कांग्रेस पदाधिकारी बैठक बस्दै - News Birat

कांग्रेस पदाधिकारी बैठक बस्दै

न्यूज विराट

काठमाडौं, २६ माघ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ ।

बैठकमा भोलि बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकका एजेन्डाबारे छलफल हुने नेताहरूले बताएका छन् ।

बैठकमा स्थानीय तहको निर्वाचन, एमसीसी परियोजना, १६ जिल्लामा बाँकी अधिवेशन, म्याद सकिएका भ्रातृ संस्था लगायतका विषयमा पनि छलफल हुनसक्ने बताइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles