त्रिशूली सङ्लिएपछि

 न्यूज विराट
त्रिशूली सङ्लिएपछि

धादिङ, २ वैशाख-त्रिशूली सङ्लिएपछि नदीतर्फ मानिसको आकर्षण बढेको छ । कोभिड –१९ बाट बचाउन गरिएको बन्दाबन्दीपछि पर्यटकीय नदी त्रिशूली कञ्चन सङ्लो भएको छ ।

धमिलो भएर पर्यटक आउन छाडेको नदी नीलो देखिन थालेको छ । किनार जान नै अरुचि लाग्ने अवस्था भएको नदी कञ्चन भएकाले मानिसको आकर्षण बढ्न थालेको हो । नदी किनारमा माछा मार्न मानिसहरु कोही जाल हान्दै छन्, कोही बल्छी थाप्दैछन् । नदी किनारमा माछा मार्न खोज्नेको लस्करै देखिएको छ ।

३ हप्ताको समयमै नदी सङ्लो हुने अवस्थामा छ । नदी किनारमा स्थापना गरिएका बालुवा धुने यन्त्र तथा क्रसर उद्योग, ढुंगाखानी आदि बन्द भएका कारण नदीले आफ्नो पुरानो स्वरुप लिएको हो ।

नदी सफा भएको मौका पाएपछि नदी छेउछाउमा बस्नेहरु माछा मार्ने मात्र होइन पौडी खेलेर मजा लिन थालेको तथा कसैले लुगा धुने गर्न थालेको महाकाली मावि कुम्पुरका शिक्षक जानुका रिजालको अनुभव छ ।

अवैध रुपमा सञ्चालित खानीले नदी प्रदूषित पारेर बाह्रै महिना धमिलो आउने अवस्था आएको थियो । बीस वर्षअघिदेखि नदी किनारमा उत्खनन सुरु भएको हो । सुरुका वर्षमा नदी धमिलो थिएन । नदीमा ठूला यन्त्र जान थालेपछि नदी धमिलिएको संरक्षणकर्मी उत्तम कँडेलको भनाइ छ ।

नदीलाई यसरी नै सङ्लो भएर बग्न दिने हो भने जलयात्रा गर्नेहरु बढ्ने छन्, होटेल व्यवसाय फस्टाउने छ ।सांस्कृतिक, धार्मिक पर्यटनको समेत सम्भावना बोकेको त्रिशूली जोगाउनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले बताए ।

नदी छेउका सबै उद्योग हटाउनुपर्नेमा सबै गाउँपालिका तथा नगरपालिका क्षेत्रका मानिस एकमत छन् । उद्योग हटाएर राष्ट्र निर्माण गर्न नसकिने भएकाले बालुवा धोएर निस्केको पानी सफा पारेर मात्र नदीमा हाल्ने व्यवस्था मिलाउनुपर्नेमा संरक्षणकर्मीको माग छ । रासस

सम्बन्धित समाचार

नेकपा विवाद अर्को नाटकीय मोडमा 

काठमाडौं, २ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अर्का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि चर्किएको विवाद...

नेपाल फर्मास्युटिकल्स एशोसिएशन कोशी प्रदेशको निर्वाचन : शम्भु साह समूहले सार्वजनिक गर्‍यो १३ बुद्धे प्रतिवद्धता

विराटनगर । असार ९ गते हुने नेपाल फर्मास्युटिकल्स एशोसिएशन (एनपीए) कोशी प्रदेशको निर्वाचनमा उठेको शम्भु साह नेतृत्वको समूहले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । साह नेतृत्वको समूहले १३ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो...

चोरी, तस्करी रोक्न मोरङ प्रहरी सक्रिय, हप्तादिनमा २८ लाखको सामान बरामद

विराटनगर । खुल्ला सीमाको फाइदा उठाउँदै भारतबाट हुने चोरी तस्करी रोकथाम र नियन्त्रण गर्दै अवैध सामान समात्न मोरङ प्रहरी सक्रिय रूपमा लागि परेको छ ।प्रहरीले पछिल्लो एक साता भित्र अवैध रूपमा चोरी तस्करी भएर आएको...

नेपालमा थप २४२ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

नेपालमा थप २४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप २४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए । उनका अनुसार पछिल्लो...

बागलुङबाट हेलिकोप्टरमार्फत् उद्धार गरी पोखरा ल्याएकी गर्भवतीको मृत्यु

बागलुङबाट हेलिकोप्टर चाटर्ड गरी पोखरा ल्याइएकी गर्भवती महिलाको अस्पालल नपुर्‍याउँदै  मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–१ की ३३ वर्षीया भीमा भुषाल पाण्डेलाई प्रसव व्यथाले च्यापेपछि हेलिकोप्टरबाट पोखरा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । प्रसव...

नेकपा सचिवालय बैठक : विवाह भएको ७ वर्ष पूरा गरेपछि मात्रै अंगीकृत नागरिकता

काठमाडौं, ६ असार-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले नागरिकता विधेयकका बारेमा छलफल गरेको छ । शनिबार बिहान बसेको पार्टीको सचिवालय बैठकले नागरिकता विधेयकबारे छलफल गर्दै ७ वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने निष्कर्ष...

पोखरीमा डुबेर विराटनगरका एक जना युवाको मृत्यु

विराटनगर । विराटनगर १९ मा माछा मार्ने क्रममा पोखरीमा डुबेर एक जना युवाको मृत्यु भएको छ । विराटनगर १९ का ३० वर्षीय फुलूँ ऋषिदेव पोखरीमा डुबेर सोमबार दिउँसो मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।...

प्रदेश २ को स्वास्थ्य नीति मस्यौदा तयार

जनकपुर, माघ २८–प्रदेश २ को स्वास्थ्य नीति बनाउन सरकारले गठन गरेको कार्यदलले आफनो मस्यौदा आज सरकारलाई हस्तान्तरण गरेको छ । सामाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा कार्यदलका संयोजक डा. रामकेवल साहले सामाजिक विकास मन्त्री नवल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्