धनगढी, ४ वैशाख=धनगढी प्रयोगशालामा परीक्षण गरिएका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । धनगढीको पशुपक्षी अन्वेषण प्रयोगशालामा जडान गरिएको आरटीपीसीर मेसिनमा थ्रोड स्वाबको नमुना परीक्षण गर्दा २ जनाको कोरोना रिपोर्ट पोजेटिभ देखाएको हो ।
सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशालाले आधिकारीक सूचना भने नआइसकेको जनाएको छ । श्रोतका अनुसार दुवै जना सुदूरपश्चिम प्रदेशका भने होइनन् । प्रयोगशाला स्रोतका अनुसार सुर्खेतबाट ल्याइएको ९९ वटा थ्रोट स्वावको नमूना परीक्षण गर्दा २ जनामा कोरोनाको संक्रमण देखाएको हो ।
उनीहरू दुवै जना रुकुम पश्चिमको भएको जानकारी आएको छ । धनगढीस्थित प्रयोगशालामा रिपोर्ट पोजेटिभ देखाएपछि पुनः परीक्षणका लागि नमूना काठमाडौं पठाइएको छ ।