं स्थानमा पुगेको छ । त्यहाँ मृतकको संख्या पनि दिनहुँ बढिरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै बेलायतमा ८६१ जनाले ज्यान गुमाएका छन् । योसँगै त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १३ हजार ७ सय

बेलायतमा शुक्रबार बिहानसम्म ४ लाख १७ हजार मानिसले कोरोना परीक्षण गरिसकेका छन् । जसमध्ये १ लाख ३ हजारमा कोरोना पुष्टि हुँदा १३ हजार बढी निको भएका छन् ।

अहिले बेलायतमा ८९ हजार संक्रमितको उपचार जारी छ । जसमध्ये १५ हजार बढीको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । गत वर्षको डिसेम्बरमा चीनको वुहानमा देखिएको कोरोनाबाट विश्वभर शुक्रबार बिहानसम्म २१ लाख ८१ हजार व्यक्ति संक्रमित भइसकेका छन् । जसमध्ये १ लाख ४५ हजारको मृत्यु हुँदा ५ लाख ४७ हजार बढी व्यक्ति उपचार पछि निको भइसकेका छन् ।

विश्वका २१० देशमा फैलिएको कोरोनाबाट नेपालमा हालसम्म १६ जनामा कोरोना पुष्टि भएसकेको छ । जसमध्ये १ जना उपचारपछि निको भइसकेका छन् ।

सम्बन्धित समाचार

सरस्वतीलाई पराजित गर्दै आर्मी शीर्षस्थानमा

काठमाडौं, पुस २४–विभागीय टिम त्रिभुवन आर्मी क्लब कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिन सफल भएको छ । दशरथ रंगशालामा बिहिबार भएको खेलमा सरस्वती युथ क्लबलाई १–० ले पराजित गर्दै आर्मी...

खोप लगाएको प्रमाणीकरण अब चार अस्पतालबाट हुने

काठमाडौं, ८ साउन । कोरोनाविरुद्धको खोप लगाएको प्रमाणीकरण अब चारवटा अस्पतालबाट हुने भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा प्रमाणीकरण गर्नेको भिड बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिभिल अस्पताल, पाटन अस्पताल र सशस्त्र...

अपाङ्गता अधिकार सुनिश्चित गर्न कोशी प्रदेशमा कार्यशाला सम्पन्न

विराटनगर । स्थानीय शासन प्रणालीमा अपाङ्गता समावेशीकरण परियोजना सम्बन्धी योजना निर्माण कार्यशाला आइतबार विराटनगरमा सम्पन्न भएको छ। राष्ट्रिय अपाङ्ग महासंघको आयोजनामा भएको यस कार्यक्रममा कोशी प्रदेशका विभिन्न अपाङ्गता क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो।कार्यक्रममा राष्ट्रिय...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

‘भैँसेपाटी गठबन्धन’ ब्युुँताउन प्रचण्ड सक्रिय

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी यतिबेला आन्तरिक किचलोबाट गुज्रिरहेको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा महत्त्वपूर्ण अध्यादेश ल्याउनुअघि पार्टीमा छलफल नै नगरेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित केही शीर्ष नेता...

सौगात सहकारीको १४ औं साधरणसभा सम्पन्न

विराटनगर । विराटनगर १३ मा रहेको सौगात बचत तथा ऋण सहकारी संस्था लि. को १४ औं वार्षिक साधरणसभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रम आयोजना गरी वार्षिक साधरण सभा सम्पन्न भएको हो । सहकारीमा...

कोशी प्रदेशमा ८ हजार मुद्दा दर्ता, ५२ करोड बढी राजश्व संकलन

विराटनगर । कोशी प्रदेशको १४ जिल्लामा प्रहरी कार्यालयमा ८ हजार बढी मुद्दा दर्ता भएका छ । कोशी प्रदेशमा ८ हजार ७१९ मुद्दा दर्ता भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । आर्थिक वर्षमा दर्ता...

‘क्लिन फिड’ कार्यान्वयनमा आएपछि ३० प्रतिशतसम्म शुल्क बढ्ने

काठमाडौं, १५ कात्तिक-विज्ञापनरहित (क्लिन फिड) पूर्णरूपमा कार्यान्वयनमा आएपछि शुल्क बढ्ने टेलिभिजन वितरकहरूले बताएका छन् । विदेशी च्यानलले नेपालका लागि छुट्टै क्लिन फिड दिँदा खर्च बढ्ने भएकाले शुल्क बढ्नसक्ने तर्क वितरकहरूको छ । यसबाहेक विज्ञापन नीति...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्