महोत्तरीमा नीलगाई मृतावस्थामा फेला

 न्यूज विराट
महोत्तरीमा नीलगाई मृतावस्थामा फेला

महोत्तरी, ३ बैशख-महोत्तरीको गौशाला नगरपालिकामा जङ्गली जनावर नीलगाई मृतावस्थामा फेला परेको छ ।जिल्ला वन कार्यालयका अनुसार गौशाला नगरपालिका—१ स्थित एभरेष्ट चिनी मिलमा नीलगाई मृतावस्थामा फेला परेको हो ।

वनमा डढेलो लागेका कारण वनबाट भागेर चिनी मिलमा लुकेर बसेको नीलगाई सोही चिनी मिलमा मृतावस्थामा फेला परेको जिल्ला वन कार्यालयका प्रमुख हेमन्त साहले बताए । अहिले दैनिक रुपमा वनमा डढेलो लाग्ने गरेकाले आगोको डरले वन्यजन्तुहरु वन छाडेर गाउँवस्तीतिर पस्ने गरेका छन् ।

सोही क्रममा १ वैशाखमा चिनीमिलमा पसेर फँसेको नीलगाई मृत फेला परेको प्रमुख साहले बताए । नीलगाई चिनी मिलमा फँसेको जानकारी पाएपछि स्थानीयवासीको सहयोगमा जिल्ला वन कार्यालयबाट उद्धारका लागि पुगेका टोलीले सो नीलगाई मृतावस्थामा फेला पारेको उनले जानकारी दिए । रासस

सम्बन्धित समाचार

कोशीका मुख्यमन्त्री कार्कीको शपथ आज २ बजे , सानो मन्त्रिमण्डल गठन गर्ने तयारी

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज (आइतबार) दुई बजे शपथलगत्तै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन्। पहिलो चरणमा एकजना कार्कीका तर्फबाट र कम्तीमा एकजना एमालेका तर्फबाट मन्त्रिमण्डलमा सामेल गराइनेछ। आइतबार...

मेरिल्याण्ड कलेजको भव्य भयो वार्षिकोत्सव

विराटनगर । विराटनगर महानगरपालिका ७ मा रहेको मेरिल्याण्ड कलेजले २२औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । कलेज परिसरमा आज विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाको प्रमुख आतिथ्यतामा विविध कार्यक्रमको आयोजना गरी कलेजले वार्षिकोत्सव तथा अभिभावक...

कोरोना संक्रमणबाट ३ जनाको मृत्यु

विराटनगर, २० असोज–प्रदेश नं. १ मा कोरोना संक्रमणबाट मंगलबार विहान ३ जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा २ र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक संक्रमितको मृत्यु भएको हो । विराटनगरको...

‘प्याब्सन विराट’ फुटबल टुर्नामेन्ट पुस १ गतेबाट सुरू, ३० वटा विद्यालयको सहभागि

विराटनगर । दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट हुने भएको छ । प्याब्सन विराटनगरको अयोजनामा पुस १ देखि ८ गतेसम्म विराटनगरस्थित सहिद रङगशालामा प्याब्सन विराट फुटबल टुर्नामेन्ट हुने भएको हो । प्याब्सन विराटनगरले बुधबार...

विश्वासको मत पाउँछु : मुख्यमन्त्री थापा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाउने दाबी गरेका छन् । प्रदेशसभाको बैठक पछि शुक्रवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘विश्वासको मत प्राप्त गर्नका लागि गठबन्धनसँग ४७ सङ्ख्या छ...

मिल्स गोल्डकपको तयारी पुरा, उद्घाटनमा धुव्रतारा र शान्ति नगरबीच हुने

विराटनगर । मिल्स गोल्डकप ट्रष्टले आयोजना गर्ने तेस्रो संस्करणको मिल्स गोल्डकपको तयारी पुरा भएको छ । विराटनगर जुट मिल्सको खेलमैदानमा शनिबारदेखि हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।...

प्रेस यूनियन र प्रेस चौतारीलाई धक्का, प्रेस सेन्टर र समाजवादी प्रेस संगठनका तीन उम्मेदवार निर्विरोध निर्वाचित

विराटनगर । नेपाल पत्रकार महासंघ कोशी प्रदेशको सचिवसहित दुई जना सदस्यहरु प्रेस सेन्टर र समाजवादी प्रेस संगठनका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । महासंघ प्रदेश सचिवमा समाजवादी प्रेस संगठनका धुव्र भट्टराई र महिला सदस्यहरुमा प्रेस...

नेपाल र रावल एमाले पार्टीबाट निलम्बित

नेकपा एमालेले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेको छ । एमालले पार्टीले सोधेको स्पष्टीकरण चित्त नबुझ्दो भएको भन्दै ६ महिनाका लागि दुवै पार्टी सदस्यबाट निलम्बन गरेको हो । पार्टी साधारण सदस्यबाट नै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्