आरडीटीमा पोजेटिभ देखिएकी पोखराकी महिलामा देखिएन कोरोना संक्रमण

 न्यूज विराट
आरडीटीमा पोजेटिभ देखिएकी पोखराकी महिलामा देखिएन कोरोना संक्रमण

पोखरा, ४ वैशाख-आरडीटीमा शंकास्पद देखिएकी पोखराकी महिलाको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको छ । पोखरा महानगरपालिका–१२ ठिकालेथरकी ५५ वर्षीया महिलाको आरडीटी किटले परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

मंगलबार पोखरा महानगरपालिका–१० र १२ मा ३४ जनाको नमुना परीक्षणका क्रममा ति महिलामा कोरोना पोजेटिभ देखिएपछि पीसीआर प्रविधिबाट स्वाब परिक्षण थालिएको थियो ।

२७ दिन पहिले दुबईबाट पोखरा आएकी महिलाको स्वाब लिएर पीसीआर प्रविधिबाट परीक्षण गर्दा नतिजा नेगेटिभ देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

एक्लै घरमा बस्दे आएकी ति महिला दुबईमा छोरालाई भेटेर ८ चैतमा नेपाल फर्किएकी थिइन्। त्यस्तै, गण्डकी प्रदेशमा मंगलबार र्‍यापिड टेस्टका क्रममा ३ जनामा कोरोना एन्टीबडी पोजेटिभ देखिएको थियो । कास्की, बागलुङ र गोरखाका १/१ जनामा र्‍यापिड टेष्टमा पोजेटिभ देखिएपछि उनीहरुको पनि पीसीआर प्रविधिबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको निर्देशनालयले जनाएको छ ।

सम्बन्धित समाचार

कक्षा १२ काे परीक्षा दसैँअघि नै हुने

काठमाडाैं, १६ भदौ-कक्षा १२ काे परीक्षा दसैँअगाडि नै सञ्चालन हुने भएकाे छ । विद्यार्थीको शैक्षिक सत्रलाई मध्यनजर गर्दै राष्ट्रिय परीक्षा बाेर्डले स्थगित परीक्षा सञ्चालन गर्ने तयारी गरेकाे हाे । कक्षा ११ र १२ हेर्ने परीक्षा...

जसपा विराटनगरद्वारा प्रधानमन्त्री ओलीविरुद्ध मौन विरोध प्रदर्शन

विराटनगर, ३० माघ । जनता समाजबादी पार्टी नेपालको महानगर समितिले विराटनगरमा मौन बिरोध प्रदर्शन गरेको छ । जसपा माहानगर समितिले प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध स्थानिय बुधहाट चोकमा आज अपरान्ह मौन प्रर्दशन गरेको हो ।...

६७ औँ सहकारी दिवस एकिकृतरुपमा मनाइदै, विराटनगरमा शुक्रबार निकालियो मोटरसाइकल र्याली

विराटनगर । यसपटक विराटनगरमा जिल्लस्तरीय बृहतरुपमा ६७ औँ सहकारी दिवस मनाउन लागिएको छ । ‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ भन्ने मुल नाराका आगामी चैत २० गते सहकारी दिवस मनाउन लागिएको हो ।  राष्ट्रिय सहकारी दिवसलाई...

प्रदेश स्वास्थ्य ऐन चाँडै आउँछ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको स्वास्थ्य नीतिलाई व्यवस्थित गर्न प्रदेश स्वास्थ्य ऐन चाँडै ल्याउने बताएका छन् । प्रदेश स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८० ÷८१ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको तीन दिने प्रदेशस्तरीय एकीकृत...

तेजाब आक्रमणसम्बन्धी दण्डसजाय परिमार्जन गर्न निर्देशन

काठमाडौं, १९ साउन-प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले तेजाब आक्रमणसम्बन्धी कानूनी व्यवस्था र दण्डसजायलाई  समयसापेक्ष परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउँदै आवश्यक संशोधन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।  समितिको आजको बैठकमा ‘तेजाब आक्रमण, पीडितको अवस्था र...

प्रदेशसभाले सर्वोच्चको आदेश उल्लंघन गर्‍यो:कृषिमन्त्री शाही

कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले कर्णाली प्रदेशसभा सचिवालयले सर्वोच्च अदालतको आदेश उल्लंघन गरेको आरोप लगाएका छन् । कर्णाली प्रदेशसभा सचिवालयले शुक्रबार एमालेको संसदीय दलको पत्रका आधारमा निलम्बन गरेपछि शाहीले उक्त प्रतिक्रिया...

कोरोना संक्रमणको त्रासःआजबाट के-के गर्न पाइने र नपाइने ?

काठमाडौं, २८ पुस । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले स्मार्ट लकडाउन लागु गरेको छ । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्मार्ट लकडाउनसहित ​ कडाइ गर्ने निर्णय गरेको हो ।...

एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने पोखरीया स्कुलका विद्यार्थीलाई महानगरको सम्मान

विराटनगर । एसईईमा उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान गरिएको छ । विराटनगर महानगरपालिकाले हालै प्रकाशित भएको एइइको नतिजामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई बिहीबार सम्मान गरेको हो । ४ जीपीए ल्याउने प्रियंशु राउत, दुर्गेश खर्ग र स्पर्श पोखरेललाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्