बागलुङबाट हेलिकोप्टरमार्फत् उद्धार गरी पोखरा ल्याएकी गर्भवतीको मृत्यु

 न्यूज विराट
बागलुङबाट हेलिकोप्टरमार्फत् उद्धार गरी पोखरा ल्याएकी गर्भवतीको मृत्यु

बागलुङबाट हेलिकोप्टर चाटर्ड गरी पोखरा ल्याइएकी गर्भवती महिलाको अस्पालल नपुर्‍याउँदै  मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–१ की ३३ वर्षीया भीमा भुषाल पाण्डेलाई प्रसव व्यथाले च्यापेपछि हेलिकोप्टरबाट पोखरा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

प्रसव व्यथाले च्यापेपछि सोमबार बिहान प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ लगिएकी पाण्डेलाई उपचारको लागि पोखरा पठाइएको थियो । पाठेघरभन्दा बाहिर गर्भ बसेर (इक्टोपिक प्रिजेन्सी) गर्भासय  नली फुटेर अत्याधिक रक्तश्राव भएको भेटिएपछि बुर्तिबाङको प्राथमिक स्वास्थ्य केन्द्रले धौलागिरी अञ्चल अस्पताल बागलुङ रिफर गरेको थियो ।

अञ्चल अस्पताल बागलुङ पठाउने तयारी थाल्दै गर्दा पाण्डेको अधिक रक्तश्राव भएपछि बडिगाड गाउँपालिकाको पहलमा हेलिकोप्टरमार्फत पोखरा पठाएको हो ।

गण्डकी अस्पताल पोखराका निर्देशक डा. अर्जुन आचार्यले महिलाको अस्पताल नआउँदै मृत्यु भइसकेको  बताए । मृतक भुषाललाई बडिगाड गाउँपालिकाको केन्द्र ग्वालीचौरबाट उद्धार गरी हेलिकोप्टरमार्फत पोखरा ल्याइएको थियो ।

सम्बन्धित समाचार

‘प्रहरी सँग विद्यार्थी’ कार्यक्रम (फोटो फिचर)

विराटनगर । इलाका प्रहरी कार्यालय रंगेलीले ‘प्रहरी सँग विद्यार्थी’ कार्यक्रम आयोजना गरेको छ । समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत प्रहरी कार्यालयबाट प्रवाह हुने सेवामा सर्वसुलभ पहुँच, प्रहरी र नागरीक बिच सुमधुर सम्बन्धको विकास गर्ने उद्देश्यले प्रहरी...

मदरल्याण्ड एकाडेमी साँस्कृतिक कार्यक्रम

विराटनगर । विराटनगरस्थित मदरल्याण्ड एकाडेमीमा विभिन्न कार्यक्रम आयोजना गरी सरस्वती पूजा मनाएको छ । स्कुल परिसरमा बुधबार सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण र भोजन कीर्तन प्रतियोगिता आयोजना गरेको हो । दुई चरणमा गरी आयोजना गरिएको कार्यक्रममा...

नाराणकाजी श्रेष्ठले भने : सांसद विकास कोषलाई कोभिड-१९ नियन्त्रणमा प्रयोग गरौँ

काठमाडौं, २९ चैत-सांसद विकास कोषलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमणको नियन्त्रण तथा रोकथाममा लगाउनु पर्ने माग बढिरहेको छ ।यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि कोभिड-१९ नियन्त्रणमा उक्त कोष प्रयोग गर्न ढिला गर्न नहुने...

मोरङको जहदा गाउँपालिका स्तिथ लक्ष्मीनिया युवा क्लब पाचौँ बर्षमा

विराटनगर । मोरङको जहदा गाउँपालिका स्तिथ लक्ष्मीनिया युवा क्लब चौथो वर्ष पार गर्दै पाचौँ बर्षमा प्रवेश गरेको छ। २०७५ साल असार २० गते जिल्ला प्रशासन कार्यालय मोरङ बाट दर्ता भइ निरन्तर सामाजिक कार्य , खेलकुद एवं...

बुटवलमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु

बुटवल,  ८ असोज-बुटवलको कोरोना विशेष अस्पतालमा उपचारत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्पतालका फोकल पर्सन डा.सुर्दशन थापाका अनुसार नवलपरासी पश्चिम र कपिलवस्तुका एक–एक जनाको मृत्यु भएको हो ।  कपिलवस्तु बुद्धभुमि...

उपत्यकामा ८ सहित आज २२ संक्रमितको मृत्यु

काठमाडौं, २५ असोज-आज देशभर २२ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । आइतबार १७ पुरुष र पाँच महिला संक्रमितको मृत्यु भएको हो । मृतक ३८ देखि ९८ वर्ष उमेर समूहका छन् ।  आइतबार...

एक महिने ब्युटिसियन तालिम सकियो

विराटनगर । एक महिने (१८० ) घण्टे ब्युटिसियन आधारभूत शिप विकास तालिम सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको सहयोग र ओसिन ब्युटिपार्लरको आयोजनामा भएको एक महिने ब्युटिसियन तालिम बुधबार सम्पन्न भएको हो । महिलाहरुलाई आत्मनिर्भर...

माछा पोखरीमा डुबेर १ जनाको मृत्यु

मोरङको मिक्लाजुङ गाउँपालिका–५ धानखेती बस्ने २२ वर्षीय जीवन बिकको माछा पोखरीमा डुबेर मृत्यु भएको छ । शुक्रबार दिउँसो आफ्नै घर नजिक रहेको माछा पोखरीमा उनी मृत फेला परेका हुन् । पोखरीमा डुबेर मृत अवस्थामा निजका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्