वीरगञ्जका ३ संक्रमितको सम्पर्कमा आएका २० जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ

 न्यूज विराट
वीरगञ्जका ३ संक्रमितको सम्पर्कमा आएका २० जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ

हेटौंडा, २ वैशाख-बागमती प्रदेशको मुकाम हेटौँडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा बीरगञ्जका २० जनाको स्वाब परीक्षण रिपोर्ट आएको छ । सोमबार बीरगञ्जका ३८ जनाको स्वाब परीक्षणको लागि हेटौँडा ल्याइएको थियो ।

वीरगञ्जमा ३ जना भारतीयलाई कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूको सम्पर्कमा रहेका सोही क्षेत्रका अन्य थप ३८ जनाको स्वाब परीक्षण गरिएको हो । मंगलबार वीरगञ्जका २० जनाको स्वाब परीक्षणको रिर्पोट आएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य अधिकृत डा. पुरुषोत्तम सेढाईंले जानकारी दिए ।

उनका अनुसार सबैजनाको पिसिआर परीक्षणबाट आएको रिपोर्टमा कोरोना नेगेटिभ देखिएको छ । अन्य बाँकीको स्वाब परीक्षण भइरहेको डा. सेढाँईले बताए । वीरगञ्जका ३८ जनासहित ४१ जनाको आज रिपोर्ट आउने सेढाँईको भनाई छ ।

वीरगञ्जका जालिम मुखियासहित उनको परिवारका सदस्यको पनि स्वाब परीक्षणका लागि हेटौँडाको प्रयोगशालामा ल्याइएको प्रयोगशालाले जनाएको छ । उनको रिपोर्ट आउन बाँकी छ । मुखियाले नेपालबाट कोरोना बम भारततर्फ पठाउन सक्रिय रहेको भन्दै भारतीय संचारमाध्ययमले भ्रामक आरोप लगाएका थिए ।

हेटांडाको कोरोना परीक्षण प्रयोगशालाले हालसम्म १ सय ४९ जनाको पिसिआर परीक्षण गरिसकेको छ । मंगलबार दिउँसोसम्म १ सय २५ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । यसअघि वीरगञ्ज बस्ने ३ जना भारतीय नागरिकमा कोरोना पोजेटिभ भेटिएको थियो ।

सम्बन्धित समाचार

प्रदेश २ का प्रमुख अहिराजले दुई विधेयक प्रमाणीकरण गरे, दुई फिर्ता पठाइए

प्रदेश- २ का प्रमुख डा राजेश अहिराजले आज दुई विधेयक प्रमाणीकरण गरेका छन् भने दुई फिर्ता पठाएका छन् । प्रदेशसभाबाट पारित भई आएका ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८’ र ‘विनियोजन विधेयक...

प्रदेश १ मा पौडेल–कोइराला समुहबाट गुरुराज घिमिरे सभापति पदका उम्मेदवार

विराटनगर, १६ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे प्रदेश १ को सभापति पदका प्रत्याशी बन्ने भएका छन् । कांग्रेसको संस्थापन इतर समूहले घिमिरेलाई प्रदेश सभापतिको साझा उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रदेश...

सुनसरीमा उत्कृष्ट काम गर्दै सरूवा भए एसपी संन्जयसिंह थापा, यस्ता छन् सफल अनुसन्धान

विराटनगर । बराइनबाट १५ दिनको बिदामा घर आएका झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय दिनेश सिग्देलको विर्भत्स तरिकाले हत्या गरेको अवस्थामा २०७८ फागुन ४ गते सुनसरी धरान धनकुटा सडक खण्डको खर्दु सामुदायिक वनमा भेटियो ।...

एनसीडिए मोरङको अध्यक्षमा देशबन्धु ढकाल निर्वाचित, कसले कति पाए मत ?

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए ) मोरङको अध्यक्षमा देशबन्धु ढकाल भारी मतअन्तरले निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको संघको दोस्रो जिल्ला अधिवेशनबाट ९२ मत अन्तरले हराउँदै अध्यक्षमा ढकाल निर्वाचित भएका हुन्...

अमेरिकी निर्वाचनः मतदान सम्पन्न, प्रारम्भिक नतिजा आउन सुरु

एजेन्सी, १९ कात्तिक-अमेरिकी राष्ट्रपति पदका लागि मतदान सम्पन्न भएको छ । मानिसहरूलाई केही दशकयताकै सबैभन्दा धेरै विभाजित बनाएको राष्ट्रपतीय चुनावमा अब मतपरिणामको पर्खाई सुरु भएको छ । मतदान सम्पन्न भएलगत्तै मतगणना समेत सुरु भएको छ...

आज २९४२ जनामा कोरोना पुष्टि, डिस्चार्ज हुनेको संख्या ९२ हजार नाघ्यो

काठमाडौं, २ कात्तिक-गत २४ घण्टामा देशभर २ हजार ९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न स्थानमा रहेका प्रयोगशालामा परीक्षण गर्दा आज सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कुल...

रानी महोत्सव २७ माघदेखि हुने, राष्ट्रिय कलाकारको प्रस्तुती रहने

विराटनगर । विराटनगर १५ स्थित गौतम बुद्ध स्कुल निजक रानी मिनी महोत्सव हुने भएको छ ।लालीगुराँस स्पोर्टिङ क्लब रानीको आयोजनामा माघ २७ देखि फागुन २७ गतेसम्म उक्त महोत्सव लाग्ने आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको...

नोबलमा कोरोना संक्रमितको मृत्यु

विराटनगर १२ असोज–विराटनगरको नोबेल मेडिकल कलेजमा सोमबार एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । झापाको गौरादह १ घर भएका ५१ वर्षीय पुरुषको सोमबार दिउँसो नोबेलको आइसोलेसनमा मृत्यु भएको हो । नोबेलका प्रबन्धक नारायण दाहालका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्