६७ औँ सहकारी दिवस एकिकृतरुपमा मनाइदै, विराटनगरमा शुक्रबार निकालियो मोटरसाइकल र्याली

 न्यूज विराट
६७ औँ सहकारी दिवस एकिकृतरुपमा मनाइदै, विराटनगरमा शुक्रबार निकालियो मोटरसाइकल र्याली

विराटनगर । यसपटक विराटनगरमा जिल्लस्तरीय बृहतरुपमा ६७ औँ सहकारी दिवस मनाउन लागिएको छ । ‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ भन्ने मुल नाराका आगामी चैत २० गते सहकारी दिवस मनाउन लागिएको हो । 

राष्ट्रिय सहकारी दिवसलाई भव्य बनाउन मोरङका सवै सहकारी र अभियान्ताहरु लागि परेका छन् । जिल्ला सहकारी संघ मोरङको आयोजनामा हुने सो दिवस मनाउन चैत लागेसँगै विभिन्न कार्यक्रम यतिबेला भइरहेको छ । शुक्रबार जिल्ला व्यापीरुपमा मोटरसाइकल र्याली निकालिएको छ । 

विराटनगरमा शुक्रबार दिउँसो ३ः३० बजेदेखि निकालिएको र्यालीमा हजारौँको संख्यामा सहकारी अभियान्ताहरुको सहभागीता रहेको मुल आयोजक समितिका संयोजक डा डिल्ली पोखरेलले बताए । 

विराटनगरस्थित पुष्पलाल चोकबाट निकालिएको मोटरसाइकल र्यालीले नगर परिक्रमा गरेको थियो । 

जिल्ला सहकारी संघको आयोजनामा चैत २० गते विराटनगरमा हुने तय गरिएको राष्ट्रिय सहकारी दिवस भव्य बनाउन सबै सहकारीका सञ्चालकहरु आ–आफ्नो क्षेत्रबाट लागि परेको प्रचारप्रसार उपसमितिका सह–संयोजक अविनाशकुमार निधीले जानकारी दिए ।

सम्बन्धित समाचार

कोरोना संक्रमणबाट चार दिनभित्र विराटनगर महानगरका दुई कर्मचारीको मृत्यु

विराटनगर, २१ वैशाख । कोरोना संक्रमणबाट चार दिनको फरकमा विराटनगर महानगरपालिकामा कार्यरत दुईजना कर्मचारीको मृत्यु भएको छ । नगर प्रहरी हवल्दार सूर्यबहादुर घिमिरेको मृत्यु भएको चार दिन नबित्दै संक्रमणबाट अर्का कर्मचारीको पनि मृत्यु भएको हो...

नेपालको नयाँ नक्सा अद्यावधिक गरी संघीय संसदको लोगो बनाइने

काठमाडौं, ११ जेठ-संघीय संसदको प्रतीकका रूपमा रहेको लोगो परिवर्तन गरिने भएको छ । राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समिति बैठकले लोगो परिवर्तन गर्ने निर्णय गरेको हो । सरकारले नेपालको अद्यावधिक नक्सा जारी गरेपछि संसदको लोगोमा प्रयोग भएको...

विराटनगरमा प्रबुद्ध नागरिक समाजले भन्यो ‘विधिको शासन हुनुपर्छ’

विराटनगर,१४ माघ । लोकतन्त्रमा व्यक्ति ठूलो नभै विधिको शासनको अनुशरण हुनुपर्ने आज विराटनगरमा आयोजित खुल्ला पत्रकार सम्मेलन एवं अन्तरक्रियामा वक्ताहरुले बताएइका छन् । प्रबुद्ध नागरिक समाज विराटनगरद्वारा जनआन्दोलन चोकमा आयोजित खुल्ला पत्रकार सम्मेलन एवं अन्तरक्रिया...

लिपुलेक जोड्नेगरी भारतले लिङ्करोड उद्घाटन गरेकोमा सरकारद्धारा खेद व्यक्त

काठमाडौं, २७ वैशाख-नेपाली भूमिमा कूनै पनि गतिविधि संचालन नगर्न पराष्ट्र मन्त्रालय भारतलाई आग्रह गरेको छ । शनिबार दिउँसो विनाहस्ताक्षरको एक विज्ञप्ति जारी गर्दै भारत सरकारलाई नेपाली भूमिमा कुनै पनि प्रकारका गतिविधि संचालन नगर्न आग्रह गरेको...

उपचारका लागि तयारी अवस्थामा रहन प्रदेश मन्त्रालयको निर्देशन

विराटनगर, ६ माघ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पतालहरूलाई कोरोना संक्रमितको उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ । बिहीबार सामाजिक विकासमन्त्री जयराम यादवको अध्यक्षमा बसेको बैठकले कोरोना संक्रमितहरू बढ्दो क्रममा...

विराटनगरमा आइतबार राती थप एक संक्रमितको मृत्यु

विराटनगर, ८ भदौ–विराटनगरमा आईतवार राति थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–८ का ६५ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको हो । आईतबार कोरोना पुष्टि भएपछि घरमै...

विराटनगर सिटीका प्रशिक्षकलाई एक वर्षको प्रतिबन्ध

काठमाडौं, १२ जेठ । नेपाल सुपर लिग (एनएसएल)को फ्रेन्चाइज विराटनगर सिटी एफसीका प्रशिक्षक यान ललाई अनुशासन कारबाही स्वरुप एक वर्षको प्रतिबन्ध लगाइएको छ । आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट्स म्यानेजमेन्टले बुधबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताको...

बेलबारी गोल्डकप आजदेखि, उद्घाटन खेलमा आयोजक डाँगीहाट र भोजपुर भिड्ने

विराटनगर । बेलबारी गोल्डकप फुटबल प्रतियोगितमको छैटौँ संस्करण आज आइतबारदेखि सुरु हुने भएको छ । मोरङको लक्ष्मीमार्ग खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक डाँगीहाट युथ क्लब लक्ष्मीमार्ग र भोजपुर जिल्ला फुटबल संघबीच प्रतिस्पर्धा हुने भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्